Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

छिट्टो तौल घटाउछ सेक्सले, कारण थाहापाउनुहाेस्

व्यायाम गर्नका लागि जिमखाना धाउनका लागि समय र साधन छैन भने आफ्नो पार्टनरको सहयोग लिएर बेडरुममा नै आफ्नो वजन घटाउन सकिन्छ ।

प्रतिष्ठित जनरल प्लस वानमा प्रकाशित अमेरिकन एसोसिएसन अफ सेक्स एजुकेशनद्वारा गरिएको एउटा सर्वेक्षण अनुसार बेडरुममा लगभग २५ मिनेटसम्म गरिएको यौन क्रियाकलापले पुरुषहरुमा १ सय १ क्यालोरी तथा महिलामा ७० क्यालोरी उर्जा खपत हुन्छ । यौन सम्बन्धको क्रममा पुरुषको एक मिनेटमा ४ दशमलव २ क्यालोरी उर्जा खपत हुन्छ भने महिलाहरुको एक मिनेटमा ३ दशमलव १ क्यालोरी उर्जा खपत हुन्छ ।

यौन सम्पर्कको क्रममा हाम्रो शरीरको गतिविधि एमईटीको कुन स्तरसम्म पुग्नसक्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । यौन विशेषज्ञहरुका अनुसार निस्क्रिय रहनु, यसको लागि हल्का प्रयास गर्नु, चुम्बन र आलिंगन जस्ता गतिविधिहरुमा १ दशमलव ३ एमइटीसम्म पुग्न सकिन्छ ।

सामान्य यौन अथवा मध्यम प्रयास गर्ने स्थितिमा १ दशमलव ८ एमइटीसम्म पुग्न सकिन्छ । यौनमा सक्रिय अथवा चरम प्रयासको स्थितिमा २ दशमलव ८ एमइटीसम्म पुग्न सकिन्छ ।

यस हिसावले यदि तपाईंको वजन ८० देखि ८१ किलो बराबर छ भने एक ठाउँमा बसिरहनाले पनि प्रतिघण्टा तपाईंको लगभग ७५ देखि ८० क्यालोरी खपत हुन्छ । जब तपाईं हिँड्न सुरु गर्नुहुन्छ, तपाईंको गतिविधिको स्तर बढ्न थाल्छ ।
त्यही अनुपातमा तपाईंको एमइटी भ्यालु पनि बढ्छ । यदि तपाईंको गतिविधि दुई एमईटी बराबर छ भने तपाई १ सय ६० क्यालोरी प्रतिघण्टा खपत गर्नुहुन्छ । यस प्रकारले १० एमईटीको अर्थ तपाईंले एक घण्टामा ८०० क्यालोरी खपत गर्नुहुन्छ । क्यालोरीको यस्तो हिसाब(किताबलाई ध्यानमा राख्दै यौन क्रियाकलापले वजन घटाउन सहयोग गर्छ भन्ने प्रमाणित भएको छ ।

छिट्टो वजन घटाउनको लागि तपाईंले सही यौन सम्बन्ध राख्ने पोजिसनको छनोट गर्नुपर्छ । जसमा धेरैभन्दा धेरै क्यालोरी खपत हुन्छ । यसबाहेक यौनको मामला तन सँग(सँगै मनसँग पनि जोडिएको हुन्छ । नियमित र सन्तुलित यौनले हाम्रो शरीरमा धेरै किसिमको हार्मोनहरु सन्तुलन रहन्छन्, जुन वजनलाई नियन्त्रित गर्नको लागि सक्षम हुन्छन् ।
प्रायः यौन सम्बन्धपछि गहिरो निद्रा लाग्छ । यसले शरीरमा लेप्टिन, एडिपोकाइन नामक हार्मोनको संवेदनशीलता बढ्छ । यो हार्मोनले कम खाने र अधिक क्यालोरी खपत गर्नको लागि प्रेरित गर्छ ।

यौन सम्बन्धले एडिपोनेक्टिन र एस्ट्रोजेन हार्मोनको मात्रा पनि सन्तुलित हुन्छ । यी हार्मोनको मात्रा पनि सन्तुलित हुन्छ । यी हार्मोनहरुको असन्तुलित मात्रा वजन बढाउनको लागि जिम्मेवार बन्छ । डाक्टरहरुको भनाई अनुसार यौन सम्पर्क गर्दा काँध, कम्मर, तिघ्राको धेरै प्रयोग हुन्छ । यो एक प्रकारको कार्डियो एक्सरसाइज जस्तै हुन्छ ।

यसमा घुँडा पछाडिको नसा, पाखुराको मांंसपेशीहरुमा बोसो जम्मा हुन पाउँदैन । जसले एक प्रकारको वजन नियन्त्रित राख्छ । त्यसैले आफ्नो सुविधा र सहजता अनुसार नै यौन सम्बन्ध राख्ने पोजिसनको छनौट गर्नुपर्छ, जसले तपाईंको वजन घटाउन सहयोग पुर्‍याओस् ।एजेन्सी

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies