काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चीनको वुहान प्रान्तबाट फैलिएको नोभेल कोरोना भाइरस विश्वव्यापी प्रभाव पारिरहेको भन्दै प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कोमल ओलीले विश्वभर फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको नेपालमा कस्तो अवस्था छ ? भनेर प्रश्न गरे । चीनको प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई उद्धार गरेर फिर्ता ल्याउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै उनले भने, “चीनबाट नेपाली ल्याइँदै छ भने सरकारले उनीहरुलाई कहाँ र कसरी राख्ने व्यवस्था गरेको छ ?”
नेकपाकै कमलाकुमारी ओलीले कोरोना भाइसरको सङ्क्रमण बढिरहेको अवस्थामा वुहानमा रहेको नेपाली विद्यार्थी ठूलो तनावमा रहेको भन्दै तत्काल उच्चस्तरीय पहल गरी उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइन् । “कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपाली विद्यार्थी निकै आत्तिएको अवस्था छ”, उनले भनिन्, “उनीहरु अलपत्र परेका छन्, तत्काल प्रभावित क्षेत्रमा फसेका नेपालीको तथ्याङ्क निकालेर उद्धार गरोस् ।”
यता सरकारले भने प्रभावित क्षेत्रमा रहेका नेपालीलाई उद्धार गरेर नेपाल ल्याउने तयारी गरिरहेको छ । सरकारले स्वास्थ्य मन्त्रालय मातहत रहने गरी ३०० श्ययासम्मको अस्पताल बनाउने र भविष्यका लागि यस्ता जोखिमबाट बच्नका लागि छुट्टै अस्पताल बनाउने तयारीमा जुटेको छ ।
मङ्गलबारको प्रतिनिधिसभा बैठकमा पनि सांसदहरुले कोरोना भाइरसले नेपालमा पनि सङ्क्रमणको रूप लिन सक्ने भएकाले सम्पूर्ण तयारी गरी सचेत हुन सरकारको ध्यानाकर्षण गराएका थिए । नेपालमा कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म नदेखिएको र सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको छ । नेपाल कोरोना भाइरसलाई प्रवेश गर्नै नदिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा दुईपटक बैठक बसेको र स्वास्थ्यमन्त्री ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल बनेको छ ।
चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा तथा विश्वका २३ मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा अहिले १७ हजार ३५१ मा सो भाइरस देखिएको छ । त्यसमध्ये १७ हजार चीनकै नागरिकमा सो भाइरस देखिएको छ ।
नेकपाकै उदया शर्मा पौडेलले सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकलाई भाडादरमा छुट दिने व्यवस्था कार्यान्वयनमा आउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । राजधानीभित्रै चल्ने सवारीसाधनमा ज्येष्ठ नागरिकले सुविधा पाउन नसकेको यथार्थ सुनाउँदै उनले कतिपय सार्वजनिक सवारीसाधानमा आरक्षण सिटसमेत हटाइएको पाइएको बताए ।
“ज्येष्ठ नागरिक देशका गहना, सम्मानित व्यक्तित्व र जीवित इतिहास हुन्”, उनले भने, “ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा सुविधा प्राप्त गर्न सकेका छैनन्, राजधानीमै सुविधा नपाएका ज्येष्ठ नागरिकले मुलुकको अन्य भूभागमा के सहुलियत पाएका छन् त रु”
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: