Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सरकार उद्योगपतिसँग मिलेकोले समस्या बिकराल बन्दै गएको छ

\"\" वास्तवमा पीडित उखु किसानले उठाएको माग जायज छ । यसमा हाम्रो संगठनको पूर्ण समर्थन रहेको छ । सरकारले किसानलाई दिने भनेको अनुदान रकम तुरुन्त भुक्तानी गर्नु पर्छ । किसानमारा चिनी उद्योगीहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्नु पर्छ । यो वा त्यो बाहानामा समस्याबाट सरकार भाग्न मिल्दैन । यसमा किसानहरुको कुनै दोष छैन उनीहरुले अनुदान पाउनुपर्यो । दिनेले कस्तो किसिमको कार्यबिधिबाट दिने हो त्यो उसको कुरो हो । सरकारले यति अनुदान दिन्छु भनेपछि त्यो रकम दिनु पर्यो । किसाले सहमति गरेको भन्दा बढि रकम मागेको भए पो वार्ता सहमतिबाट निकास निकालौं भन्ने हुन्छ । विचरा उनीहरुले सहमति भएको रकम निकासा गर भनेको हो नि । यसमा सरकार किन उदासीन ? सरकारको धेरै कमजोरी छ । पीडित किसानहरुले सडकबाट उद्योगीले रकम भूक्तानी गरेको छैन भनेका छन् । समयमा काँटा आउँदैन । उखुको उचित मूल्य पाएका छैन । दिएपनि एकदम कम दिएका छन् । मिलमालिकले कृषकहरुलाई प्रताडित गर्ने काम गर्छनै । गरिरहेका छन् । तर, किसानहरु प्रताडितको बिबसता सहेर पनि यी सबै खाले सिन्डिकेट विरुद्ध उनीहरु सडकमा संघर्ष गरिरहेका छन् । यो समस्या बर्षौदेखिको समस्या हो । यसलाई सुक्ष्मरुपले अध्ययन गरी समस्या समाधान गर्ने काम सरकारको हो । यसतर्फ सरकारले ध्यानै दिएको छैन । समस्या कृषि मन्त्रालयको मात्रै होइन । उसको काम भनेको किसानको हकहितकोलागि मूल्य निर्धारण गर्दिने मात्र हो । समस्या भनेको उद्योग मन्त्रालयको हो । जस्तै, समर्थक मूल्य तोक्ने बजेट, खाद्य संस्थान र मूल्य भूक्तनीपनि कृषि मन्त्रालयलाई दिने हो भने समस्या समाधान हुन्छ । अर्थात कृषि मन्त्रालयलाई एक द्वार प्रणाली गर्दिने हो भने समस्या यति बिकराल हुने थिएन । सरकारले मल्टि डोर सिस्टम बनाएको छ त्यो नै गलत छ । बस्तुको मूल्य तोक्ने कृषिमन्त्र मातहतमा, उद्योगका प्रतिनिधि, अर्थका प्रतिनिधि र किसानका प्रतिनिधि हुन्छन् । रकम भूक्तानि गर्ने काम उद्योग मन्त्रालयको हुन्छ । उसले विभिन्न बाहानामा नेक्लिजेन्सी गर्छ । किसानको समस्यालाई प्राथमिकता दिदैन । उद्योगीका समस्यालाई मात्र प्राथमिकता दिन्छ । यसले गर्दा उद्योगीले किसानलाई ठग्ने मौका पाए । उद्योगीहरुले किसानहरुको पैसा रोक्का गरेर त्यसबाट मुनाफा कमाइरहेका छन् । म प्रष्टसँग भन्छु कि सरकार उद्योगीसँग मिलेको छ किनभने उद्योगपतिले किनेको मूल्य अर्थात गतबर्षको मूल्य भुक्तानी किन नदिने ? के कारणले नदिने ? उसले कच्चा पदार्थलाई बस्तुमा रुपान्तरण गरेर बजारमा बेचिसकेको छ । त्यसबाट मुनाफापनि आर्जन गरिसकेको छ । उसले आम्दानिको अन्य क्षेत्रमा लगानी गरिसक्यो । यो किन गर्यो भने बैंकबाट लियो भने व्याज दिनुपर्छ । किसानलाई न ब्याज दिनुपर्ने न मूल्य दिनुपर्ने । यस्तो किसिमको किसानमारा काम उद्योगमन्त्रालय अन्तर्गत भएको छ । यो काम सरकारले अभिलम्ब बन्द गरी किसानलाई अनुदान भुक्तानी गर्नु पर्छ । चिनी मिलहरुको लैसेन्स खारेज गर्नुपर्छ । सरकारले निजी क्षेत्रलाई मात्र जिम्मेवारी दियो भने जहिलेपनि कार्टलिङ भइराख्छ । सरकारले वीरगञ्ज र लुम्बिनी चिनी मिललाई सहकारीसँग सहकार्य गरेर सरकारी–सहकारी मोडेलमा कारखाना चलाउनु पर्छ । यी दुईटालाई सरकारले चलाएपछि प्रतिपर्धा शुरु हुन्छ । बल्ल कसले कति घटिबढीमा मूल्य दिने भन्ने कुरा हुन्छ । यसले किसानको बजार फराकिलो हुन्छ । (नेकपा निकट अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत रहेका पराजुली पूर्वकृषिमन्त्री हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies