Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

गुणस्तर र मागप्रति प्रश्न आउन दिन्नौँ : नेपाली सेना

काठमाडौं । नेपाली सेनाले भौतिक पूर्वाधार (बाटो र सुरुङ) निर्माणमा खपत हुने विस्फोटक पदार्थ (इमल्शन) मुलुकको माग धान्ने गरी अन्तर्राष्ट्रियस्तरको उत्पादन गर्न सक्षम रहेको दाबी गरेको छ । सेनाको उक्त दाबीप्रति अहिले नै विश्वस्त हुने अवस्था नरहेको जनाउँदै विकास आयोजना निर्माणमा संलग्न ठेकेदारले भने नयाँ प्लान्टबाट उत्पादित विस्फोटक पदार्थको गुणस्तरमा सुधार आए तापनि मूल्य र राष्ट्रिय माग धान्ने विषयमा शङ्का नहटेको प्रतिक्रिया दिएका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सुनाचरी इमल्शन प्लान्टमा चीनबाट खरिद गरी ल्याएको नयाँ उपकरण जडानपछि सेनाले असरदार विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ । करिब ३५ करोडको लागतमा जडान गरिएको नयाँ प्लान्टबाट वार्षिक चार हजार ८०० मेट्रिक टन विस्फोटक पदार्थ सजिलोसँग उत्पादन हुने सैनिक सामग्री उत्पादन निर्देशनालयका सहायकरथी हेगेन्द्रलाल महर्जनले जानकारी दिए । गत भदौको अन्तिम साताबाट सञ्चालनमा आएको उक्त प्लान्टबाट अहिलेसम्म उच्च गुणस्तरको २०० मेट्रिक टन विस्फोटक पदार्थ उत्पादन भइसकेको उहाँले जानकारी दिए ।

स्वतन्त्र ऊर्जा उत्पादन संस्था इपानका उपाध्यक्ष कुमार पाण्डे भन्छन्, “सुरुङ निर्माणका क्षेत्रमा ३०औँ वर्ष काम गरिएको हुँदा विभिन्न खाले विस्फोटक पदार्थ प्रयोग गरिएको अनुभव हामीसँग छ, स्वदेशमै उत्पादन हुन्छ र काम दिन्छ भने प्रयोग गर्न तयार छाँै ।” कहाँबाट ल्याएको विस्फोटक पदार्थ कति प्रभावकारी हुन्छ भन्ने पर्याप्त अनुभव हासिल गरेका विकास आयोजना निर्माणकर्ता भन्छन्, “गुणस्तरमा सम्झौता गर्नु भनेको अन्ततः उपभोक्ताले नै खर्च व्यहोर्नु हो, हाम्रो सरोकार गुणस्तर, मूल्य र निरन्तरतासहित सुनिश्चितता होे, त्यो भएन भने हामीले विकल्प रोज्नुपर्ने हुन्छ ।”

मुलुकभित्र विस्फोटक पदार्थको ओसारपोसार, रेखदेख, नियन्त्रण र ढुवानीमा सहयोग पु¥याउँदै आएको नेपाली सेनाले पूर्वाधार विकासका लागि देशलाई आवश्यक पर्ने विस्फोटक पदार्थ एकद्वार प्रणालीमार्पmत होस् भन्ने हेतुले नयाँ इमल्शन प्लान्ट स्थापना गरेको हो । हालसम्म पनि विस्फोटक पदार्थ राख्न, किन्न, एक स्थानबाट अर्को स्थानमा लैजान सरकारका विभिन्न निकाय र सरोकारवाला पक्षले झन्झट र दुःख दिने पूर्वाधार निर्माणकर्ताको गुनासो छ ।

नेपाली सेनाले उत्पादन गरेको विस्फोटक पदार्थको मूल्य प्रतिकिलो १९८ कायम गरिएको छ भने भारतबाट आयात गरिएको सामग्री रु १३२ मै भन्सार पार हुने आयोजना प्रमुखको भनाइ रहेको छ । “बाहिरबाट ल्याउँदा जति झन्झटिलो छ, मुलुकमा उत्पादन भएपछि त्यो हट्नुपर्छ, यसको निराकरण सेनाले गरिदिनुपर्छ, त्यो भएमा हामीलाई यहाँकै सामान किन्न सजिलो हुन्छ”, उपाध्यक्ष पाण्डे भन्नुहुन्छ । तर ठेकेदारले भने यहाँ उत्पादित विस्फोटक पदार्थले हामीले खोेजेअनुरुपको नतिजा दिन नसकिए विकल्प खोज्नुपर्ने तर्क गर्दै आएका छन् ।

ठेकेदारहरु भन्छन्, “आशा गर्ने ठाँउ धेरै छन्, सुनिश्चित र निर्णयमा पुग्ने बेला भने आइसकेको छैन, हाम्रो आवश्यकता र चाहनाअनुसार माग होस्, शुभकामना छ ।” तनहुँ विद्युत् आयोजनाका ठेकेदार सन्तोष थापा भन्छन्, “पछिल्लो समय गुणस्तर राम्रो देखिएको छ, तर मागअनुसार सामग्री उपलब्ध भएको छैन । मेरो आयोजनालाई दैनिक एक टन चाहिन्छ, सेनाले त्यो पाँच टन एक महिनामा पनि उपलब्ध गराउन सकेको छैन ।

मुलुकमा अब निकट भविष्यमै ठूला ९बूढीगण्डकी, सुनकेसी मरिण डाइभर्शन, अरुण० जस्ता ठूला आयोजना अघि बढ्ने हुँदा अब क्रमशः मागलाई सेनाले थेग्न भन्ने पाटोबाट प्रश्न उठाइएको छ । सेनाले उक्त प्लान्टका लागि आवश्यक कच्चापदार्थ छिमेकी मुलुक भारत र चीनबाट ल्याउँदै आएको छ । अघिल्लो वर्ष एक हजार टनको हाराहारीमा विस्फोटक पदार्थ आयात गरिएको अनुमान गरिएको छ । ठेकेदार भन्छन्, “सुधारको पाटोमा सेनाले ध्यान देओस् हाम्रो इच्छा/आकाङ्क्षा भनेकै स्वेदशकै प्रयोग गर्न पाऊँ, गुणस्तरीय होस् र सुपथ मूल्यमा मिलोस् आवश्यकताअनुसार निरन्तर पाइयोस् भन्ने नै हो । नेपाली उत्पादन भारतीयभन्दा ५० प्रतिशत महँगो हुँदा मूल्यमा सन्तुलन कायम गर्नुपर्ने देखिन्छ ।

‘सुधार्ने धेरै ठाउँ छ’

ठूला आयोजलाई करोडौँ मूल्य बराबरको विस्फोटक पदार्थ लाग्ने हुँदा सेनाले उत्पादन गरेको सामग्री प्रयोगले आयोजनाको लागत नै अस्वाभाविक मूल्य बढ्न सक्ने चेतावनी दिँदै आयोजना निर्माणकर्ता भन्नुहुन्छ, “दक्षता र मूल्य अन्तर्राष्ट्रियस्तरमा ल्याउनै पर्छ । परिणाम राम्रो हुनु प¥यो ।” नागढुङ्गा सुरुङमार्ग निर्माणका ठेकेदार श्याम खरेल इमल्शन प्लान्टकोे निरीक्षणपछि भन्नुहुन्छ, “मेरो आयोजनाका लागि ९०० टन इमल्शन आवश्यकता पर्छ, अत्याधुनिक यस प्लान्टबाट गुणस्तरयुक्त विस्फोटक पदार्थ निर्माण गरेको देखिन्छ । यद्यपि, मुलुकको माग धान्न पूर्णरुपमा सञ्चालनमा आए पनि सक्षम देखिन्न, सुधार्ने धेरै ठाउँ छ ।”

नयाँ प्लान्ट भएकाले प्रयोगकर्ताबाट आएका सुझावका आधारमा गुणस्तर सुधार्न र त्यसका आधारमा विश्वसनीयता दिलाउन र कार्यस्थल क्षेत्रमै प्रभावकारिताको पुष्ट्याइँ परीक्षण गर्नेतर्फ सेनाले ध्यान पु¥याओस् भनी ठेकेदारले सेनालाई सुझाव दिएका छन् । इमल्शन प्लान्टका प्रमुख एवं महासेनानी दिवाकर चालिसे भन्नुहुन्छ, “मुलुकका २१ वटा विकास आयोजनालाई एक वर्ष अवधिसम्म पूर्णरुपमा काम गर्ने क्षमताका गुणस्तरी इमल्शन उत्पादन गरी वितरण गरिएको छ ।”

पूर्वाधार विकास आयोजनामा संलग्न ठेकेदारलाई नयाँ प्लान्टको निरीक्षण गराउँदै प्रभावकारी रहेको परीक्षण पुष्टि गराउँदै ढुक्कसँग विस्फोटक पदार्थको प्रयोग गर्न आश्वस्त तुल्याउने प्रयास गरेको छ । सेनाको भण्डारणमा अहिले एक हजार २०० टन कच्चापदार्थ र ४२ टन तयारी सामग्री रहेको छ । निकट भविष्यमै सेनाले मुलुकको क्षेत्रगत मागलाई ध्यानमा राखेर कौशिला नगर, बर्दिवास र चितवनमा २००÷२०० मेट्रिक टन क्षमताको गोदाम तयार गरेर भण्डारण गर्ने तयारी गरेको छ । सेनाले भनेको छ, “यहाँ उत्पादिन इमल्शन अन्तर्राष्ट्रिय मापदण्डको छ, मागअनुसारको निरन्तर सामग्री दिलाउँछौँ, मूल्य सन्तुलन काय गर्ने सन्दर्भमा समिति बनाएर अध्ययन भइरहेको छ ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE