कास्की । कास्कीको माछापुछ्रे गाउँपालिका–३ घाचोकमा बुधबार सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४३८ जना स्थानीय लाभान्वित भएका छन् ।
कर्मफलाइटस् फाउण्डेसन नेपाल पोखरा र बकेट अफ लभको आयोजना, वडा कार्यालय र जटायु संरक्षण तथा गौरक्ष केन्द्रको सहआयोजना तथा अमेरिकन इगल फाण्डेशनको प्राविधिक सहयोगमा भएको शिविरमा घर आँगनमा विशेषज्ञ चिकित्सकबाट आफूले चाहेको सेवा लिन पाउँदा वृद्धवृद्धादेखि बालबालिकासम्म खुशी भएका थिए ।
शिविरमा १४० जनाले महिला तथा प्रसूति रोगसम्बन्धी जाँच गराएका थिए । त्यसैगरी २०० जनाको मधुमेहको परीक्षण गरिएको तथा अन्यले भिडियो एक्स–रे तथा पेट छातीको उपचार सेवा प्राप्त गरेको सोही वडाका वडाध्यक्ष सूर्यप्रसाद लम्सालले जानकारी दिए ।
शिविरमा स्त्री रोग विशेषज्ञ डा सरिता गुरुङ, पेट तथा छाती रोग विशेषज्ञ डा सन्दीप गुप्ता, जनरल फिजिसियन डा विकेक कँडेल तथा मधुमेह रोगका विशेषज्ञ डा मारिया डेनिडिप्टी लगायतले सेवाग्राहीको स्वास्थ्य जाँच गरी परामर्श दिएका थिए ।
भिडियो एक्स–रे, हाडर्जोनी तथा नशा रोग, महिला तथा प्रसूति रोगसम्बन्धी उपचार, पेट, छाती तथा बालरोग, मधुमेहको रक्त परीक्षणका साथै सामान्य घाउचोटको उपचार सेवा शिविरमा प्रदान गरिएको थियो । घाचोक स्वास्थ्य चौकीको व्यवस्थापनमा सञ्चालन भएको शिविरमा रु तीन लाख बराबरको औषधि निःशुल्क वितरण गरिएको वडाध्यक्ष लम्सालले जानकारी दिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: