Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

सभामुखमा द्वन्द्व, तुम्बाहाम्फेलाई उभ्याएर प्रचण्डलाई पेल्ने ओली दाउ

काठमाडौं । शनिबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले डा. शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखको पदबाट राजीनामा दिन लगाउने र सभामुख चयनको निम्त्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । धेरैलाई सचिवालयको निर्णयअनुसार तुम्बाहाम्फेले उपसभामुखको पदबाट राजीनामा दिन सक्ने अनुमान गरेका थिए ।

तुम्बाहाम्फेले अनुमान विपरित आइतबार बोलाइएको प्रतिनिधि सभाको बैठकमा राजीनामा त बुझाइन् तर उनले बैठक माघ ६ गतेसम्मको लागि भनेर स्थगित गरिन् । उनले राजीनामा दिइनन् बरु शीर्ष नेताहरुलाई नै भेटेर राजीनामा दिनुको स्पष्ट कारण माग गरिन् । तुम्बाहाम्फेले यसअघिदेखि नै भन्दै आएको, ‘सभामुखमा आफुँलाई नियुक्त गर्ने सुनिश्चित भए मात्रै राजीनामा दिने’ भन्दै प्रष्ट रुपमा आफ्नो धारणा राखिन् ।

स्रोतले जनाएअनुसार शीर्ष नेताहरुको भेटमा डा. शिवमायाले चुनौतिपूर्ण भाषामा, ‘म राजीनामा दिन्न, सक्नुहुन्छ भने प्रक्रियाबाट आउनुस्’ भनेकी थिइन् । उनले नेकपा नेतृत्वलाई चुनौति दिँदै आफुँ महाअभियोगको सामना गर्न पनि तयार रहेकोसमेत प्रतिक्रिया दिएकी थिइन् ।

शिवमायाको चुनौतिपूर्ण प्रतिक्रिया पाएपछि नेकपा नेतृत्व अहिले पुरै अलमलमा परेको छ । तत्कालिन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएसँगै नेतृत्व विहिन बन्न पुगेको प्रतिनिधि सभा नेकपाभित्रको दाउपेचकै कारण बन्धक बन्न पुगेकाे छ ।

भैंसेपाटी भेलालाई देखाउँदै खोंचे थाप्दै ओली

सभामुख चयनका विषयमा नेकपाभित्र अन्यौल भईरहँदा गत पुस २३ मा सचिवालय सदस्य वामदेव गौतम निवास भैंसेपाटीमा ओली इतरका नेताहरुको छुट्टै भेला भएको थियो । भेलाले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिन लगाउने निर्णय पनि गरेको थियो । भेलामा ओली इतरका अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरु झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

आफ्नो उपस्थिति बिनाको भेलालाई देखाउँदै ओलीले सभामुख चयनको विषयमा खोंचे थापिरहेको नेकपाका एक नेताले खबर डबलीलाई बताएका छन् । उनले जनाएअनुसार भैंसेपाटी भेलालाई देखाउँदै ओलीले प्रधानमन्त्री निवासमै भएको शनिबारको सचिवालय बैठक पनि बहिस्कार गरे ।

नेकपा स्रोतले जनाएअनुसार सभामुख चयनको लागि बालुवाटारमा भएको छलफलमा ओलीले, ‘भेला गर्दै हिंड्नेले नै निर्णय गरे भो नि !’ भन्ने जवाफ दिएका थिए । जनाइएअनुसार तुम्बाहाम्फेसँगको शीर्ष नेताहरुको छलफलमा ओली मौन रहेका थिए ।

तुम्बाहाम्फेलाई उभ्याएर नेम्वाङ्गलाई सभामुख बनाउने दाउ

ओलीले सभामुखको विषयमा छलफल हुँदा आफुँलाई काम गर्न सजिलो हुने पात्र आउनुपर्ने बताईरहेका छन् । उनले पूर्वसभामुख कृष्णबहादुर महरालाई देखाउँदै असहयोग गर्ने पात्रले काम गर्न गाह्रो भएको पनि प्रतिक्रिया दिने गरेका छन् । ओलीले मेरो इच्छाएको व्यक्ति नै सभामुख बन्नुपर्ने भन्दै सभामुखमा सुवासचन्द्र नेम्वाङ नै हुनुपर्ने अडान अघि सारिरहेको नेकपा स्रोतले जनाउछ ।

तर अर्का अध्यक्ष प्रचण्डले राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्षलगायतका सबै प्रमुख तहमा ओलीकै रोजाईका व्यक्ति परेको भन्दै सभामुख आफुँनिकटको व्यक्तिले स्वभाविक पाउनुपर्ने अडान राखेका छन् ।

प्रचण्डको सभामुख नछाड्ने अडान देखेपछि ओलीले उपसभामुखलाई अगाडि सारेको नेकपा स्रोतले जनाउँछ । स्रोतले बताएअनुसार ओलीले सभामुखमा सुवासचन्द्र नेवाङ्ग या तुम्बाहाम्फेलाई नै अघि सार्ने रणनीति बनाएका छन् । उनले अन्तिमसम्म नेवाङ्गलाई स्वीकार्ने स्थिति नआए तुम्बाहाम्फेलाई नै सभामुख बनाउने रणनीति अघि सारेका छन् ।

जनाइएअनुसार तुम्बाहाम्फेप्रति तत्कालिन एमालेकी उपाध्यक्षसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको पनि सहमति छ ।

कसरी शक्तिशाली देखिइन् तुम्बाहाम्फे ? कस्ताे छ राजनीतिक पृष्ठभूमि ?

डा. शिवमाया तुम्बाहाम्फे नेकपाभित्रकी सामान्य नेतृ हुन् । २०३५/०३६ सालदेखि विद्यार्थी आन्दोलनमा लागेकी तुम्बाहाम्फे अनेरास्ववियूको केन्द्रीय उपाध्यक्षसमेत भएकी थिइन् । विद्यार्थी आन्दोलनबाट उदाएकी उनी अनेरास्ववियूको नेतृ हुँदाखेरि नै राजनीतिबाट विदा भएर एनजिओ क्षेत्रमा लागेमा थिइन् ।

उनि तत्कालीन एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएर आएकी हुन् । उनी समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन् ।

समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्य बनेकी तुम्बाहाम्फेले विद्या भण्डारीको इच्छाअनुसार उपसभामुख पद पाएकी हुन् । उनि ओली र भण्डारीबाट इच्छाएकी पात्र हुन् । ओलीको अघिल्लो कार्यकालमा तुत्बाहाम्फे इजरायलको लागि राजदुतमा पनि सिफारिस भएकी थिइन् । तर सरकार परिवर्तनसँगै उनको नियुक्ति प्रक्रिया भने रोकिएको थियो ।

कृष्णबहादुर महराको राजीनामासँगै सभामुखमा दाबेदारी गरेकी तुम्बाहाम्फेप्रति मुख्यतः राष्ट्रपति भण्डारीको सदासयता र ओलीको मौन समर्थन छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies