Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

नागरिकता कानूनको विरोधमा दिल्लीको जामा मस्जिदमा बाहिर विशाल प्रदर्शन, अवस्था तनावपूर्ण

काठमाडौं । नागरिकता संशोधन कानूनको विरुद्धमा दिल्लीको जामा मस्जिद क्षेत्रमा शुक्रबार विशाल प्रदर्शन भईरहेको छ । कडा सुरक्षाका बीच हजारौं मानिसहरु प्रदर्शनमा सहभागि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अहिले भीम आर्मी नामक संगठनले मार्च पास निकाल्ने तयारी गरिरहेको छ । सुरक्षा निकायले मार्च पास हुन नदिने जनाउ यस अघि नै गरेको थियो ।

प्रदर्शनको कारण चावन्डी बजार, लाल किला र जामा मस्जिदका मेट्रो स्टेशन बन्द गरिएका छन् । सुरक्षा निकायले प्रदर्शनलाई निगरानी गर्न ड्रोनको प्रयोग गरिरहेको छ ।

बिहिबार भएको प्रदर्शनमा ८ हजारभन्दा बढि पक्राउ परेका थिए ।

सामाजिक सञ्जालमार्फत विरोधका कार्यक्रम हुनथालेपछि उत्तर प्रदेशमा सरकारले इन्टरनेट तथा फोन सेवा बन्द गरेको छ । दिल्ली, गुजरात, उत्तर प्रदेश, कर्नाटक र मध्य प्रदेशमा ¥याली, प्रदर्शन गर्न रोक लगाइएको छ । सरकारले संविधानको धारा १४४ लागु गरेको छ । केरलका ४ जिल्लामा हाइअलर्ट जारी गरिएको छ ।

विरोध प्रदर्शनको कारण भारतका धेरै राज्यकाे अवस्था तनावपूर्ण

गुजरातमा बिहिबार भएको प्रदर्शनमा २१ प्रहरी घाईते भएका थिए । प्रहरीले ५ हजारभन्दा बढि प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । ३ हजारभन्दा बढि प्रदर्शनकारीमाथि मुद्दा दर्ता गरेको जनाइएको छ । त्यस्तै उत्तर प्रदेशमा प्रहरीले शुक्रबारसम्म ३३ सय जना प्रदर्शनकारीलाई पक्राउ गरि हिरासतमा राखेको थियो । प्रदर्शन चर्किदैं गएपछि उत्तर प्रदेशभर मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ ।

यता कर्नाटक र असममा पनि फोन तथा इन्टरनेट सेवा बन्द गरिएको छ । असममा ११ डिसेम्बरदेखि इन्टरनेट तथा फोन बन्द गरिएको थियो । शुक्रबार केहि समय खोलिएपनि पुनः बन्द गरिएको जनाइएको छ । कर्नाटकमा प्रदर्शनकारीमाथि प्रहरीले गोली बर्साउँदा २ जनाको मृत्यु भएको छ ।

यस्तै तमिलनाडुमा प्रदर्शनमा सहभागी ६ सय जनाभन्दा बढिलाई गिरफ्तार गरि मुद्दा प्रक्रिया अगाडि बढाइएको छ । चर्चित अभिनेता सिद्धार्थ र संगीतकार टीएम कृष्ण पनि पक्राउ परेका छन् ।

पश्चिम बंगालमा प्रदर्शन निरन्तर चलिरहेको छ । मुख्यमन्त्री ममता बनर्जीको नेतृत्वमा शुक्रबार कोलकतामा विशाल प्रदर्शन भईरहेको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy