Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

उम्लिएको दूधले नुहाएर भुइँया महाराजकाे पूजा

जनकपुरधाम । १२ वर्षीय राजा माझी र १४ वर्षीय शिवनन्दन माझी चुलोमाथि माटोको तौलामा उम्लिरहेको दूध अम्खोराले निकाल्दै शरीरमा खन्याइरहेका थिए। उनीहरू तातो दूधले यसरी नुहाइरहेका थिए कि जस्तो कि सामान्य पानी होस्। न त्यसले उनीहरू पोलेको आभास दिलाउँथे न त कुनै पीडाको अनुभूति।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - आश्चर्यजनक पार्ने यो दृश्य थियो, सर्लाहीको ईश्वरपुर नगरपालिका—१५ सोकनाहा बोहर्वामा मनाइएको भुइँया महाराजको पूजाको। त्यस अवसरमा तातो दूधले नुहाउने यस विधिलाई ठेट भाषामा ‘अपटौनी’ भन्ने गरिन्छ।

मुसहरका पुस्ताले रीतिरिवाजअनुसार माघ १ गते भुइँया महाराजलाई अपटौनी दिने गरेको धामी रामपुकार माझी बताउँछन्। ‘यो सब भुइँया महाराजको प्रताप हो’, उनी भन्छन्, ‘दैवी शक्तिको आर्शीवादले नै तातो दूधमा नुहाउँदा पनि शरीरलाई कुनै प्रकारको कष्ट हुँदैन।’

भुइँया शब्दले जमिन, माटो वा पृथ्वीलाई जनाउँछ। भुइँया पूजालाई प्रकृति पूजाका रूपमा लिने गरिएको उक्त समुदायको उत्थानमा काम गर्दै आएका राजकुमार महतो बताउँछन्। ‘छैटौं शताब्दीमा सप्तरी जिल्लामा जन्मिनुभएका दीना—भद्रीको पूजाका रूपमा यो भुइँया पूजा मनाउने गरिन्छ’, उनी भन्छन्। दीना—भद्रीलाई मुसहर समुदायको कुल देवता मानिन्छ। अन्याय, अत्याचार र शोषणविरुद्ध महावीर योद्धाका रूपमा दीना—भद्रीलाई लिने गरिएको छ।

विभिन्न संघसंस्थाको अगुवाइमा प्रथम अन्तर्राष्ट्रिय भुइँया दिवस मनाइएको छ। माघ १ देखि ३ गतेसम्म मनाइएको दिवसको अवसरमा पूजासहित मुसहर समुदायको विशेषता झल्काउने कार्यक्रम गरिएको थियो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending