Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

किन निर्णय भएन खतिवडाको विषयमा, के जोगिएला अर्थमन्त्रीको पद ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । शुक्रबार सम्पन्न सचिवालय बैठकले आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट १६ जना उम्मेदवारको टुंगो लगाएको हो ।

राष्ट्रिय सभामा रिक्त १९ पदमध्ये १८ पदको लागि आगामी माघ ९ मा निर्वाचन हुँदैछ । नेकपाले राष्ट्रिय जनता पार्टी (राजपा)सँगको चुनावी गठबन्धनका आधारमा २ पद छोड्दै शुक्रबार १६ पदका लागि उम्मेदवार चयन गरेको हो ।

पार्टी प्रवत्तादेखि स्कुल विभाग उप–प्रमुख भुसालसम्म उम्मेदवार

नेकपाले नयाँ उम्मदेवारको रुपमा प्रवक्ता नारायणकाजी श्रेष्ठदेखि डा. बेदुराम भुसालसम्मलाई समेटेको छ । चर्चामा रहेको वामदेव गौतमको नाम भने अन्तिम समयमा सूचीबाट हटाएको छ । जनाइएअनुसार वामदेव गौतमले राष्ट्रिय सभा सदस्य बन्न अस्विकार गरेका छन् ।

नेकपाले प्रदेश नम्बर १ बाट इन्दु गौतम, देवेन्द्र दाहाल र गोपी अछामीलाई चयन गरेको छ । राजपासँगको गठबन्धन गर्दै प्रदेश नम्बर २ बाट तुलसा दाहाल र राधेश्याम पासवानलाई अगाडि सारेको छ ।

त्यस्तै नेकपाले प्रदेश नं. ३ बाट पार्टी स्कुल विभाग उपप्रमुखसमेत रहेका डा. बेदुराम भुसाललाई चयन गरेको छ । त्यस्तै प्रदेश नं. ३ बाटै गंगा बेलवासेलाई पनि चयन गरेको छ ।

पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठलाई गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यको रुपमा उम्मेदवार बनाइएको छ । श्रेष्ठ यसअघि भएको प्रतिनिधि सभा निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नं. २ बाट डा. बाबुराम भट्टराईसँग पराजीत भएका थिए । त्यस्तै नेकपाले गण्डकी प्रदेशबाट भगवती न्यौपानेलाई पनि उम्मेदवारको रुपमा अगाडि सारेको छ ।

यता प्रदेश नं. ५ मा नेकपाले विमाला घिमिरे, गोपाल भट्टराई र जगतप्रसाद शर्मालाई चयन गरेको छ । सुमित्रा बिसी र मायाप्रसाद आचार्यलाई कर्णाली प्रदेशबाट राष्ट्रिय सभा उम्मेदवार बनाइएको छ । त्यस्तै नेकपाले सुदूरपश्चिम प्रदेशबाट उम्मेदवारको रुपमा तारामान स्वाँर र शारदा भट्टलाई अगाडि सारेको छ ।

किन निर्णय भएन खतिवडाको विषयमा ? के खतिवडा बाहिरिन्छन् ?

नेकपा सचिवालय बैठकले राष्ट्रिय सभाको लागि उम्मेदवार चयन गर्दै गर्दा अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडाको विषयमा भने निर्णय गरेको छैन् । राष्ट्रपतिको मनोनयन गर्ने कोटाबाट नियुक्त भएका डा. युवराज खतिवडाको पद आगामी माघमा सकिँदैछ । नेकपा स्रोतले जनाएअनुसार राष्ट्रपतिबाट मनोनय गर्ने कोटामा खतिवडा पर्न सक्नेछन् । तथापि उनको विषयमा नेकपाले अहिलेसम्म भने निर्णय गरिसकेको छैन् ।

खतिवडा संविधानको धारा ८६ अनुसार गोलाप्रथाविधिद्धारा राष्ट्रिय सभा सदस्य बनेका थिए । गोला तान्दा खतिवडा २ वर्षको गोलामा परेका थिए । दुई वर्षमा राष्ट्रिय सभाका एक तिहाई सांसदको कार्यकाल सकिने संवैधानिक व्यवस्था अनुरुप गोलाप्रथाबाट पदावधि टुंगो लगाएको हो । खतिवडा राष्ट्रपतिबाट मनोनित समूहबाट पहिलो गोला तान्नेमा परेका थिए ।

गोला तान्दा २ वर्षको मात्रै कार्यकाल भएको भएपनि उनको राष्ट्रपतिबाट मनोनित हुने बाटो भने बन्द भएको छैन् । सरकारले फेरि पनि मनोनितका लागि राष्ट्रपति समक्ष सिफारिस गर्न सक्नेछ । डा. खतिवडालाई कार्यकालको मूल्यांकन गर्दै मनोनितको लागि सिफारिस गरि पुनः मन्त्री बन्ने बाटो यथावत छ । यदि सरकारले अन्यको नाम सिफारिस गरे खतिवडा पदबाट स्वतः अवकास हुनेछन् ।

खतिवडाको कामप्रति प्रधानमन्त्री केपि शर्मा ओली सन्तुष्ट रहेको बताइन्छ । नेकपा स्रोतले जनाएअनुसार खतिवडाको कामप्रति अर्का अध्यक्ष प्रचण्डभने सन्तुष्ट छैनन् । उनले पहिलो बजेट ल्याउँदै गर्दा असन्तुष्ट बनेका प्रचण्डले पुरक बजेट ल्याउनुपर्ने प्रस्ताव गरेका थिए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy