Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

भारतलाई काउन्टर दिन सीमा सुरक्षाकर्मी थप्ने गृहमन्त्रीको योजना

काठमाडौं । सीमा क्षेत्रमा सुरक्षाकर्मीको अभावका कारण समस्याहरु बढ्दै गएको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुरक्षाकर्मी थप्ने योजना अगाडि सारेको बताएका छन् । शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा थापाले सरकारले ६० देखि ७० वटा सशस्त्र प्रहरीको नयाँ पोष्ट थप्ने योजना बनाएको जानकारी दिएका हुन् ।

उनले सीमा सुरक्षाका लागि जिम्मा दिइएको सशस्त्र प्रहरी बलमा जनशक्ति पर्याप्त नभएको बताए ।

‘३७ हजार सशस्त्र प्रहरीको संख्या छ । सीमा सुरक्षा गर्न यो संख्या पर्याप्त देखिएको छैन ।’ थापाले भने, ‘भारतले हरेक किमीमा सीमा सुरक्षा बल परिचालन गरेको छ । २५–३० किलोमिटरमा मात्र यो सुरक्षाकर्मी राख्न ठाउँ पुग्छ । अरु ६० ७० वटा नयाँ पोष्ट गर्ने तयारी छ । सशस्त्र प्रहरीको दरबन्दी पनि थप गर्ने योजना छ ।’

सन् १९६२ मा भएको चीन–भारतयुद्धपछि भारतले नेपालको भूभाग कालापानीमा सेनाको पोष्ट राखेको बताउँदै थापाले पोष्ट हटाउन सरकारले विशेष पहल गरिरहेको पनि जनाए । उनले अतिक्रमण भएको भूमि फिर्ता लिने ऐतिहासिक अनुकुल पनि अहिले रहेको बताए ।

कालापानी क्षेत्रमा ७ सुरक्षा पोष्ट राखिने

गृहमन्त्री थापाले कालापानी क्षेत्रका ७ ठाउँमा सुरक्षा पोष्ट राख्ने योजना बनाइएको पनि बताएका छन् । उनले भारतीय पक्षले ४/५ सुरक्षाकर्मी राखेको बताउँदै काउण्टर दिनको लागि पनि सुरक्षाकर्मीलाई विन्यास गर्न लागिएको बताए ।

‘कालापानी क्षेत्रमा ७ ठाउँमा सुरक्षा पोष्ट विन्यास गर्ने योजना छ, भारतीयहरुले सीमा सुरक्षा बल मात्र हैन, गोर्खा बटालियन सेना पनि राखेका छन्, ४/५ हजारको संख्यामा सुरक्षाकर्मी राखेका छन्’ थापाले भने, ‘त्यसको काउन्टरको हामीले सुरक्षाकर्मीलाई विन्यास गरेका छौं ।’

सो क्षेत्रमा जान भारतीय बाटो भएर जानुपर्ने भएको कारण पनि समस्या परेको बताउँदै थापाले त्यसको लागि सरकारले बाटो पनि निर्माणको काम अगाडि बढाएको बताए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy