Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

पार्टीभित्र झाँगिएको भ्रष्ट प्रवृत्तिलाई सरकारले नै हस्तक्षेप गर्नुपर्छ

\"\" अनुशासन आयोग भनेको नेकपाभित्र अधिकार सम्पन्न आयोग हो । केन्द्रीय समितिले निर्णय गरेर अधिकार त्यसलाई दिएको छ । यसले सबै केन्द्रीय सदस्हरूको सम्पत्तिको बिवरण माग गर्ने र छानविन गर्न सक्नुपर्छ । अध्यक्ष प्रचण्डले पनि छानविनको शुरूवात सचिवालयबाटै गर्ने भन्ने सम्मको निर्णय गर्नुभएको छ । यो राम्रो पक्ष हो । सम्पत्तिको छानविन गर्ने विषय केन्द्रीय समितिमा अनेक हिसाबले आएको छ । ०४६ सालको परिवर्तनपछि नेपालको उच्चपदस्तमा रहेर काम गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने कुरा उठेको छ । पार्टीभित्र विधान बमोजिम अध्ययन, अनुसन्धान गरी बैधानिक प्रकृयाबाट गरिएने कारवाही एउटा पाटो हो । त्यो पार्टीभित्रको अनुशासनलाई बलियो बनाउनको लािग गरिने विषय हो । तर, मुलरूपमा सरकारको तर्फबाट कारवाही र देशमा सुशासनको प्रत्याभुति गर्न भ्रष्टाचार नियन्त्रण सम्बन्धित संयन्त्रको बढि आवश्यक पर्छ । पार्टी संचालनदेखि राज्यका उपल्लो निकायसम्म पुगेको व्यक्तिहरूलाई आर्थिक, नैतिक, अनुशासित बनाउन राज्य संयन्त्रमा भर पर्छ । राज्य कस्तो हुने ? सरकार कस्तो हुने ? राज्यका विभिन्न निकायमा बसेर काम गरेका व्यक्तिहरूको जीवन शैली कस्तो हुने ? कसरी जनपक्षिय बनाउने भन्ने कुरा त्यो देशमा रहेका पार्टी कस्तो छ ? कार्यशैली कस्तो छ ? उसको आन्तरिक जीवन कस्तो छ ? मानिसको जीवनशैली कस्तो छ ? त्यसमा भर पर्छ । मैले सधै जोड दिने कुरा समाजवाद ल्याउन पहिले पार्टी समाजवादी हुनु जरूरी छ । भ्रष्टाचार उल्मुलनको लागि पहिले पार्टी भ्रष्टाचार विरोधी हुनुपर्छ । त्यसको लागि पार्टीभित्र नेता तथा कार्यकर्ता कोहि पनि भ्रष्टाचारजन्य कार्यमा संलग्न नभएको हुनु जरूरी छ । पार्टीको आन्तरिक जीवन पारदर्शी, सुशासनमा अडिक हुनुपर्छ । त्यसलेमात्र पार्टी स्वच्छ हुन्छ । जनपक्षिय हुन्छ । राष्ट्रिय हितमा प्रतिवद्व हुन्छ । अनिमात्र त्यस्ता पार्टीले चलाएको सरकारपनि सबैको प्रिय हुन्छ । अहिले समाजमा पूँजीवादी संस्कृति डरलाग्दोरूपले झाँङ्गिदै गइरहेको छ । पूँजीवादबाट प्रभावित भएको जुन जीवन शैली छ, त्यसले समाजलाई भ्रष्टिकरणतर्फ लगिरहेको छ । मानिसमा भ्रम के छ भने धनी नभइ न सम्पन्न भइन्छ, नत मानसम्मान पाइन्छ । समाजमा जतिसुकै राम्रो काम गरेपनि धनीका अगाडि ओझेलमा पर्ने जुन खालको वाताबरण हुर्किदै गएको छ, त्योे दलाल नोकरशाही प्रभावको कारणले भएको हो । त्यसकारण कम्युनिष्ट त्यो प्रवृत्तिको विरूद्व लड्दै आएको पार्टी हो । दलाल पूँजीवाद, नोकरशाही र भड्किलो जीवनशैलीको विरूद्व सफल हुन पनि कम्युनिष्ट पार्टी जनपक्षिय हुन जरूरी रहेको छ । पार्टीलाई सुद्विकरण गर्न पहिला पार्टी संचालनमा रहेका व्यक्ति पार्टीनिष्ट, सिद्वान्तनिष्ट, उच्च नैतिकवान हुन जरूरी छ । नेकपा विचार प्रधान पार्टी भएकोले विचारमा स्पष्ट हुने, विचारलाई आत्मसात गर्ने हुनु पर्छ । अर्को व्यक्तिलाई संगठनात्मक पद्वतिभित्र आवद्व गरेर विधि, विधान र अनुशासन कायम राख्दै आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनु पर्छ । त्यहाँ हेरक व्यक्तिहरूलाई मनमा लागेको भन्न पाउने सुनिश्चितता हुनुपर्छ । निर्णय भइसकेपछि निर्णयको कार्यान्वयन हुनुपर्छ । पद्वतिबाट अगाडिबाट बढेको पार्टीलेमात्र पार्टीभित्र अनुशासन कायम गर्न सक्छ । देशमा पनि सुशासन कायम गर्न सक्छ । जब पार्टीभित्र अनुशासन कायम हुन्छ, त्यसले गति लिन्छ । त्यसैले व्यक्तिलाई उच्च नैतिकवान बनाउन पार्टीको सुव्यवस्थित संचालनबाट हुन्छ । यस विषयमा केन्द्रीय समितिमा व्यापक छलफल र बहस भएको छ । त्यसको लागि हामीले तीन महिने अभियान संचालन गरेका छौं । त्यसभित्र पार्टी स्कुललाई अझ प्रभावकारी बनाउने, नेतृत्वलाई प्रभावकारी बनाउने, सामूहिकतालाई जोड दिने, पार्टीको नेताको नेतृत्वमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई मजबुद बनाउने दायित्व हामीलाई छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies