Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

जलवायु न्यूनीकरणमा अझ बढी बहस हुनुपर्नेमा रक्षामन्त्री पोखरेलको जोड

काठमाडौ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनको असर नेपालमा अधिक परिरहेको बताउँदै त्यसका कारण र प्रभावका साथै जलवायु अनुकूलन र न्यूनीकरणमा अझ बढी बहस हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय, क्षेत्रीय, अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आगामी चैतमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्वतयारीका सन्दर्भमा आज राजधानीमा आयोजना गरेको सगरमाथा राष्ट्रिय संवादको उद्घाटन गर्दै उनले हाम्रा हिमाल, जीवन पद्धति र पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनका कारण सङ्कटमा परेका यथार्थ सुनाए ।

जलवायु परिवर्तनले परेका असर र प्रभावलाई घटाउन तथा अनुकूलनका लागि उत्थानशीलताको क्षमता अभिवृद्धि हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले नेपाललगायत अतिकम विकसित राष्ट्र जलवायु परिवर्तनको जोखिममा रहेका बताए । उनले भने, “जलवायु परिवर्तन गर्नमा विकसति राष्ट्रहरू जति जिम्मेवार छन्, नेपालजस्ता अति कम विकसित राष्ट्रहरूको भूमिका खासै छैन तर यिनै अतिकम विकसित राष्ट्र जलवायु परिवर्तनको बढी मारमा परेका छन् ।”

आगामी चैत २० देखि २२ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवादको मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ रहेको सन्दर्भमा जलवायु परिवर्तन र त्यसका असरका विविध पक्षमा चर्चा गर्दै उनले पर्वतीय राष्ट्र नेपाल हिन्दूकुश क्षेत्रमा रहेको र विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमशृङ्खलामध्ये आठवटा नेपालमा रहेकाले नेपालीको शिर गर्वले उच्च रहेको भन्दै तिनलाई जलवायु परिवर्तनका दुष्परिणामबाट जोगाउन अपरिहार्य भएको बताए ।

उनले भने, “नेपाल र नेपालीको परिचयलाई संसारमा उच्च बनाएका हिमालयले पृथ्वीको सतहलाई चिसो बनाइराख्न, जलचक्रलाई नियमन गर्न र वनस्पति, वन्यजन्तु तथा समग्र मानव जातिलाई आवश्यक अनुकूलित हुनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।” हरितगृह ग्यास उत्सर्जन र तापक्रममा आएको वृद्धिले हाम्रा हिमशृङ्खला पग्लिन थालेका मात्र नभई सामाजिक र प्राकृतिक पद्धति खल्बलिइरहेको वास्तविकता औँल्याउँदै उपप्रधानमन्त्री पोखरेलले विगत ३० वर्षमा नेपालको तापक्रम शून्य दशमलव छ डिग्री सेल्सियसले बढेको वैज्ञानिक प्रतिवेदन उद्धृत गर्दै बताए ।

हरितगृह ग्यास उत्सर्जन, पृथ्वीको तापक्रममा आएको अप्रत्याशित वृद्धिले हिउँ पग्लने, हिमताल बन्ने, हिमताल फुट्ने जोखिम बढेको देशका केही भागमा पानीको अभावले खडेरी र मरुभूमिकरण बढेको विगतमा हराभरा पहाडी बस्तीमा खानेपानीको अभावले बसाइँसराइ गर्नुपर्ने बाध्यता थपिएको बर्खायाममा हुने अतिवृष्टिले पहाडमा बाढी र पहिरोको प्रकोप बढेको र तराईमा डुबानले आक्रान्त पारेको भन्दै उनले जलवायु परिवर्तनका नकारात्मक असरसँग सामूहिकरुपमा जुध्नुपर्ने बताए ।

उपप्रधानमन्त्री पोखरेलले भने, “जलवायु परिवर्तनको प्रत्यक्ष असर वनस्पति, जैविक विविधता, तालतलैया, पोखरी र नदी प्रणालीमा परेको छ, खाद्य सुरक्षा र पानीको अभावमा मानिसहरु आफ्नो थातथलो छोडेर बसाइँसराइ गर्नाले देशको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको छ ।”

सरकारले जलवायु परिवर्तनको क्षेत्रमा भोगेका समस्या हल गर्न राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६ स्वीकृत गरेको, उक्त नीतिमा कृषि र खाद्य सुरक्षा, वन, जैविक विविधता र जलाधार, जलस्रोत र ऊर्जा, प्राकृतिक र सांस्कृतिक सम्पदामा आधारित पर्यटन, ग्रामीण र शहरी बस्ती, भौतिक पूर्वाधार, उद्योग र यातायात, खानेपानी र सरसफाइ, जलवायुजन्य प्रकोप व्यवस्थापनसहित आठवटा आयामलाई समावेश गरेको जानकारी दिए।

जलवायु परिवर्तनसँग लैङ्गिक समानता, सामाजिक समावेशीकरण, जनचेतना र क्षमता अभिवृद्धि, अध्ययन अनुसन्धान एवं प्रविधि विकास, जलवायु वित्तलगायत विषय अन्तर सम्बन्धित रहेका बताउँदै उनले समाजले भोगेका सबै प्रकारका जलवायु परिवर्तनका समस्या र तिनको समाधानका उपायबारे राष्ट्रिय संवादमा गहन छलफल हुने विश्वास व्यक्त गरे । जलवायु परिवर्तन साझा समस्या भएकाले नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्दा साझा तर क्षमताको आधारमा अलगअलग जिम्मेवारी बहन गर्ने गरी अगाडि बढ्नुपर्ने टड्कारो खाँचो पनि उपप्रधानमन्त्री पोखरेलले औँल्याए ।

डोजर संस्कृतिको नियमन गरौँ

जलवायुमैत्री विकास दिगो र भरपर्दो हुने, विकास र वातावरणबीचको समन्वयमार्फत दिगो विकासका लक्ष्य प्राप्त गर्नु नेपालको आवश्यकता र दायित्व भएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले जता मन लाग्यो उतै बाटो खन्ने डोजर संस्कृतिका बारेमा पनि नियमन गर्नु अनिवार्य नै भइसकेको छ भने ।

उद्घाटन सत्रका सभापति परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रत्येक दुई वर्षमा आयोजना गरिने पहिलो संस्करणको संवादको औचित्य, महत्व र आवश्यकताबारे जानकारी दिँदै त्यसमा नेपालले समेत सामना गर्नु परिरहेका वातावरणीय, सामाजिक, आर्थिक, सांस्कृतिक, प्राविधिक, जनजीवनलगायत विश्वव्यापी चासोका मामलाहरू एवं समस्याबारे सघन छलफल गरिने बताए । मुलुकलाई अतिकम विकसित राष्ट्रको सूचीबाट चाँडोभन्दा चाँडो बाहिर निकाल्न सबैको साझा प्रयास जरुरी भएको बताउँदै उनले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य भेट्नुछ भने ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE