Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

कपिलवस्तुको चार ठाउँमा माघी महोत्सव हुने

कपिलवस्तु । कपिलवस्तुको विभिन्न स्थानमा माघी महोत्सव हुने भएको छ । थारू समुदायको नयाँ वर्ष २६४४ र महान पर्व माघी खिचडीका अवसरमा जिल्लाका चार स्थानमा मेला लाग्ने भएको छ । जिल्लाको वाणगङ्गा नगरपालिका, बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा मेला लाग्ने थारू कल्याणकारी सभा (थाकस) कपिलवस्तुले जनाएको छ ।

वाणगङ्गा नगरपालिकाको गजेहडा, बुद्धभूमि नगरपालिकाको बरकुलपुर र शिवराज नगरपालिकाको चन्द्रौटा तथा भगवान्पुरमा जिल्लास्तरको मेला लाग्ने थारू अगुवा रामबहादुर थारूले बताए । शिवराज नगरपालिका–५, चन्द्रौटामा प्रथम नगरस्तरीय माघी महोत्सव यही माघ २ गते लाग्ने थाकस शिवराज नगरपालिकाको आयोजनामा हुने बताइएको छ । माघी महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

थारू समुदायको नयाँ वर्ष २६४४ का अवसर पारेर भव्य पर्वका रूपमा मनाउँदै आएको हुनाले यसलाई व्यवस्थित तरिकाले सांस्कृतिक लक्ष्य पूरा गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको थाकस नगर अध्यक्ष इन्द्रबहादुर थारूले बताए । थारू संस्कृति संरक्षण, संवद्र्धन आउर प्रवद्र्धन कयना हमन अभियान, न्याय, समानता आउर पहिचान सहितके सीमा बचयना हमन अभियान’ भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सव लगातार तीन दिनसम्म चल्नेछ । यस्तै महोत्सवलाई सभ्य र भव्य बनाउन १०१ सदस्यीय मूल समिति गठन गर्नाका साथै जिम्मेवारी बाँडफाँट गरिएको मूल समितिले जनाएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–९, शिवगढी, भगवानपुरमा तेस्रो माघी मिलन सांस्कृतिक महोत्सव–२०७६ यही पुस २८ गतेदेखि हुने भएको छ । भगवानपुर गाउँ समाज समितिको आयोजनामा हुन लागेको महोत्सव तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ । हमन संस्कृति हमनके सान, भूमिपुत्र थारू हमरे बचाई अपन पहिचान भन्ने मूल नाराका साथ माघ १ गतेसम्म सञ्चालन हुन लागेको महोत्सवका मुख्य आकर्षणहरू थारू पुख्र्यौली तथा हस्ताकला पौवा, ढेकी, हेल्का, डेलिया, हलो जुवा, छटरी जस्ता सामग्रीको प्रदर्शन, झुम्रा, झररा, लाठी, मयूर, सजनी बिरहानीलगायतका थारू नृत्य, थारू खानाको परिकार, थारू वेशभूषाको प्रदर्शन, थारू समुदायसँग सम्बन्धित संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको बताइएको छ ।

यसैबीच महोत्सवको आकर्षणका केन्द्रविन्दुका रूपमा गायिका तथा मोडल अञ्जु कुस्मी (फूलकुमारी), गायक तथा मोडल राज कुस्मी, आधुनिक, भोजपुरी तथा थारू गायक श्रीनिवास चौधरी, एरेन्जर तथा गायक गणेश चौधरी, गायिका समीक्षा चौधरी, गायक हरिनारायण चौधरी, खेम चौधरी, गायक सरगम चाधरी, गायक सिमान्त चौधरी, गायिका सोनु कुस्मी, मोडल प्रमिला चौधरी, सत्यनारायण फटेरा, मोडल रितु चौधरी, मोडल सुनिता दहित समेतले मनोरञ्जन दिने बताइएको छ ।

त्यसैगरी गायक श्याम सिटी, उत्तम चौधरी, गायक रञ्जित चौधरी, गायक विष्णु थारू, गायिका जया चौधरी, गायक विशाल चौधरी, गायक आर्यन चौधरी, मोडल शारदा चौधरीलगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने सांस्कृतिक संयोजक उत्तम थारूले जनाए । माघ महिनामा पर्ने थारू समुदायको माघी पर्वको रौनक अहिले गाउँदेखि सहरसम्म सांस्कृतिक कार्यक्रमले झकमक्क हुने गरेको पाइन्छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE