Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

महानगरपालिकाले सौन्दर्य बिगार्ने होर्डिङबोर्ड, भित्तेलेखन हटाउदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बिगार्ने होर्डिङबोर्ड, भित्तेलेखन, पर्चा, पम्प्लेटलगायत सामग्री हटाएको छ। भ्रमण वर्षको अवसरमा भीआईपी ओहोरदोहोर गर्ने मुख्य सडकबाट होर्डिङबोर्ड हटाइसकिएको छ। पुस ११ गतेबाट होर्डिङबोर्ड हटाउन सुरु गरिएको थियो। गृहमन्त्री रामबहादुर थापा, महानगर प्रमुख विद्यासुन्दर शाक्यसहित पुस १० मा बसेको बैठकले सहरबाट होर्डिङबोर्ड हटाउने निर्णय गरेको थियो।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - बिहीबारसम्म त्रिपुरेश्वरबाट–महाराजगन्ज, त्रिपुरेश्वर–बिजुलीबजारसम्मको सडकको दुवैतर्फका होर्डिङबोर्ड हटाइसकिएको छ। त्यस्तै, एयरपोर्टदेखि तीनकुने, कालिमाटीदेखि सोल्टीहोटलसम्म एकतर्फका होर्डिङबोर्ड हटाइसकिएको महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए। घरको भित्ता, पसलमाथि, झ्याल छोपेर, सौजन्य गरी राखिएका बोर्ड हटाइएको उनले बताए। ‘मापदण्डविपरीत राखिएका सबै हटाइन्छ,’ उनले भने, ‘मापदण्डअनुसार डिजिटल बोर्ड राख्न पाइन्छ।’

नगर प्रहरीले २१ दिनमा ठूला–साना गरी करिब दुई हजार होर्डिङबोर्ड सहरबाट हटाएको छ। हटाउने क्रममा नगर प्रहरीले जथाभावी होर्डिङबोर्ड राख्ने संस्थालाई जरिवानासमेत गरेको छ। जरिवानामा पर्ने भ्याली इन्स्टिच्युट, जब इम्पोइमेन्ट सेन्टजेभियर्स, गोल्डेनगेटलगायत ५० संस्था छन्। महानगरले ५० वटा संस्थाबाट २ लाख ५० हजार रुपैयाँ जरिवाना उठाएको नगर प्रहरी प्रमुख सापकोटाले बताए।

यसअघि महानगरपालिकालाई सर्वोच्च अदालतले समेत होर्डिङबोर्ड हटाउन भनी पटक–पटक आदेश गर्दासमेत अटेर गरेको थियो। अधिवक्ता पदमबहादुर श्रेष्ठले हालेको रिट निवेदनमा सर्वोच्चले ०७२ साल भदौ १६ गते महानगरलाई सहरका घर, पर्खाल, बिजुलीका पोल सडकका डिभाइडरलगायतमा भएका पर्चा पम्प्लेट, भित्तेलेखन, अनधिकृत रूपमा राखिएका होर्डिङबोर्ड र विज्ञापन हटाउन दिएको परामादेश जारी गरेको थियो।

परमादेश आदेश हुँदासमेत नहटाएपछि महानगरपालिकालाई फैसला कार्यान्वयन निर्देशनालयले फैसला कार्यान्वयन गर्न पटक–पटक पत्र काटेको थियो। निर्देशनालयको पत्रको समेत बेवास्ता गरेपछि महानगरविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा केही समयअघि अवहेलना मुद्दा दर्ता गरेका थिए। चार वर्षपछि बल्ल महानगरले अदालतको आदेश कार्यान्वयन गरेको हो। अदालतको आदेशअनुसार सहरका घर, पर्खाल, बिजुलीका पोल सडकका डिभाइडर आदिमा भएका पर्चा पम्प्लेट, भित्तेलेखनसमेत हटाउनुपर्ने थियो। तर, महानगरले अहिले मुख्य गरी होर्डिङबोर्ड मात्र हटाएको छ।

घर, पर्खाल, बिजुलीका पोल आदिमा भएका पर्चा पम्प्लेट, भित्तेलेखन भने हटेको छैन। तर, होर्डिबोर्डसँगै विज्ञापन, भित्तेलेखनलगायत पर्चा पम्प्लेटसमेत हटाइने सहरी सुव्यवस्था विभाग प्रमुख हरिबहादुर कुँवरले बताए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE