काठमाडौं । फर्मल र क्याजुअल मेन्सवेयर (पुरुषले लगाउने रेडिमेड कपडा) का लागि विश्वविख्यात ब्रान्ड पिटर इंग्ल्यान्डले उपत्यकाबाहिर पनि आउटलेट विस्तार गर्ने भएको छ ।
करिब १४ वर्षअघि नेपाल प्रवेश गरेको कम्पनीले चितवनको भरतपुरस्थित सिजी ल्यान्डमार्कमा आउटलेट विस्तार गर्ने योजना बनाएको हो । यही मंसिर २६ गते उक्त आउटलेट उद्घाटन गर्ने कम्पनीको योजना बनाएको कम्पनीले जनाएको छ ।
सिजी ल्यान्डमार्कको पहिलो तल्लामा खुल्ने उक्त आउटलेटको उद्घाटन अभिनेत्री प्रियंका कार्कीबाट गराउने कम्पनीको योजना छ । आउटलटको भित्री सजावटको काम सकिइसकेको उल्लेख छ ।
सन् १८८९ मा स्थापित पिटर इंग्ल्यान्ड विश्वभरी नै गुणस्तरीय मेन्सवेयरको पर्यायको रुपमा छ । यो ब्रान्डमा जाडो र गर्मी दुवै सिजनका लागि उपयुक्त कमिज, ब्लेजर, सुट, स्वेटर लगायत फर्मल र क्याजुअल पुरुष गार्मेन्ट उपलब्ध छन् । यसले आफ्नो विशिष्ट डिजाइन स्टुडियोले तयार गरेको डिजाइनमा आधारित गार्मेन्ट उत्पादन गर्छ ।
पिटर इंग्ल्यान्ड भान हेउसेन, लुइस फिलिप्पे, अलेन सोले, सान फिस्को जस्ता विश्वविख्यात ब्रान्डको प्रतिस्पर्धी ब्रान्ड हो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: