Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

इराकस्थित अमेरिकी सैन्य अखाडामा तेस्रो पटक हमला

एजेन्सी । इराकस्थित अमेरिकी सैन्य अड्डामा ६ दिनको अवधिमा तेस्रो पटक हमला भएको छ । पछिल्लो पटक आइतबार अल-बलादस्थित एयरबेसमा चार वटा रकेटबाट आक्रमण भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यो आक्रमणबाट चार जना घाइते भएको बताइएको छ ।

अल बलाद एयरबेसमा अमेरिकी सेना बसेका थिए । तर इरान र अमेरिकाबीच तनाब बढेपछि यो एयरबेस अमेरिकी सेनाले छाडिसकेका थिए । आइतबारको हमलापछि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गरेर अमेरिकामा आक्रोश बढेको प्रतिक्रिया दिएका छन् ।

यही जनवरी ९ तारिखमा बगदादको अन्तर्राष्ट्रिय क्षेत्रमा मिसाइल आक्रमण भएको थियो । धेरै देशका दूतावास रहेको यो ‘गि्रन जोन’मा दुई ठूला विष्फोट पनि भएका थिए । अमेरिकी अधिकारीहरुले यो आक्रमणमा इरान समर्थित शिया विद्रोही संगठन हासेदको हात रहेको दाबी गरेका छन् ।

त्यसअघि इरानले ७ जनवरीमा इराकमा अमेरिकी सेना बसेका दुई स्थानमा २२ वटा मिसाइल प्रहार गरेको थियो । अनबर प्रान्तका अल-असद र इरबिल एयरबेसमा गरिएका यी आक्रमणबाट ८० अमेरिकी सेनाको मृत्यु भएको दाबी इरानले गरे पनि पुष्टि भएको छैन ।

अमेरिकाले ३ जनवरीमा इरानको कुद्स सेना प्रमुख जनरल कासिम सुलेमानीको हत्या गरेपछि इरान र अमेरिकाबीच तनाब बढेको छ । सुलेमानी मारिएको बदला लिन इरानले इराकस्थित अमेरिकी सैन्य अखाडामा २२ मिसाइल प्रहार गरेको हो । मिसाइल आक्रमणको भोलिपल्ट इरानले १७६ जना सवार युक्रेनको एक बोइङ विमानलाई खसालेको थियो । यसको विरोधमा इरानी जनता आफ्नै सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy