Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

सुरु भयाे महोत्तरीकाे रामगोपालपुरमा चुनावी चहलपहल

खबरडबली संवाददाता

महोत्तरी। उपनिर्वाचनको चहलपहलले महोत्तरीको राजनीतिक माहोल तताउँदै छ। जिल्लाको रामगोपालपुर नगरपालिका-२ को वडाअध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनले यहाँको राजनीतिक गतिविधि निकै बढेसँगै माहोल तात्दै गएको हो।

जिल्लामा एउटा वडाध्यक्ष पदका लागि मात्र मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ। विभिन्न राजनीतिक दलले त्यही एउटा पदको उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सबै शक्ति खन्याइरहेका छन्। उम्मेदवारको विधिवत् मनोनयन दर्ता आउने आइतबार हुने भए पनि दलहरुका गतिविधि भने रामगोपालपुर-२ मा एक साता पहिलेदेखि नै सघन देखिँदो छ।

सो वडामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)ले दुई-दुई पटक चुनावी प्रचार र्‍याली सम्पन्न गरिसकेका छन्। दुवै दलका कार्यक्रममा उच्च तहका नेताहरुको सहभागिताले उपनिर्वाचनको माहोल झनै तातेको छ।

माओवादी केन्द्रको कार्यक्रममा सो दलका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मधेश प्रदेश इञ्चार्ज लीलामणि पोखरेलसहितका नेता सहभागी भएका छन्। त्यसैगरी नेकपा (एमाले) ले पोल्यूटब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी र जिल्लाका पदाधिकारीसहितको सहभागितामा पहिलोचरणको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

सो वडामा यसअघि माओवादी केन्द्रका मुकेशकुमार यादव निर्वाचित भएका थिए। यादवको दुई महिना पहिले निधन भएपछि अहिले यहाँ उपनिर्वाचन हुन लागेको हो। यस उपनिर्वाचनमा माओवादी केन्द्रले स्व यादवकी पत्नी आइती यादवलाई उम्मेदवार घोषणा गरेको छ।

यसैगरी नेकपा (एमाले)ले सकिवुल खानलाई उम्मेदवार घोषणा गरेको छ। यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा जसपाबाट उम्मेदवार रहेका खान यस पटक एमालेबाट उम्मेदवार घोषणा भएका हुन्।

यसैगरी नेपाली कांग्रेसले मोहम्मद जनिफ खाँ र जसपाले नजामुद्दिन खानलाई उम्मेदवार बनाउने घोषणा गरेका छन्। जनिफ यसअघिको निर्वाचनमा पनि नेकाकै उम्मेदवार थिए र निकटतम प्रतिस्पर्धी बनेका थिए। जसपाका पहिलेका उम्मेदवार सकिवुल भने एमाले प्रवेश गरेपछि सो दलले नजामुद्दिनलाई उम्मेदवार घोषणा गरेको छ।

यसअघिको निर्वाचनमा विजयी हुने मुकेशकुमार यादवले ४३३, निकटतम प्रतिस्पर्धी नेकाका जनिफ खाँले ३७५, जसपाका सकिवुल खानले ३४२ र एमालेका कादिर हुसैनले २८७ मत प्राप्त गरेका थिए। सो वडामा दुई हजार २०० मतदाता छन् ।

वडामा यसअघि निर्वाचन जितेको माओवादी केन्द्र आफ्नो ठाउँ गुम्न नदिन भरपुर प्रयत्नमा देखिन्छ। यसैगरी सो वडाकै मतदाता रहेका एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभामा एमाले संसदीय दलका नेता र मधेश सरकारमा दोस्रो वरियताका भौतिक पूर्वाधारमन्त्री सरोज यादवले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन्।

यसैगरी नेका र जसपाले आफ्नो जनाधार बढेको बताउँदै चुनाव जित्ने दाबी गरिरहेका छन्। जिल्लाको एक वडामा मात्र उपनिर्वाचन हुन लागेको हुँदा सबै दलका नेता अहिले चुनावी तयारीमा रामगोपालपुर-२ का घरघर पुग्दैछन्।

यो उपनिर्वाचनले राजनीतिक माहोल निकै तताएको सो वडाकै बासिन्दा विगतमा जिविसका उपसभापति रहिसकेका गणेशप्रसाद यादव बताउँछन्।

उपनिर्वाचन शान्तिपूर्वक रुपमा सम्पन्न गर्न जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले सम्बद्ध सबै पक्षसँग अपिल गरेको छ। उपनिर्वाचनका लागि जनशक्ति व्यवस्थापनदेखि अन्य सबै तयारी ठिकठिक समयमा पूरा गरिने मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

सम्बन्ध विच्छेदमा ‘एक वर्षे पर्खाइ’ हट्ने तयारी

पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने

प्रतिनिधि विवादले थलियो रास्वपा महाधिवेशन, बन्दसत्रै रोकियो

४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौं ।  २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...

काठमाडौँमा रेबिज संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...

विराटनगरमा आयल निगमबाटै तेलको ट्याङ्कर चोरी

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending