Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

नेकपाको जनसंगठन : कहाँ पुग्यो एकता ? २३ संगठनको विवरण पढ्नुहोस्

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आफ्ना जनवर्गीय संगठनहरुको नेतृत्वको एकता टुंगो लगाएको झण्डै एक बर्ष पुग्न लाग्दासमेत जनवर्गीय संगठनको एकता प्रकृया निष्कर्षमा पुगेको छैन । एकता प्रकृयामा भइरहेको ढिलाइको कारण देशभर जनपरिचालन र संगठन विस्तारको काम सुस्त भएको छ ।

तत्कालिन एमाले र माओवादीबीच पार्टी एकता भएको एक बर्ष तथा मदन–आश्रित स्मृति दिवसको अवसरमा ०७६ जेठ ३ गते नेकपाले आफ्ना जनवर्गीय संगठनको नेतृत्व बारे टुंगो लगाएको थियो । संगठनहरुको नेतृत्व बाँडफाँडमा २३ वटा जनवर्गीय संगठनमध्ये १६ वटा साविक एमाले र ७ वटा साविक माओवादीको भागमा परेको छ ।

तीमध्ये केहि संगठनले केन्द्रदेखि गाउँपालिका तहसम्म एकता प्रकृया टुंग्याइसकेका छन् भने केहि केन्द्रीय कमिटीको खाकासम्म तयार पार्न सकेका छैनन् । खासगरी कुन जिल्लामा कसले नेतृत्व लिने ? केन्द्रीय समिति कति सदस्यको बनाउने ? दुवै संगठनबाट कति–कति संख्यामा सदस्यहरु राख्ने भन्ने विवाद कायमै रहेको छ ।

\"\"

नेतृत्व विभाजनमा कुन पक्षले कुन संगठन पाए ?

पूर्वएमालेको भागमा परेको संगठन

संगठनहरुको नेतृत्व बाँडफाँडमा २३ वटा जनवर्गीय संगठनमध्ये १६ वटा साबिक एमालेले पाएको थियो । साबिक एमालेले अखिल नेपाल किसान महासंघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, ट्रेड युनियन महासंघ, नेपाल कानून व्यवसायी संगठन, बुद्धिजिवी संगठन, मानव अधिकार तथा सामाजिक अभियान नेपाल, नेपाल पेशागत संगठन, जनसांस्कृतिक महासंघ, नेपाल मुस्लिम संगठन र भूपू सैनिक तथा प्रहरी संगठनको नेतृत्व पाएको छ ।

यस्तै, उद्योग व्यवसायी महासंघ, खेलकुद महासंघ नेपाल, नेपाल भूमिहिन सुकुम्बासी संगठन, नेपाल इञ्जिनियर संगठन, नेपाल निर्माण व्यवसायी संगठन र प्रवासी नेपाली मञ्चको पनि नेतृत्व लिएको छ ।

पूर्वमाओवादी केन्द्रको भागमा परेको संगठन

संगठनहरुको नेतृत्व बाँडफाँडमा २३ वटा जनवर्गीय संगठनमध्ये साबिक माओवादी केन्द्रले जम्मा ७ वटा जनवर्गीय संगठनको नेतृत्व पाएको छ । साबिक माओवादीले राष्ट्रिय युवा संगठन, अखिल नेपाल महिला संघ, प्रेस संगठन नेपाल, आदिवासी जनजाति महासंघ, दलित मुक्ति संगठन र नेपाल अपाङ्ग संगठनको नेतृत्व पाएको छ ।

यी हुन् एकीकरण हुन बाँकी

पार्टी एकताको करिब डेढ वर्ष पुरा हुँदै गर्दा पनि दुई जनवर्गीय संगठन भने एकता प्रक्रिया पुरा हुन सकेको छैन् । लोकतान्त्रिक मधेसी संगठन र मधेसी राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्व बाँडफाँडमा विवाद हुँदा संगठनको एकिकरण हुन नसकेको हो ।

कस्तो छ जनवर्गीय संगठनको नेतृत्व बाँडफाँड र एकता प्रकृया

१. अखिल नेपाल किसान महासंघ

संयोजक–हरि पराजुली, सहसंयोजक– चित्रबहादुर श्रेष्ठ

दुई सय ५१ सदस्य केन्द्रीय समिति रहेको अखिल नेपाल किसान महासंघमा ७७ वटै जिल्ला कमिटीको निर्माण सम्पन्न भइसकेको सहसंयोजक चित्र बहादुर श्रेष्ठले जानकारी दिएका छन् । केन्द्रदेखि जिल्ला तहसम्म साविक संगठनहरु ५०/५० को आधारमा समिति निर्माण गरेको महासंघले स्थानीय तहमा समेत समिति निर्माण कार्य तिब्र बनाइएको छ ।

सचिवालयमा ५१ सदस्य रहेको छ । प्रदेशमा ४ वटा प्रदेश साबिक एमाले र ३ वटा साबिक माओवादीले नेतृत्व लिएका छन् । श्रेष्ठको अनुसार प्रदेश २ को सम्पूर्ण स्थानीय तहमा समिति निर्माण सम्पन्न भएको छ । गाउँस्तरको एकताप्रकृया पनि करिब ६० प्रतिशत सकिसकेको श्रेष्ठले खबर डबलीलाई जानकारी दिएका छन् । केहि जिल्लामा भने सपथ कार्यक्रम बाँकी रहेको उनले जनाए ।

२. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन

संयोजक–ऐन महर, सहसंयोजक–रञ्जित तामाङ

नेकपाको प्रभावशाली संगठन मानिएको विद्यार्थी संगठनको नेतृत्व कसले लिने भन्नेमा निकै विवाद भयो । साबिक दुई संगठनबीच हानाथाप भईरहँदा पार्टीले संयोजकमा पूर्व अखिलका अध्यक्ष ऐन महरलाई जिम्मेवारी दिएपछि सह–इञ्चार्ज रहेका पूर्वमाओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ असन्तुष्ट बनेका थिए ।

पछि संगठको नाम ह्रस्व यु लेख्ने कि दीर्घ यू लेख्नेमा विवाद उत्पन्न भएको थियो । अन्तिममा दीर्घ यू लेख्नेमा सहमत भएपछि एकता प्रकृया अघि बढेको थियो ।

गत साता मात्रै केन्द्रीय सदस्यलाई सपथ लिएको अनेरास्ववियूले दुई सय ३५ सदस्य केन्द्रीय समिति गठन गरेको छ । जसमा पूर्वएमाले निकट विद्यार्थी संगठनबाट एक सय ६९ र पूर्वमाओवादी विद्यार्थी संगठनबाट एक सय ५४ जना रहेका छन् । केन्द्रीय समितिले बिधान अनुमोदन गरेपनि विश्व विद्यालय, प्रदेश, जिल्ला र गाउँपालिका कमिटि कति बनाउने भन्नेमा कुनै निर्णय नभएको केन्द्रीय सदस्य नेत्र मैनालीले खबर डबलीलाई बताएका छन् । मैनालीले अहिलेसम्म ७७ वटै जिल्ला संयोजक र सहसंयोजको जिम्मेवारी दिइसकेको बताएका छन् । बाँकी एकता प्रकृया छिट्टै टुंग्याउने मैनालीले जनाए ।

३. राष्ट्रिय युवा संघ

संयोजक–रामप्रसाद सापकोट, सहसंयोजक–रमेश पौडेल

नेकपाको बलियो खम्बाको रुपमा हेरिएको राष्ट्रिय युवा संघले अन्य संगठनभन्दा तिब्र गतिमा एकता प्रकृया अगाडि बढाएको छ । शुरुमा यस संगठनलाई आफ्नो पक्षमा राख्न साविक युवासंघ र साविक वाइसिएलबीच हानाथाप भएपछि पार्टीले नै हस्तक्षेप गर्नु परेको थियो ।

राष्ट्रिय युवा संघको संयोजकमा पूर्ववाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ रहेका छन् । सहसंयोजकमा पूर्वयुवा संघका रमेश पौडेल रहेका छन् । दुई सय ३५ सदस्य केन्द्रीय समिति रहेको राष्ट्रिय युवा संघमा एक सय ७८ साविक युवासंघ र एक सय ५७ जना साविक वाइसिएलबाट रहेका छन् ।

राष्ट्रिय युवा संघले मंसिर १ गते राजधानीमा राष्ट्रिय सम्मेलन गरी आफ्ना निर्णय, विधान र केन्द्रीय समिति अनुमोदन गरेको थियो । उसले ७७ वटै जिल्ला संयोजक र सहसंयोजकको पनि टुंगो लगाइसकेको छ । राष्ट्रिय युवा संघका संयोजक दिपशिखाले युवा संघको एकता प्रकृया अन्तिम चरणमा पुगेको बताएका छन् । उनले भने, ‘करिब ३५ जिल्लामा जिल्ला समिति समेत निर्माण भइसकेको छ । बाँकी प्रदेश समिति र बिभाग पनि छिट्टै गठन हुन्छ ।’ राष्ट्रिय भेलाबाट बिधान सहित केन्द्रीय समिति अनुमोदन गर्नेमा नेकपाको अन्य जनबर्गिय संगठन भन्दा राष्ट्रिय युवा संघ पहिलो संगठन बनेको छ ।

४. नेपाल बुद्धिजिवी संगठन

संयोजक–डा. दिनेशचन्द्र देवकोटा, सहसंयोजक–कृष्ण केसी

नेपाल बुद्धिजिबी संगठनको एकता प्रकृया अन्तिम चरणमा पुगेर र घोषणा हुनमात्र बाँकी रहेको संयोजक डा. दिनेचन्द्र देवकोटाले जानकारी दिएका छन् । एकता प्रक्रियासँगै गठित १६१ जनाको केन्द्रीय समितिमा ५५ प्रतिशत साबिक एमाले र ४५ प्रतिशत साबिक माओवादी केन्द्रले लिएको देवकोटाले जानकारी दिए ।

उनले दुई संगठनबीच कुनै झिनाझम्टीसमेत नभएको बताएका छन् । अन्य संगठनको जस्तै बुद्धिजिबी संगठनले पनि प्रदेश र जिल्ला तहमा समिति बिस्तार गर्ने तयारीमा रहेको देवकोटाले बताएका छन् । संगठको इञ्चार्ज अग्नि सापकोटा सभामुखमा सिफारिस भएपछि एकता घोषणा सभा केहि समय पर धकेल्लिएको उनले जानकारी दिए ।

५. टे«ड युनियन महासंघ

संयोजक–विनोद श्रेष्ठ, सहसंयोजक–जगत सिंखडा

पहिले संघको विषयमा सैद्धान्तिक सहमति जुटाएपछि मात्र एकता प्रकृया अघि बढ्ने संयोजक विनोद श्रेष्ठले खबर डबलीलाई बताएका छन् । श्रेष्ठका अनुसार महासंघ दर्ता हुनको लागि पहिले प्रतिस्ठान चाहिन्छ । प्रतिष्ठानको ५० वटा प्रमाणपत्र जुटाएपछि संघ बन्छ । १० संघ जुटाएपछि मात्र महासंघ बन्छ ।

अहिले साबिक माओवादीबाट ३० वटा संघ र साबिक एमालेका १९ वटा संघ रहेकोले एकता प्रकृयामा समस्या आएको श्रेष्ठले बताए । पहिले केन्द्रीय समिति बनाउनुभन्दा पनि मोडालिटिमा छलफल चलिरहेको जानकारी संयोजक श्रेष्ठले दिएका छन् । शुरुमा केहि असहज भएपनि एकता टुंगिएपछि अन्य संगठनमा जस्तो समस्या नहुने उनको दाबी रहेको छ ।

मजदुर संगठनको प्रकृति अन्य संगठनजस्तो नभएकाले पनि एकता प्रक्रियामा असहज देखिएको श्रेष्ठले बताएका छन् । संगठनको आवश्यकता र मान्यताको आधारमा सबै कुरा जुटाएपछि मात्र अनुमोदनको लागि पार्टीमा लैजाने उनले बताए । भागबन्डाभन्दा पनि बलियो संयन्त्र कसरी बनाउन सकिन्छ भन्नेमा आफुँहरु लागिपरेको श्रेष्ठको भनाई छ । एकताको मापदण्ड पहिले जसको जहाँ प्रभाव रहेको छ, त्यसैलाई नेतृत्व दिने हिसाबले छलफल अगि बढिरहेको श्रेष्ठले बताए ।

६. मानव अधिकार तथा सामाजिक अभियान नेपाल

संयोजक–मीनबहादुर शाही, सहसंयोजक– हुकुम पोखरेल

७७ सदस्य केन्द्रीय समिति निर्माण गरेको मानव अधिकार तथा सामाजिक अभियान नेपालले साविक एमालेबाट ४५ जना र साविक माओवादीबाट ३२ जना रहेको संयोजक मीनबहादुर शाहीले खबर डबलीलाई बताएका छन् । केन्द्रीय समितिको सपथ पछि प्रदेश र जिल्ला समिति निर्माणमा लाग्ने उनले बताएका छन् । साविक एमालेबाट जिल्लाभरबाट आधिकारिक तत्थ्याङक आए पनि साविक माओवादीबाट नआएकोले समस्य भइरहेको उनले जानकारी दिएका छन् ।

७. पेशागत महासंघ नेपाल

संयोजक–विश्वनाथ प्याकुरेल, सहसंयोजक–दयाराम बस्याल

एक सय ११ सदस्य केन्द्रीय समिति बनाउनेमा दुई महासंघ सहमत भए पनि राष्ट्रिय सम्मेलनबारे संयोजक प्याकुरेलले अनविज्ञता प्रकट गरेका छन् । खबर डबलीले सम्पर्क गर्दा दुई जना सँगै चिया टेबुलमा गफ गरिरहेका उनीहरु एकता प्रकृयामा कुनै विवाद नरहेको दावी गरेका छन् । उनले प्रदेश र जिल्ला तहसम्म एकता प्रकृया टुंग्याउन राष्ट्रिय सम्मेलन पछि प्रकृया अघि बढाइने बताए । साविक एमाले निकट पेशगत महासंघले ६५ जना र साविक माओवादी निकट महासंघले ४६ जना बनाउने सहमति भएको उनले बताएका छन् ।

८. जनसांस्कृतिक महासंघ

संयोजक–खगेन्द्र राई, सहसंयोजक–सूर्य पौडेल

जनसांस्कृतिक महासंघको ७ वटा घटक सहित जम्मा सात सय ३० केन्द्रीय समिति गठन भएको छ । जसमा एक सय ५१ महासंघको सदस्य रहेका छन् । यसको संयोजकमा साविक एमालेबाट खगेन्द्र राई छन् । साविक माओवादीबाट सरल सहयात्री रहेका छन् । राष्ट्रिय भेलापछि प्रदेश समिति गठन गरेर जिल्ला र गाउँपालिका तहमा प्रवेश गर्ने उनले बताए । महासंघमा साविक एमाले निकट महासंगबाट ७८ र साविक माओवादी निकटबाट ७३ जना केन्द्रीय समिति सदस्य रहेका छन् । राईका अनुसार विधान बनिसेको र सपथ ग्रहण गरेर बाँकी एकता प्रकृया छिट्टै टुंगाउँने प्रतिक्रिया दिए ।

९.नेपाल मुस्लिम संगठन

संयोजक–सराज महमद फारुकी, सहसंयोजक–तहर हुसेन फारुकी

नेपाल मुस्लिम संघले पुष २१ गते दुई सय ५१ सदस्य केन्द्रीय कमिटिको सपथ ग्रहण सम्पन्न भएको छ । ८५ सदस्यको सचिवालय, ९ जनाको कार्यलय पहिलेदेखि रहेको थियो । साविक एमालेको तर्फबाट कार्यलयमा ५ जना र साविक माओवादीको तर्फबाट ४ जना रहेका छन् । सचिवालयमा ४८ जना पूर्वएमाले र ३७ जना पूर्वमाओवादी रहेका छन् ।

केन्द्रीय समितिमा एक सय ४३ जना पूर्वएमाले र एक सय ८ जना पूर्वमाओवादीबाट रहेको छ । केन्द्रदेखि गाउँ तहसम्म दुवै संगठनले ५७ र ४३को संख्यामा भागबन्डा गर्ने सहमति भएको संयोजक सराज महमद फारुकीले खबर डबलीलाई बताएका छन् । शुरुमा मापदण्ड नहुँदा केहि समस्या भएपनि अहिले दुवै संगठनबीच कुनै समस्या नभएको उनले बताए ।

१०. भूपू सैनिक तथा प्रहरी संगठन

संयोजक–धनबाहादुर चन्द, सहसंयोजक–जीवन बुढा

भूतपूर्व सैनिक तथा प्रहरी संगठनले दुई सय ७ सदस्य केन्द्रीय समिति निर्माण गरेको छ । जसमा साविक एमालेबाट एक सय १३ र साविक माओवादीबाट ९४ जना रहेको संयोजक धनबहादुर चन्दले खबर डबलीलाई जानकारी दिएका छन् । उनले अनुमोदनको लागि पार्टी केन्द्रमा पठाएको स्वीकृति भएपछि प्रदेश र जिल्ला तहको कमिटि गठन गर्ने बताएका छन् ।

११.उद्योग व्यवसायी महासंघ

संयोजक–लक्ष्मीदास मानन्धर, सहसंयोजक–श्याम पाठक

दुई महासंघबीचको एकता प्रकृया अन्तिम चरणमा पुगेको र पार्टी केन्द्रबाट अनुमोदन भएपछि केन्द्रीय समितिको एकता घोषणा हुने महासंघका संयोजक लक्ष्मीदास मानन्धरले खबर डबलीलाई जानकारी दिएका छन् । दुई सय एक केन्द्रीय समिति रहेको महासंघमा दुवै महासंघबाट ५०/५० को हाराहारीमा सदस्य रहेको मानन्धरले जानकारी दिएका छन् ।

कार्य समितिको त्रिखण्डिएको एक अनुसार मोडालिटी तय भएको मानन्धरले बताए । केन्द्रीय सचिवालयमा ११ वा ९ सदस्यीमध्ये कति जना रहने भन्नेमा कुनै निर्णय नभएको उनले बताए । केन्द्रीय समितिको सपथ पछि प्रदेश र जिल्ला समिति गठन हुने मानन्धरले बताएका छन् ।

१२. खेलकुद महासंघ नेपाल

संयोजक–पुरुषोत्तम पौडेल, सहसंयोजक–शिव कोइराला

केन्द्रीय समिति एक सय ८५ सदस्य रहनेगरी नामावली पार्टी सचिवालयमा पठाएको संयोजक पुरुषोत्तम पौडेलले खबर डबलीलाई बताएका छन् । पार्टी महासचिवले मिति तोकेर सपथकग्रहणको कार्यक्रम हुन्छ । केन्द्रीय समितिमा एक सय जना साविक एमालेबाट र ८५ जना साविक माओवादीबाट रहेको छ । केन्द्रको सपथ सकिएपछि प्रदेश र जिल्ला तहको एकता प्रकृया अगाडि बढाउने संयोजक पौडेलले बताए ।

१३. नेपाल भूमीहिन सुकुम्बासी संगठन

संयोजक–रामप्रित पासवान, सहसंयोजक–पदम देवकोटा

नेपाल भूमिहिन सुकुम्बासी संगठनले ९९ सदस्यी केन्द्रीय कमिटी गठन गरी पार्टी सचिवालमा पठाएको छ । महासचिव बिष्णुप्रसाद पौडेलले स्वीकृत गरेपछि सपथग्रहणको कार्यक्रम तय हुने संगठनका संयोजक रामप्रित पासवानले खबर डबलीलाई बताएका छन् । केन्द्रीय समितिमा दुवै संगठनको सहमति भएपनि प्रदेश, जिल्ला र गाउँपालिका तहमा सपथग्रहणको काम सकिएपछि विस्तार गरिने पासवानले बताए । केन्द्रीय समितिमा साविक एमालेबाट ४९ जना र साविक माओवादीबाट ५० जना केन्द्रीय समितिमा रहेको छ ।

१४. नेपाल निर्माण व्यवसायी संगठन

संयोजक–यज्ञध्वज कार्की, सहसंयोजक–शिव चौलागाई

नेपाल निर्माण व्यवसायी संगठनले ६ वटा प्रदेश समिति निर्माण गरिसकेको छ । प्रदेश एक मा समिति बन्न बाँकी रहेको संगठनका संयोजक यज्ञध्वज कार्कीले जानकारी दिएका छन् । केन्द्रीय समिति शुरुमा ९९ सदस्य रहेपनि पछि एक सय ५१ सदस्य केन्द्रीय समिति बनाएको छ । केन्द्रीय समितिमा ५०/५० को अनुपातमा समिति निर्माण भएको कार्कीले जानकारी दिएका छन् ।

प्रदेशमा साविक एमालेलाई चार र साविक माओवादीलाई ३ प्रदेशको संयोजकको जिम्मेवारी दिएको छ । सदस्यहरु जिल्लाबाट बराबरीको अनुपातमा राखेको कार्कीले बताए । साविक एमालेको भागमा प्रदेश एक, बागमती, गण्डकी, प्रदेश ५ रहेको र अन्य प्रदेश साविक माओवादीको नेतृत्व रहेको उनले बताए । जिल्लामा ६० प्रतिशत साविक एमाले र ४० प्रतिशत साविक माओवादीलाई दिएको छ । अहिलेसम्म २० जिल्ला भन्दा बढिमा जिल्ला समिति निर्माण भएको कार्कीले जानकारी दिए ।

१५. नेपाल इञ्जिनियर संगठन

संयोजक–शम्भुबहादुर श्रेष्ठ, सहसंयोजक–हरिराम पराजुली

९५ जना केन्द्रीय सदस्य रहेको नेपाल इञ्जिनियर संगठनको संयोजकमा साविक एमालेका शम्भुबहादुर श्रेष्ठ रहेका छन् । केन्द्रीय समितिमा साविक एमालेबाट ५५ प्रतिशत र साविक माओवादीबाट ४५ को अनुपादमा केन्द्रीय समिति गठन भएको सहसंयोजक पराजुलीले बताएका छन् । बाँकी एकता प्रकृया छिट्टै टुंग्याउने तयारी भइरहेको पराजुलीले जानकारी दिएका छन् ।

१६. मधेसी संगठन

संयोजक–रघवीर महासेठ, सहसंयोजकबारे टुंगो लागेको छैन्

अन्य जनवर्गिय संगठनबीच एकता प्रकृया अगाडिरहेको अवस्थामा नेकपा निकट दुई मधेसी संगठनबीच एकता अझै हुन सकेको छैन । संयोजक एवं नेकपा नेता रघुवीर महासेठले दुई संगठनबीच छलफलमै रहेको बताएका छन् । संगठनको नाम, एकता प्रकृया र मोडालिटिको सम्बन्धमा थप अध्ययन र छलफल गरेरमात्र निर्णय लिने बताएका छन् । नेकपाका नेताहरु रघुवीर महासेठ, प्रभु साह, मात्रिका यादव, रामचन्द्र झा, रामकुमार साह लगायत प्रभावशाली नेताहरुबीचको नेतृत्व टकराबको कारण पनि एकता प्रकृया अगाडि बढ्न ढिलाई भइरहेको छ ।

१७. नेपाल कानून व्यवसायी संगठन

संयोजक–रुद्र नेपाल, सहसंयोजक–डा.दीनमणी पोखरेल

नेपाल कानून व्यवसायी संगठनको केन्द्रीय समिति र प्रदेश समिति निर्माण भइसकेको र जिल्ला कमिटी बन्न बाँकी रहेको संयोजक रुद्र नेपालले खबर डबलीलाई जानकारी दिएका छन् । उनले ४५ सदस्य केन्द्रीय समितिमा र १५ सदस्य सचिवालय गठन भएको बताएका छन् ।

नवगठिक केन्द्रीय समितिमा साबिक एमालेबाट २६ जना र साबिक माओवादीबाट १९ जना सदस्य रहेका छन् । केन्द्रीय समितिकै आनुपादमा सातै प्रदेश समिति निर्माण भएको र जिल्ला समिति निर्माणमा अगाडि बढेको संयोजक रुद्र नेपालले जानकारी दिए । जिल्ला समिति गठनमा पहिलाको अनुभव, नेतृत्व क्षमताको आधारमा दुई संगठनबीच एकता प्रकृया माघ मसान्तसम्ममा टुंग्याइसक्ने योजना रहेको नेपालको भनाई छ ।

१८. अखिल नेपाल महिला संघ

संयोजक–अमृता थापा, सहसंयोजक–सीता पौडेल

सबैभन्दा जम्बो केन्द्रीय समिति रहेको संघमा ४७५ केन्द्रीय सदस्य रहेका छन् । साविक एमाले निकट महिला संगठनबाट दुई सय ६१ जना र साविक माओवादी निकट महिला संगठनबाट दुई सय १४ सदस्य रहेका छन् । संघले माघ २० वा २१ गते केन्द्रीय समिति बैठक बस्ने तयारी गरेको छ । साविक अनेमसंघले ५५ जिल्लामा दावी गरेको थियो भने साविक अनेमसंघ क्रान्तिकारीले ४५ जिल्लामा आफ्नो दावी गरेको थियो ।

अनेमसंघका सहसंयोजक सीता पौडेलले कसले कुन जिल्ला नेतृत्व लिने भन्नेमा केहि विवाद सिर्जना भएको स्वीकार गर्दै साविक अनेमसंघबाट ४३ र साविक क्रान्तिकारीबाट ३४ जिल्लाको नेतृत्व लिने सहमति भएको खबर डबलीलाई बताएकी छिन् । उनले प्रदेशमा ४ साविक अनेमसंघ र ३ साविक क्रान्तिकारीले पाउने सहमति भएको बताएकी छिन् । कुन समितिमा कति सदस्य रहने भन्नेमा सहमति नभइसकेको पौडेलले बताएकी छिन् ।

१९. प्रेस संगठन नेपाल

संयोजक–महेश्वर दाहाल, सहसंयोजक–गणेश बस्नेत

जिल्ला तहको एकता प्रकृया टुंग्याएको प्रेस संगठन नेपालले दुई सय ३५ सदस्य केन्द्रीय समिति गठन गरेको छ । लामो गृहकार्यपछि केन्द्रीय समिति टुंग्याएको संगठनले प्रदेश पदाधिकारी सहित जिल्ला संयोजकसम्मको टुंगो लागेको छ । गत हप्ता प्रधानमन्त्री निवास बालुवाटारमा संगठनको केन्द्रीय समितिले सपथ खाएको थियो ।

केन्द्रीय समितिमा एक सय २४ जना साविक प्रेस चौतारी र एक सय ९ जना साविक प्रेस सेन्टरबाट सदस्य बनेका छन् । केन्द्रीय आयोगमा अनुशासन आयोग र लेखा आयोगको गठन गरेको छ । यस्तै, भौगोलिक र गैह्र भौगोलिक गरी १० वटा प्रदेश निर्माण गरेको छ । भौगोलिकमा ७ प्रदेश र गैह्र भौगोलिकमा उपत्यका, प्रतिष्ठान र एशोसिएट रहनेछ । भौगोलिक संरचना अनुसार ७७ वटा जिल्ला समिति निर्माण गरेको छ ।

२०. नेपाल दलित मुक्ति संगठन

संयोजक–तिलक परियार, सहसंयोजक–बोमबहादुर बिश्वकर्मा

नेपाल दलित मुक्ति संगठनको एकता प्रकृया अन्तिम चरणमा पुगेको र पार्टीले अनुमोदन गर्न बाँकी रहेको सहसंयोजक बोम बहादुर बिश्वकर्माले जानकारी दिएका छन् । उनले संयोजक तिलक परिया प्रदेश प्रमुखको जिम्मेवारी पाएपछि नयाँ संयोजक ल्याउन पार्टीले निर्णय गर्नुपर्ने भएकोले एकता प्रकृया केहि लम्बिने बताएका छन् । केन्द्रीय समितिको संख्या तोक्न दुवै संगठन सहमति नजिक रहेको छ । औपचारिक घोषणा हुनमात्र बाँकी रहेको छ । पार्टीले कति संख्या तोक्छ त्यसपछि मात्र सपथको तयारी हुने सहसंयोजग बोमबहादुर बिश्वकर्माले खबरडबलीलाई बताएका छन् ।

२१.आदिवासी जनजाति महासंघ

संयोजक–सुरेश आलेमगर, सहसंयोजक–शेरबहादुर तामाङ

दुई वटा महासंघको एकता प्रकृया टुंगिएको छ । ४० वटा घटकको एकता प्रकृया टुंगाउन बाँकी रहेको संयोजक सुरेश आलेमगरले खबर डबलीलाई बताएका छन् । उनले संघ अन्तर्गत लिम्बु, मगर र धिमालको एकता प्रकृया सकिइसकेको र ३९ वटा घटकको एकता टुंगिन बाँकी रहेको बताए । उनले दुई महासंघबीचमा केहि मतभेद भएर एकता प्रकृया लम्बिएको स्वीकार गर्दै अब त्यस्तो नहुनेमा आशा व्यक्त गरेका छन् । दुई सय ६१ सदस्य केन्द्रीय समितिमा एक सय ३९ साविक एमाले र एक सय २२ साविक माओवादीबाट रहेका छन् । केन्द्रीय समितिको बैठकपछि प्रदेश र जिल्ला समिति निर्माण हुने संयोजक मगरले बताएका छन् ।

२२. नेपाल अपाङ्ग संगठन

संयोजक–ईन्द्रमाया गुरुङ, सहसंयोजक–रामप्रसाद ढुंगाना

एकता घोषणा सभाको तयारी अन्तिम चरणमा पुगेको र राष्ट्रिय सभाको चुनावको कारण पार्टी महासचिवले केहि समय धकेल्न आग्रह गरेपछि एकता घोषणा सभा स्थगित भएको सहसंयोजक रामप्रसाद ढुंगानाले खबर डबलीलाई जानकारी दिएका छन् । ६९ जनाको केन्द्रीय समिति रहेको यस संगठनमा ४२ जना साविक एमाले र २३ जना साविक माओवादी रहेको उनले बताएका छन् । प्रदेशमा अन्तिम नामावाली सार्वजनिक गर्न बाँकी रहेको र घोषणा सभापछि जिल्ला समिति निर्माण गर्ने तर्फ लाग्ने ढुंगानाले बताए । सात प्रदेशमध्ये ४ साविक एमाले र ३ साविक माओवादीले लिएका छन् ।

२३.प्रवासी नेपाली एकता मञ्च भारत

संयोजक–लोकनाथ भण्डारी, सहसंयोजक–ईश्वरी भण्डारी

तत्कालिन नेकपा एमाले निकटको प्रवासी नेपाली संघ भारत र माओवादी केन्द्रनिकटको अखिल भारत नेपाली एकता मञ्चबीच एकता भएर प्रवासी नेपाली एकता मञ्च भारत जन्मिएको हो । एकता मञ्च भारतको संयोजक र सहसंयोजक तय भएको भएपनि अन्य पदाधिकारीको बारेमा भने टुंगो लाग्न सकेको छैन् ।

माघ पहिलो दोस्रो सातामात्रै प्रवाशी नेपाली एकता मञ्चका संयोजक लोकनाथ भण्डारी र सहसंयोजक ईश्वरी भण्डारीले पार्टी अध्यक्षद्वयलाई भेटेर एकता प्रक्रिया टुंगोमा पुर्याइदिन आग्रह गरेका छन् । एकता प्रक्रियामा पार्टी नेतृत्वले प्रभावकारी ढंगले निर्देशन दिन नसकेको गुनासो दुवै भण्डारीको छ । अत्याधिक नेपाली बस्ने भारतमा बिस हजारभन्दा बढि नेकपाका सक्रिय सदस्यहरु छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy