काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमितिको आजको बैठकमा अध्यक्ष कमल थापाले मुलुकको आर्थिक समृृद्धिका लागि लगानी प्रवद्र्धन र रोजगारी सिर्जना गर्नुपर्ने राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
आजदेखि काठमाडौँमा शुरु भएको उक्त बैठकमा अध्यक्ष थापाले प्रस्तुत गरेको प्रतिवेदनमा भ्रष्टाचार नियन्त्रण, व्यापार घाटाको न्यूनीकरण, शिक्षा र स्वास्थ्यको गुणस्तर अभिवृद्धि गरी देशको विकास गर्न सकिने उल्लेख गरिएको छ ।
संस्थागत एवं नीतिगत भ्रष्टाचारका कारण राष्ट्र निर्माणमा बाधा पुगेको उल्लेख गरिएको प्रतिवेदनमा धर्म परिवर्तनको डढेलो, बेरोजगारी समस्या, सर्वसत्तावाद र बाह्य शक्तिको चलखेल हाल देशमा विद्यमान चुनौति रहेको भनिएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार तीव्रगतिमा समाजको इसाईकरण हुने देशमा नेपाल पहिलो नम्बरमा रहेको उल्लेख गरिएको प्रतिवेदनमा गलत ढङ्गले हाल भइरहेको धर्म परिवर्तनलाई समयमै नियन्त्रण गर्न नसकेमा यसले मुलुकको राष्ट्रिय पहिचानलाई समाप्त पार्ने, सामाजिक सांस्कृतिक सद्भाव र एकता खलबल्याउने र देशलाई गम्भीर धार्मिक द्वन्द्वमा फँसाउने विषय समावेश गरिएको छ ।
बैठकमा देशभरबाट १६३ केन्द्रीय सदस्य सहभागी छन् भने नेता तथा कार्यकर्ताले उक्त प्रतिवेदनमा छलफल गरी दिने सुझावका आधारमा त्यसलाई परिमार्जन गरिने केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिए ।
बैठकमा सङ्गठनको अवस्थालाई दृष्टिगत गर्दै स्थानीयतहको वर्गीकरण गर्ने, अहिलेदेखि नै सम्भावित उम्मेदवार छनौट गरी जिम्मेवारी दिने तथा निर्वाचन केन्द्रित विशेष कार्ययोजना र आगामी कार्यक्रमका बारे पनि छलफल गरिने छ । यही माघ १८ गतेसम्म जारी रहने बैठकमा सचिवालयको प्रतिवेदन र आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गरिने छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: