Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अश्लील चलचित्रको लतमा परेका छन् किशोरकिशोरी र महिला पनि

एजेन्सी । अश्लील चलचित्रले महिला मतिस्कमा गर्ने असरहरूका बारेमा निकै कम अध्ययन भएका छन् ।

\'म १२ वर्षकी थिएँ जतिबेला मैले समूहगत यौन सम्पर्क देखाइएको अश्लील चलचित्र हेरेँ,\' २४ वर्षीया नीलम टेलर भन्छिन्।

त्यो उमेरमा पोर्न अर्थात् अश्लील चलचित्र हेर्ने उनी मात्रै होइनन्।

सन् २०१६ मा ब्रिटेनमा गरिएको एक अध्ययनका अनुसार ११ देखि १६ वर्ष उमेरका आधाभन्दा धेरैले इन्टरनेटमा अश्लील सामग्री हेरेका हुन्छन्।

यद्यपि अश्लील चलचित्रले युवा अवस्थाका महिलाहरूमा गर्ने असरबारे खासै वैज्ञानिक अध्ययनहरू भएका छैनन्।

नीलमको लागि भने अश्लील चलचित्रको लत यौनसम्बन्धी सामान्य जिज्ञासाबाट सुरु भएको थियो।

नीलमको कथा

\"नीलम

नीलम टेलरले बाल्यकालदेखि अश्लील चलचित्र हेर्न थालिन् । \'म तर्सेकी थिएँ। बाल्यकालमा प्रेमसम्बन्धी चलचित्रबाट एक्कै चोटि अश्लील चलचित्रमा पुग्दा...\' उनी भन्छिन्।

नीलमले ११ देखि १६ वर्षको उमेरसम्म प्रत्येक दिनजसो अश्लील चलचित्र हेरिन्।

उनका भित्ताभरि पोस्टर, भुइँभरि किताब र अभ्यासपुस्तिका छरिएका आफ्नो शयनकक्षमा जान्थिन् र ढोका बन्द गरेर \'१० मिनेटदेखि एक घण्टाु अश्लील वेबसाइटहरूमा बिताउँथिन्।

आफ्ना आमाबुवाले यसबारे थाहा पाएनन् भन्ने उनलाई लाग्छ।

सुरुमा उनी तर्सिए पनि त्यो कुरा छिट्टै सामान्य भयो। \'मेरो विचारमा अश्लील सामग्रीले हामीलाई असंवेदनशील बनाउँछ। म त्यो अवस्थामा पुगेँ जुन बेला मलाई हिंसक यौन गतिविधि पनि सामान्य लाग्न थाल्यो।\'

\'मैले जे देखेँ त्यसबाट अझ जान्ने इच्छा भयो। अरू चलचित्र हेर्दा पनि म यौन धेरै भएको हेर्न थालेँ। थाहा छैन त्यसको कारण मभित्र भएको यौन इच्छा थियो वा उमेरको कौतूहल थियो।\'

नीलमको लत बढ्दै जाँदा उनलाई मन पर्ने अश्लील चलचित्रको प्रकार पनि थाहा हुन थाल्यो।

\'म त्यस्तो चलचित्र खोज्न थालेँ जसमा महिलाहरू डर वा धम्कीका कारण यौन कार्यमा संलग्न भएको देखाइन्थ्यो।\'

\'अर्थात् म युवा महिला र परिपक्व पुरुषको चलचित्र खोज्थेँ। तेह्र वर्षको उमेरमा मेरो यौन इच्छा त्यस्तो थियो भन्ने मलाई लाग्दैन। तर यो पक्कै मैले हेर्ने चलचित्रको प्रभाव थियो।\'

साराको कथा

\"अश्लील


सारा २५ वर्षकी भइन् र उनको पनि उस्तै अनुभव छ।

\'मैले १३ वा १४ वर्षको उमेरमा अश्लील चलचित्र हेर्न थालेँ। म कम्तीमा हप्ताको दुई पटक हेर्थेँ र हेर्दा कुनै आवश्यकता पूरा भएको जस्तो लाग्थ्यो।\'

\'कति छिटो म असंवेदनशील भएँ भनेर म सम्झन्छु। किनभने म १० जना पुरुष र एक महिलाबीच भएको यौन हेर्थेँ जसमा महिलालाई पिटिएको हुन्थ्यो वा अन्य प्रकारले हिंसा गरिएको हुन्थ्यो।\'

\'यो सबै मैले आफूले यौन सम्पर्क राख्नु भन्दा पहिल्यै हेरिसकेकी थिएँ।\'

\'म अझै अश्लील चलचित्र हेर्छु र यसको असर भनेको म सामान्य रूपमा यौनको मज्जा लिन सक्दिनँ,\' सारा भन्छिन्।

अश्लील चलचित्र र मस्तिष्क

\"अश्लील

पत्रपत्रिका र वैज्ञानिकहरूले पुरुष र अश्लील चलचित्रको अत्यधिक प्रयोगबारे धेरै लेखेका छन्।

सन् २०१६ मा बीबीसीलाई ब्रिटिश यौनमनोवैज्ञानिक एन्जेला ग्रेगोरीले भनेकी थिइन् कि सजिलै प्राप्त भइरहेको अश्लील चलचित्रका कारण पुरुषमा यौन उत्तेजना नहुने रोग बढेको छ‍।

एउटा अध्ययनले सन् २००० ताका करिब दुईदेखि पाँच प्रतिशत नपुसंकताको कारण अश्लील चलचित्र भएकोमा देखाएको थियो। अहिले ३० प्रतिशत नपुसंकताको कारण अश्लील चलचित्र भएको देखिएको छ।ब्रिटेनमा यौन दुर्व्यसनको उपचारमा कार्यरत डा. ठाडेउस बिर्चार्डका अनुसार अश्लील चलचित्रमा पुरुष धेरै आकर्षित हुनुको कारण मानव मस्तिष्क पनि हो।
उनी भन्छन्, \'महिलाहरूमा यौन उत्तेजना हुँदा मस्तिष्कमा अक्सिटोसिन निस्कन्छ जुन मानव सम्बन्ध विस्तारको रसायन हो।\'

\'पुरुषहरूमा भने भासोप्रेसिन निस्कन्छ जुन कुनै कुरामा एकाग्र हुन सघाउने रसायन हो।\'

\'यही कारणले गर्दा पुरुषहरू इन्टरनेटमा घण्टौँसम्म बाह्य संसार बिर्सेर एकाग्र भई बस्न सक्छन,\' बिर्चार्ड भन्छन्।

उनका अनुसार धेरै महिलाहरू शरीरका अङ्गमा रुचि नराख्ने भएका कारण पुरुषहरूको अश्लील चलचित्रप्रति बढी झुकाव देखिएको हो।

अश्लील चलचित्रको महिलामा असर

\"Woman

शारीरिक असर देखिन थालेपछि नीलमले १६ वर्षमा अश्लील चलचित्र हेर्न छोडिन्।

\'मेरो पहिलो प्रेमीसँगको सम्बन्धपछि मैले थाहा पाएँ कि मलाई सामान्य यौन क्रियाकलापले उत्तेजित पार्नै सक्दैन,\' नीलम भन्छिन्।

\'मलाई लाग्छ अश्लील चलचित्र पूर्ण अप्राकृतिक हुन्छ, र कुनै पनि साथीले त्यसरी यौन सम्पर्क गर्नै सक्दैनन्।\'

\'मैले अश्लील चलचित्रमा देखेको र साँच्चिकै यौन सम्पर्क राख्दा देखेको शारीरिक भिन्नताले मलाई अत्यायो र मैले सोचेँ समान्य रूपमा यौन सम्पर्क राख्नका लागि पहिले शौचालयमा गएर अश्लील चलचित्र हेरेर आउनुपर्छ ?

त्यसपछि नीलमले अश्लील चलचित्र हेर्न बन्द गरिन्।

\'मलाई लत लागेको थियो जस्तो मलाई लाग्दैन। किनभने त्यसपछि मैले कहिले हेरिनँ।\'

इरिकाको कथा

\"image

इरिका गार्जा
अमेरिकी लेखिका ३६ वर्षीया इरिका गार्जाले १२ वर्षको उमेरमा राति टीभीमा केही अश्लीलता भएको चलचित्र हेर्न सुरु गरिन्।

यो सन् १९९४ को कुरा हो जतिबेला इन्टरनेट भर्खरै विकसित हुँदै थियो।

\'मलाई मेरुदण्ड बाङ्गिने समस्या आयो अनि विद्यालयमा जाँदा विशेष प्रकारको लुगा लगाउन थालेँ जसले गर्दा त्यहाँ म आफूलाई भिन्न र एक्लो महसुस गर्थे,\' उनी भन्छिन्।

एक्लोपनबाट बच्ने र खुसी हुने प्रयासमा म अश्लील चलचित्रहरू हेरेर हस्तमैथुन गर्थेँ।\'

इरिकाले दैनिक अश्लील चलचित्र हेरिनन्, तर ती सामग्रीले उनको जीवन र सम्बन्धमा असर गर्‍यो।

\'अश्लील चलचित्र मेरो लागि दिक्दारी वा चिन्ताको बेलाको साथी भयो। तर त्यसले मलाई अरू क्रियाकलापमा सहभागी हुनबाट रोक्यो। यसले गर्दा म झन् एक्लो महसुस गर्न थालेँ र मलाई मभित्र नै केही समस्या छ किन भन्ने लाग्न थाल्यो।\'

सन् २०१४ मा उनले सलोन पत्रिकामा आफूले यौन दुर्व्यसनबाट मुक्तिका लागि सहयोग खोज्ने निर्णय गरेकोबारे एउटा लेख लेखिन्।

उनले लेखिन्, \'सामान्यतया समूहगत यौन सम्पर्क रमाइलो लाग्थ्यो, तर सधैँ होइन।\'

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies