एउटा अध्ययनले पुरुषलाई मृत्युपछि शुक्रकीट दान गर्न दिनुपर्ने सुझाव दिएको छ।
मेडिकल इथिक्स नामक जर्नलमा प्रकाशित अनुसन्धानको निचोडमा मृत्युपछि शुक्रकीट दान गर्ने व्यवस्थालाई नैतिक रूपमा प्रोत्साहन दिई वीर्यको भण्डारण बढाउनुपर्ने उल्लेख गरिएको छ।
सन् २०१७ मा यूकेमा वीर्यदानबाट २,३४५ बच्चा जन्मिएका थिए।
तर कडा नियमका कारण यूकेभर भण्डार गरिएको शुक्रकीटको परिमाण घट्दो छ।
मृत्युपछि प्रोस्ट्न्ट ग्रन्थीलाई कृत्रिम ढङ्गले सक्रिय बनाएर वा शल्यक्रिया गरेर शुक्रकीट सङ्कलन गर्न सकिन्छ र त्यसपछि त्यसलाई भण्डारण गर्न सकिन्छ।
प्रमाणहरूले मृत्यु भइसकेका व्यक्तिबाट सङ्कलन गरिएका शुक्रकीटबाट पनि राम्रो ढङ्गले गर्भाधान गराउन सकिने र स्वस्थ सन्तानहरू जन्माउन सकिने देखाएको छ।
मानिसहको मृत्यु भएको ४८ घण्टा भित्र शुक्रकीट सङ्कलन गर्नु पर्छ।
लेस्टर विश्वविद्यालयका चिकित्सक नाथन हडसन र म्यानचेस्टर विथेनस्वे अस्पतालका चिकित्सक हुसा पार्करले शुक्रकीट दानलाई अङ्गदानसँग तुलना गरेका छन्।
अरू किसिमको प्रत्यारोपणका लागि अङ्गहरू दान गर्न सकिन्छ भने मृतकबाट लिइने शुक्रकीटलाई पनि बाँझोपन निदानको एउटा उपायका रूपमा हेरिनुपर्ने उनीहरूको तर्क छ।
तर यसमा परिवारको सहमति, विशेषाधिकार र दाताको गोपनियताको प्रश्न जोडिने अनुसन्धानकर्ताहरूको मत छ।
लाञ्छनाविरुद्ध चुनौती
सन् २०१४ मा वर्मिङघममा एउटा शुक्रकीट ब्याङ्क स्थापना भएको थियो जसलाई सरकारले ७७ हजार पाउण्ड अनुदान उपलब्ध गराएको थियो।
तर स्थापनाको दुई वर्षपछि नै उक्त ब्याङ्कले ढोका बन्द गरेको थियो र दाता खोज्ने काम बन्द गरेको थियो।
ब्याङ्कमा जम्मा नौ जनाले मात्रै वीर्यदान दिएका थिए जसमध्ये एक जनाले पछि उक्त प्रक्रियाबाट अलग हुने निर्णय लिए।
सन् २००५ को एक कानुनले यूकेमा वीर्यदानबाट जन्मिएका शिशुहरूले उनीहरू १८ वर्ष पुगेपछि शुक्रकीट दातासँगसम्पर्क राख्न सक्ने व्यवस्था गरेको छ।
पूर्ववीर्यदाता जेफरी इनगोल्डले बीबीसीलाई भने। मृत्युपछि पनि शुक्रकीट दान गर्न मिल्ने व्यवस्थाले अझ धेरै पुरुषहरूलाई दाता बन्न प्रेरणा दिन सक्छ।
तर कतिपय विज्ञहरूले मृत पुरुषबाट शुक्रकीट सङ्कलन गर्ने विधि पश्चगामी बाटोु हुने भन्दै युवा र स्वस्थ वीर्यदाताको खोजीमा नै जोड दिनुपर्ने बताउँछन्।
कानुनी नजिर
सन् १९९७ मा एक महिलाले आफ्ना मृत श्रीमानको शुक्रकीट प्रयोग गर्न पाउने अधिकार प्राप्त गरेकी थिइन्।
डायानसँग पारिवारिक जीवन सुरु गरेको दुई महिनापछि नै स्टेफन ब्लडलाई मेनिनजाइटिस रोग लागेको थियो।
त्यसपछि उनी कोमा मा गए। तर उनले मृत्युअघि लिखित रूपमा नै आफ्नो शुक्रकीट प्रयोग गर्न अनुमति दिएका थिएनन्।
उनीबाट सङ्कलन गरिएका दुई नमुना डायान ब्लडको अनुरोधमा राखिएको थियो।
सन् १९९० मा बाँझोपनसम्बन्धी एउटा कानुनले डायन ब्लडलाई लिखित अनुमति नभएका कारण आफ्ना श्रीमानको शुक्रकीट प्रयोग गर्नबाट प्रतिबन्ध लगाएको थियो।
तर पछि पुनरावेदन अदालतले यूकेभन्दा बाहिर युरोपको जुनसुकै स्थानमा आफ्नो बाँझोपनको उपचार गराउन सक्ने आदेश दिएको थियो।
उनले भण्डारण गरेर राखिएको आफ्नो श्रीमानको शुक्रकीटबाट सन् २००२ मा जोएललाई जन्म दिएकी थिइन्।
त्यसको एक वर्षपछि उनले आफ्नो मृत पतिलाई आफ्नो छोराको बाबु भएको स्थापित गराउन मुद्दा जितेकी थिइन्।
बीबीसी
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: