एजेन्सी । आफ्नो डेब्यु खेलमा नै अर्लिङ ब्राउट हालान्डले ह्याट्रिक गरेपछि बोरुसिया डर्टमन्डले ३–१ ले पछि परेको स्थिति उल्टाउँदै एफसी अज्बर्गलाई ५–३ को गोलअन्तरले पराजित गरेको छ ।
रेड बुल साल्जबर्गका लागि २२ खेलबाट २८ गोल गरेपछि गत महिना १९ वर्षीय खेलाडी १।७१ करोड पाउन्डमा डर्टमन्डसँग आबद्ध भएका थिए । त्यस क्रममा उनले ५ ह्याट्रिक पनि गरेका थिए ।
डर्टमन्डका लागि पहिलो खेलमा उनी ५६ औँ मिनेटमा मैदानमा प्रवेश गर्दा टोली ३–१ गोलले पछि रहेको थियो ।
हालान्डले मैदानमा उत्रिएको तेस्रो मिनेटमा नै गोल गरे भने २३ मिनेटमा ह्याट्रिक पुरा गर्दै टोलीलाई अविस्मरणीय जीत दिलाए ।
म्यानचेस्टर युनाइटेड र युभेन्टसको रोजाइमा रहेका हालान्डले यो सिजनको च्याम्पियन्स लिगको समुह चरणमा आठ गोल गरेका थिए ।
जीतपछि डर्टमन्ड १८ खेलबाट ३३ अङ्क बटुल्दै लिगको चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको रेडबुल लेइपजिगसँग भने टोली अझै ७ अङ्कले पछि रहेको छ ।
शनिबार नै भएको लेइपजिगले युनियन बर्लिनलाई ३–१ गोलले पराजित गर्यो । अन्य खेलमा क्लोनले वुल्फसबर्गलाई समान गोलअन्तरले हरायो ।
उता, फ्राङ्कफर्टले होफेनहाइम र फ्रेइबर्गले माइन्जलाई समान २–१ गोलअन्तरले पराजित ग(यो । रेलिगेसनबाट जोगिन संघर्षरत वेर्डर ब्रेमेनले डुसेल्डोर्फमाथि १–० को जीत हासिल निकाल्यो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: