काठमाडाैं । बितेका छ महिनामा निर्यातमा वृद्धि र आयातमा कमी आएका कारण व्यापार घाटामा क्रमशः सुधार हुँदै गएको छ भने चालु खाता घाटा आधा भएको छ । भुक्तानी सन्तुलन स्थिति पनि सुदृढ हुँदै गएको छ ।
विदेशी तथा आन्तरिक लगानी प्रतिबद्धतामा उत्साहप्रद वृद्धि हुँदै गएकाले समग्र वित्तीय प्रणालीमा स्थायित्व कायम भएको छ भने वित्तीय सेवाको पहुँचमा पनि केही विस्तार भएको छ । नयाँ कानून र विधि निर्माणपछि सरकारी वित्त व्यवस्थामा सुधार, आयातमा आएको ह्रास र नयाँ राजश्व प्रणालीप्रति व्यवसायीहरू अभ्यस्त हुन समय लागेकाले आयातबाट प्राप्त हुने राजश्व अपेक्षाकृत सङ्कलन हुन सकेको छैन भने समग्र बजेट कार्यान्वयनको गतिमा अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार पनि हुन नसकेको अर्थमन्त्री युवराज खतिवडाले स्वीकार गरेका छन् ।
चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा आज आफ्नै मन्त्रालयमा प्रस्तुत गर्दै खतिवडाले विगत दुई वर्षदेखिको निरन्तर सुधारको प्रयासले समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक हुँदै गएका तथा आर्थिक वृद्धिदर उच्च रहँदै आएको र मुद्रास्फीति निश्चित सीमाभित्र नै रहेको दाबी गरे ।
बाह्य सहायता परिचालनतर्फ दातृ निकायको प्रतिबद्धता र बजेट सहयोग उत्साहजनक रूपमा बढ्दै गएको, लगानीमैत्री कानूनहरूको निर्माण र पारदर्शी एवं उद्योगमैत्री राजश्व नीतिका कारण निजी क्षेत्रको व्यावसायिक विस्तार भएको बताउँदै उहाँले केही खाद्यान्नबाहेक कृषि क्षेत्रमा भएको वृद्धि, औद्योगिक उत्पादनमा भएको विस्तार, होटललगायत पर्यटन पूर्वाधारमा बढेको लगानी, जलविद्युत् आयोजना, सडक, विमानस्थलजस्ता भौतिक पूर्वाधारको निर्माण तथा पुरातात्विक भवन, निजी आवास, विद्यालयसहित भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तीव्र गतिमा भएको, वित्तीय क्षेत्रको विस्तारले चालु आर्थिक वर्षमा उच्च आर्थिक वृद्धिको निरन्तरता कायम भई बजेटले लक्ष्यित गरेको आर्थिक वृद्धिको नजिक पुग्न सक्ने सकारात्मकस्थिति उनले चित्रण गरे ।
यद्यपि केही चुनौती रहेकाले थप मेहनत गर्नुपर्ने आवश्यकतामा अर्थमन्त्रीले जोड दिए । “नेपाल र अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशनबीच भएको अनुदान सहायता सम्झौता सङ्घीय संसद्बाट अनुमोदन हुन ढिलाइ भइरहेकाले विनियोजित बजेट रू १० अर्ब खर्च हुन सकेको छैन कतिपय प्रदेश तथा स्थानीय तहले सञ्चित रकमबाट खर्च व्यवस्थापन गरेकाले गत वर्षको तुलनामा यो वर्ष करीब रू १८ अर्ब कम वित्तीय समानीकरण र सशर्त अनुदानको रकम हस्तान्तरण भएको छ ”, उनले भने ।
पछिल्लो समय आयातको परिमाणमा सुधार हुँदै गएको, समष्टिगत आर्थिक परिसूचक सन्तोषजनक रहेको, आर्थिक क्रियाकलापमा बढोत्तरी भएको, करको दायरा विस्तार हुँदै गएको, राजश्व चुहावटमा नियन्त्रण हुँदै गएकाले आगामी छ महिनामा कर राजश्वको संशोधित अनुमान हासिल हुने अपेक्षा गरिएको जानकारी उनले दिए ।
कर चुहावट नियन्त्रण, बजार अनुगमन, वक्यौता असुली, करको दायरा विस्तार, अनुसन्धान र परीक्षण, अग्रीम कर असुली एवं बेरूजु फछर्याैटलाई सशक्त बनाउने, राजश्व परिचालन गर्ने सम्भाव्य व्यावसायिक र सेवा क्षेत्रलाई पूर्ण रूपमा करको दायरामा ल्याउने, विद्युतीय अर्थतन्त्रका विभिन्न क्षेत्रलाई समेट्ने गरी कानूनी व्यवस्था गर्ने, कर छुटको सूची क्रमशः घटाउने, लगानीमैत्री कर प्रणालीको विकासबाट आर्थिक क्रियाकलाप विस्तार गरी दीर्घकालीन रूपमा आन्तरिक राजश्वको आधार सुदृढ बनाउने योजना सुनाउँदै अर्थमन्त्रीले वैदेशिक सहायतालाई आवश्यकता र प्राथमिकताको आधारमा मात्र परिचालन गर्ने बजेटरी सहायता एवं नगद भुक्तानी विधिमा सहायता परिचालन गरिने बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...


प्रतिकृया लेख्नुहोस्: