Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

करोडौँको खानेपानी ट्याङ्की प्रयोगविहीन अवस्थामा

बाँके । करोडौँ लगानीमा निर्माण भएका खानेपानीका ओभरहेड ट्याङ्की प्रयोगहीन अवस्थामा पुगेका छन् ।
स्थानीयलाई शुद्ध पिउने पानी वितरण गर्न नेपालगञ्ज उपमहानगरपालिका लगायतका स्थानीय तहमा निर्माण भएका ट्याङ्की सदुपयोगमा आउन सकेका छैनन् । तीन वर्ष लगाएर झण्डै पौने दुई करोड लागतमा ओभरहेड ट्याङ्की निर्माण भएका थिए । तर सर्वसाधारणले अहिले पनि पिउने पानी पाएका छैनन् ।

खानेपानी वितरणका लागि पाइप बिछ्याउने काम सम्पन्न भई परीक्षणसमेत भइसकेको छ । नेपालगञ्जको जयसपुरमा चार वर्षअघि खानेपानीको ओभरहेड ट्याङ्की निर्माण गरिएको थियो । पानी वितरण नगर्दै जयसपुर खानेपानी योजना अलपत्र परेको छ ।

पानी वितरणको तयारी भए पनि बीचमै रोकिएको जयसपुरका मुर्तजा अन्सारीले जानकारी दिए । उनले भने “वितरणका लागि परीक्षण भए पनि हालसम्म काम अघि वढेको छैन । ”

उनका अनुसार, जयसपुर खानेपानी योजनाको रेखदेख एक चौकीदारले गर्दै आएका छन् । जयसपुरमा निर्माण भएको योजनाबाट झण्डै एक हजार २०० जनसङ्ख्यालाई खानेपानी पुर्याउने लक्ष्य रहेको थियो ।

दुई सय २५ घनमिटरको ओभरहेड ट्याङ्कीको पानी कम्तीमा एक हजार परिवारलाई पिउने पानी वितरण गर्न सकिने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । जयसपुरको जस्तै खजुरा गाउँपालिका–१ राधापुरको खानेपानी योजनाले पनि उस्तै नियति भोगिरहेको छ । उक्त योजनाले सर्वसाधारणलाई पिउने पानी वितरण गरे पनि विद्युत् महसुल बुझाउन नसक्दा बन्द भएको छ ।

विद्युत् महसुल बुझाउन नसकेपछि नेपाल विद्युत् प्राधिकरणले लाइन काटेको राधापुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवप्रसाद बुढा जानकारी दिए । उनले उपभोक्ताबाट पानीको महसुल उठाउन नसकेपछि विद्युत् महसुल बुझाउन नसकेको स्पष्ट पारे ।

कार्यालयका प्रमुख भोलाप्रसाद थापाले सञ्चालन भएका तीन खानेपानी योजना बन्द अवस्थामा रहेको जानकारी दिए । उनले भने “ उपभोक्ताका कारण खानेपानी योजना बन्द भएका हुन । बन्द योजना पुनःसञ्चालन गरिने छ ।”
बाँकेमा निर्माण भइरहेका १० खानेपानी योजना यसै आवमा सक्ने गरी काम भइरहेको कार्यालयले जनाएको छ । कुसुमको अम्बा खानेपानी योजना, कुसुम लिफ्ट खानेपानी, बैजनाथको पेडारी र नौबस्ता खानेपानी, कोहलपुरको विराट र शम्शेरगञ्ज, कचनापुर तथा भवनीयापुर खानेपानी योजना यसै आवमा पूरा हुने जनाइएको छ ।

बजेट अपुग भएकाले पाइपलाइन विस्तारको काम पूरा हुन नसकेको बताइएको छ । निर्माण भइरहेका योजनालाई यसै आर्थिक वर्षभित्र सम्पन्न गरेर नागरिकलाई शुद्ध पिउने पानी वितरण गर्नेगरी काम भइरहेको उनले बताए ।
बाँकेमा बजेट उपशीर्षकअन्तर्गत प्रदेश सरकारको सघन खानेपानी विकास कार्यक्रम, केन्द्रीय सरकारको सशर्त अनुदानअन्तर्गत उच्च प्रविधियुक्त खानेपानी कार्यक्रम र तराई–मधेस खानेपानी सुधार कार्यक्रम सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उच्च प्रविधियुक्तअन्तर्गत ३३ र तराई–मधेसअन्तर्गत २४ र प्रदेश सरकारको बजेटबाट १३ योजना तथा १० आयोजना सञ्चालनमा रहेका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy