Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

बुहानमा रहेका विधार्थीका अभिभावकको आक्रोश : अन्य देशसँग सहयोग माग्न बाध्य नपारियोस

काठमाडौं । विश्वभर त्रास फैलाइरहेको नोवल कोरोना भाइरसबाट चीनमा ज्यान गुमाउनेको संख्या हजार नागिसकिएको छ । सोमबारमात्रै यस भाइरसबाट एक सय ३ जनाको मृत्युभएको छ । अहिले चीनमा मात्रै ४२ हजार दुई सय बढि नागरीक कोरोना भाइरसबाट संक्रमिण देखिएको छ । चीनमा अस्वभाविकरुपमा फैलिरहेको भाइरसबाट बच्न संसारभर कडा निगरानी अपनाइरहेका छन् ।

छिमेकी भारतलेसमेत आफ्ना नागरिकलाई सुरक्षितरुपमा स्वदेश फर्काइसकेको छ । तर, नेपाल सरकारले कोरना भाइरस संक्रमणको ‘इपिसेन्टर’ वुहानमा फसेका करिब एक सय ८५ जना आफ्ना नागरिकलाई उद्धार गर्न पहल नगरेको भन्दै आफन्तहरुले आक्रोस पोखेका छन् ।

ती मध्ये अधिकाँश विद्यार्थी रहेका उनीहरु अहिले आफ्नै अपार्टमेन्ट र कोठामा कैद भएका छन् । आफ्नै मुलुक फर्किन विभिन्न संचारमाध्यम, सामाजिक सज्जालमार्फत सरकारसँग सहयोगको अपिल गरिरहेका छन् ।

सरकारले वुहानमा फसेका नागरिकहरुलाई उद्वार गर्न हवाईजहाज तयारी अवस्थामा रहेको भनिए पनि अहिलेसम्म एकजनालाई पनि उद्दार गर्न सकेको छैन । पर्यटन तथा नागरिक तथा उढ्डययनमन्त्री योगेश भट्टराईले नागरिकको उद्दारको लागि फागुन तीन गते चीनतर्फ वाइड बडि जहाज पठाउन लागिएको बताएका छन् । चीनमा पढ्न गएका विद्यार्थीका अविभावकहरुले तत्काल आफ्ना छोराछोरीलाई स्वदेश फिर्ता नल्याए विदेशीसँग सहयोग माग्ने सरकारलाई चेतावनी दिएका छन् ।

चीनमा हाम्रा छोराछोरी त्रासदीमा बाँचिरहेका छन्, यता सरकारले हाम्रो आवाज कहिले सुन्छ ?


चीनमा अध्ययनरत विद्यार्थीकी अभिभावक सोमिला कक्षपतीले कोरोना भाईरसबारे नै आम मानिसहरुमा सही जानकारी नभएको स्पष्ट पारिन् । उनले भनिन्,‘यसको उपचार कहीँ पनि छैन् । चीनमा रुघोखोकी र निमोनियाको बेग्लै–बेग्लै उपचार गरिन्छ । हाम्रो पनि त्यही गर्ने हो । यो भाईरस हावाबाट सर्दैन् भनेर भनिसकिएको छ । र, चीनमा रहेका नेपालीहरु कोहीपनि यो भाइरसबाट संक्रमित छैनन् ।’

नेपाल सरकारले नेपालीहरुको उद्धारको लागि जतिसक्दो चाँडो कदम चाल्नुपर्ने उनको भनाई छ । उनले भनिन्,‘भारतले आफ्ना नागरिकहरुको उद्धार गरिसकेको छ । उसले टेन्टमा राखेको छ । बंगलादेशले तन्नामा राखेको छ ।’ नेपाल सरकारले फागुण ३ गते जहाज पठाउने कुरा गरेको मिडियामार्फत थाहा भएपनि यसबारेमा सरकारले आधिकारिक रुपमा केही जानकारी नदिएको उनको गुनासो छ ।

उनले भनिन्,‘हामी त दुई हप्तादेखि पर्खिरहेका छौं । अहिलेसम्म कुनै पहलकदमी सरकारको तर्फबाट भएको छैन् । हामी अभिभावक र उता हाम्रा आफन्तहरु दुवैतिर त्रासदीपूर्ण जीवन जिउन बाध्य भैरहेका छौं । सरकारले हाम्रो आवाज कहिले सुन्छ ?’ वर्तमान सरकार अत्यन्तै कमजोर भएको भन्ने आफूहरुलाई अनुभुति भएको उनको आरोप छ । उनले एक दुईदिनभित्रै आफ्ना आफन्तहरुको उद्धार गर्न सरकारलाई आग्रह गरिन् ।

बाध्य भएर अरु देशलाई गुहार्न नपरोस सरकार

यस्तै, अर्का अभिभावक रमेश बहादुर सिंहले पनि सरकारले उद्धारको लागि ठोस पहल नगरेको गुनासो पोखे । उनले भने,‘हामीले मन्त्रीहरुलाई भेट्यौं । उहाँहरुले सहानुभि देखाउने र दुःखी छौं भनेरमात्रै हुँदैन्, उद्धार गर्नुपर्यो । मलाई अहिले तिर्खा लागेको छ, दश वर्षपछि पानी दिएर हुन्छ ? अहिले हाम्रा सन्तानहरुको चीनमा यस्तै अवस्था छ । उनीहरुको कुरा सुन्दा हृदय काँप्छ । कहिले उद्धार गर्नुहुन्छ ? हामीलाई भनेर उताबाट रोदन आईरहेको छ ।’
सिंहले नेपाल सरकारले यतिका दिन बितिसक्दापनि किन ठोस कदम नचालेको होला ? भन्दै प्रश्न गरे ।

उनले चेतावनी दिँदै भने,‘भोलि यस्तो दिन नओस्, हामी त अझैपनि आफ्नो सरकारप्रति भरोशा गरेर बसेका छौं । तर, हुँदै भएन भने मर्ता तो क्या नहीँ कर्ता ? भनेझैं मजबुरी भएर हामीले अरु देशलाई घुहाउर्नु नपरोस् । यदि अरु देशलाई घुर्हादा नेपालको नाक कहाँ रहन्छ ?’
आफ्ना सन्तानको पीडा सुन्दा भक्कानो फुटेर आउँछ


यस्तै, अभिभावक लीलादेवी भट्टराईले पनि आफ्ना सन्तानहरु ठूलो पीडामा रहेको सुनाईन् । उनले भनिन्,‘चीनमा रहेका हाम्रा नेपालीहरुको जस्तो दुःख अरुले भोग्न नपरोस् । सरकारले जति ढिलो गर्छ, त्यति नै त्यहाँ रहेका नेपालीहरुमा संक्रमण हुने डर छ । तरुन्त नेपाल झिकाउन पहल गर्नुपर्छ ।’ उनले आफूहरु पीरमा बसेको विलौना गरिन् । उनले भनिन्,‘उताको पीडा सुन्दा भक्कानो फुटेर आउँछ ।’

यस्तै, चीनमा एम.डी. अध्ययनरत अमित श्रीवास्तवकी श्रीमती पल्लवी श्रीवास्तवले पनि नेपाल सरकारले कहिले उद्धार गर्ने हो ? त्यो कुरा मौखिक रुपमा नभई लिखित रुपमा सार्वजनिक गर्नुपर्ने माग गरिन् । उनले भनिन्,‘सरकारले उद्धार गर्ने भनेर त भनेको छ, तर यो समाचारमा कुनै विश्वास छैन् । त्यसैले सरकारले लिखित रुपमा दिनुपर्यो ।’

त्यस्तै, अर्का अभिभावक वसन्त भण्डारीले सरकारले आफूहरुको विलौना नसुनेकोमा आक्रोश पोखे । नेपालमा बस्ने अभिभावकहरुसमेत अहिले भयावह अवस्थामा रहेको उनको भनाई छ । आफ्ना आफन्तहरुलाई संक्रमण नहुँदै नेपाल फर्काउनुपर्ने उनको माग छ । उनले चीनमा रहेका नेपालीहरुलाई २४ घण्टाभित्र उद्धार गर्न सरकारलाई अल्टिमेटमसमेत दिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy