काठमाडौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.११ विन्दुले बढेर आज एक हजार ३४१.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.७५ ले बढेर २८५.३७ मा पुगेको छ । नेप्से उकालो लाग्दा त्यसको प्रभाव कारोवार रकममा समेत परेको छ । कूल १७५ कम्पनीको ३९ लाख ९६ हजार ८७७ कित्ता शेयर रु एक अर्ब ५३ करोड २२ लाख ५० हजार ४४० मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ ।
सो उपसमूह १०.६७ ले घट्दा बैंकिङ १४.४८, होटल १.५६, विकास बैंक १८.६४, जलविद्युत् ९.८९, वित्त २.९१, निर्जीवन बीमा ९३.४७, उत्पादन २०.२६, अन्य ६.३९, लघुवित्त ७०.२२, जीवन बीमा ५३.२६ र सामूहिक लगानी कोष ०.१६ ले बढेको छ । कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १५ करोड दुई लाख १२ हजार ४५ मूल्य बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।
यस्तै एनआइसी एशिया बैंक रु ११ करोड २३ लाख २० हजार ३०२, सिभिल बैंक रु आठ करोड ३४ लाख १० हजार २१८, छिमेक लघुवित्त विकास बैंक रु पाँच करोड ३३ लाख ५० हजार ८३४, नागरिक लगानी कोष रु पाँच करोड २२ लाख ८२ हजार ९२६ र स्वरोजगार लघुवित्त विकास बैंकको रु तीन करोड ४९ लाख २२ हजार ६६४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार कालिका पावर १०, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ९.८३, नेपाल हाइड्रो डेभलपमेन्ट ७.५०, लक्ष्मी लघुवित्त वित्तीय संस्था ६.३४, स्वरोजगार लघुवित्त विकास बैंक ६.१८ र दिव्यश्वरी हाइड्रोपावर का लगानीकर्ताले ५.८८ प्रतिशतले कमाए । त्यस्तै, युनियन हाइड्रोपावर ५.०८, सेन्ट्रल फाइनान्स ४.०८, रिलायन्स फाइनान्स ३.३५, साल्ट टे«डिङ कर्पोरेशन २.०५, बोटलर्स नेपाल तराई १.९९ र रैराङ हाइड्रोपावरका शेयरधनीले १.९२ प्रतिशतले गुमाए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: