काठमाडौँ । ओमानले क्रिकेट विश्वकप लिग २ खेलमा नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा बुधबार बिहान सुरु भएको खेलमा टस जितेर फिल्डिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ९७ रन बनाएको हो ।
कप्तान ज्ञानेन्द्र मल्लले टस जितेपछि ब्याटिङमा आएको ओमानबाट मोहम्मद नदिमले सर्वाधिक ६९ रन बनाए । ९६ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । अर्का अविजित ब्याट्सम्यान बिलाल खानले ८ रन बनाए ।
ओमानबाट अन्य खेलाडीमा जतिन्दर सिंह ४, खावर अली ५, अकिब इलयास १६, सन्दीप गौड ३३, बादल सिंह ५, नसिम खुशी २८ र कलिमुल्लाह १ रन बनाई आउट भए ।
ओमानका लागि मोहम्मद नदीमले अद्र्धशतकीय पारी खेलेका थिए । उनले ६९ रन बनाए । त्यस अतिरिक्त सन्दीप गौडले ३३, मुहम्मद नसिमले २८, जसिम मकसुदले २० र अकिब इल्यासले १६ रन बनाए ।
बलिङतर्फ नेपालका सुशन भारी किफायती साबित भए । उनले १० ओभरमा १४ रनमात्र खर्चिएर तीन विकेट लिए । ‘विकेट टेकर’का रुपमा करण केसी प्रभावशाली रहे । उनले चार विकेट हात पारे । दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे ।
नेपालले घरेलु मैदानमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेको हो । लिग २ मा नेपालको यो पहिलो खेल हो भने ओमानले ८ खेल खेलिसकेको छ । ओमान ४ जितका साथ ७ राष्ट्र सहभागित प्रतियोगिताको चौथो स्थानमा छ ।
नेपालले सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: