काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नेतृ एंव सांसद डा. डिला संग्रौला पन्तले व्यापारिक समुह यतिलाई राज्यको सम्पत्ति कौडीको भाउमा दिइएको प्रति प्रश्न उठाएकी छिन् । उनले यति समुह र सरकारको सम्बन्धबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताइन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले यति समुहसँग सती जान लाग्नुको कारण माग गरिन । उनले भनिन्, “यतिसँग सती जानु सरकारको के कारण हो ? सरकारले एउटा व्यापारी समुहलाई राज्यको साह्रै सम्पत्ति जिम्मा लगाउनु तात्पर्य के हो ? प्रधानमन्त्रीको जवाफ चाहन्छु ।”
सांसद पन्तले यति र सरकारबीचको सम्बन्ध राष्ट्रकै लागि लज्जाको विषय बनेको बताइन् । उनले नेपाल ट्रष्ट ऐन नै परिवर्तन गरेर यति समुहलाई सरकारी सम्पत्ति सम्पनु सिधा सिधा नीतिगत भ्रष्टाचार बाहेक केहि नभएको बताइन् ।
उनले भनिन्,“ यति आतंक राष्ट्रकै लागि लज्जाको विषय बनेको छ । नेपाल ट्रष्ट ऐन परिवर्तन गरेर यति समुहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुले सरकार नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन दिएको प्रष्ट छ ।”
पन्तले चीनमा रहेका नेपालीलाई उद्धार गर्नप्रति सरकारले वेवास्ता गरेको भन्दै दुःखेसो पोखिन् । उनले राष्ट्रमा समस्या भईरहँदा प्रधानमन्त्रीले मुरली बजाएर रमाउनु लज्जाको विषय बनेको बताइन् । “कर्णालीमा सिटामोल अभावले ९ जनाको ज्यान गएको छ। महंगी बढेको छ। चीनमा नेपालीहरू उद्धारको याचना गरिरहेका छन्,’ उनले भनिन्, ‘प्रधानमन्त्री मुरलीको धुनमा हुनुहुन्छ। म सोच्ने गर्छु चीनमा अलपत्र दुरदराजका नागरिकले प्रधानमन्त्रीको संगीतमय नयाँ अवतार कसरी हेरे होलान् ? उनीहरूलाई कति लाज लाग्यो होला ?’
पन्तले गरेको सम्बोधन
सभामुख महोदय, यति आतंक राष्ट्रकै लागि लज्जाको विषय बनेको छ । नेपाल ट्रष्ट ऐन परिवर्तन गरेर यति समुहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुले सरकार नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन दिएको प्रष्ट छ । नेपाल ट्रष्ट ऐनले भाडामा लगाएको ३ हजार रोपनी जग्गा मध्ये गोकर्ण, ताहाचल, दरबारमार्गको २ हजार ७९९ रोपनी जग्गा यति समुहलाई दिएको छ । पाँच अरब रुपैयाँ नोक्सान हुने गरि दरबारमार्गको जग्गा यति समुहलाई किन दिइयो ?
पाथीभराको ३८० रोपनी जग्गा ८० वर्षको लागि सित्तैमा दिइनु, धरानमा विमानस्थल बनाउने प्रचार गरेर यति समुहले २८ हजार रुपैयाँका दरले किनेर सरकारलाई ३० लाख प्रतिकठ्ठाका दरले बेच्न लाएको विषय र शिवपुरी राष्ट्रिय निकुञ्जको २१६ रोपनी जग्गा वार्षिक ४० हजारमा के नियतले दिइयो ? यतिसँग सती जानु सरकारको के कारण हो ?
सरकारले एउटा व्यापारी समुहलाई राज्यको साह्रै सम्पत्ति जिम्मा लगाउनु तात्पर्य के हो ? प्रधानमन्त्रीको जवाफ चाहन्छु । साथै पाँच वर्षअघि न्यारोबडि जहाज खरिद गर्दा ४ करोड २८ लाख घुस लिएको विषयको वास्तविकता के हो ? जवाफ चाहियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: