Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

नेतृत्वकाे गदृारीले सिंगो माओवादी पार्टी र आन्दोलन नै विघटन हुने अवस्था बन्याे

\"\" २५ औं जनयुद्ध दिवस मनाइ रहदा जनयुद्धको नेतृत्व लिएको महान तथा गौरवशाली पार्टी अहिले विभाजित अवस्थामा छ । एकातिर जनयुद्धका महान नेता भनिएका प्रचण्ड–बाबुराम अहिले संसदीय आहालमा चुर्लुम्म डुबेका छन् । त्यसको विपक्षमा जनयुद्धको लिगेसी लिएर किरण र विप्लबले नेतृत्व गरेका पार्टीहरु जनयुद्धकै गतिमा विभिन्न मोर्चाहरु बर्ग संघर्ष विकास गरिरहेका छन् । मुलतः अहिले संसदीय व्यवस्थामा डुब्ने र फाल्ने दुई वटा धारमा हिजोका माओवादी आन्दोलनकारी विभाजित भएका छन् । हिसाबले हेर्दा अहिले जनयुद्धको लिगेसी जसले क्रान्ति गर्नुपर्छ । जनवादी सत्ता स्थापित गर्नुपर्छ भनेर निरन्तर क्रियाशिल छन् । तिनिहरुमात्र असलि जनयुद्धका हिमायति हुन् । मुख्य न्यूनतम सपना भनेको नयाँ जनवादी क्रान्ति स्थापना गर्नु थियो । अहिले नौलो जनवादी क्रान्ति भनेको बैज्ञानिक समाजवादी व्यवस्था हो बुर्जुवा गणतन्त्र स्थापना गर्नु जनयुद्धको स्पिरिड थिएन । अहिले सत्ताधारी शक्तिहरु राजनीतिक क्रान्ति शुरु भयो अब आर्थिक क्रान्ति आवश्यक छ भनिरहेका छन् । त्यो अत्यन्त झुट सपना बाँडिरहेका छन् । वास्तवमा राजनीतिक क्रान्ति पुरा भएको छैन । राजनीति क्रान्ति भनेको नौलो जनवादी क्रान्तिनै हो । जनताको जनवादी क्रान्ति पुरा भएको छैन । जनताको अधिनायकत्व स्थापना भएको छैन । शोषण उत्पीडनको अन्त्य भएको छैन झन बढेको छ । समाजमा नव धनाड्य वर्ग स्थापित भएका छन् । राष्ट्रिय पुँजीपति वर्ग विस्तापित भएका छन् । त्यसको ठाउँमा दलाल पुँजीपति वर्गले घरजम गरिरहेका छन् । त्यसकारण २५ औं जनयुद्ध दिवसमा आइपुग्दा जनयुद्धको लिगेसी क्रान्तिकारी पार्टीसँग रहेको छ । सत्तामा छैन । सत्ताभन्दा बाहिर छन् । विद्रोहको झण्डा बोकेका छन् । त्यो शक्तिमा मात्रै जनयुद्धको लिगेसी छ । सर्वहारा जनताको सत्ता स्थापित गर्ने सर्तमा जनयुद्ध गरिएको थियो । विगतमा प्रचण्ड बाबुरामले लेखेका दस्तावेजबाट पनि पुष्टि हुन्छ । १० बर्षको अवधिमा नीति र नेतृत्व राम्रैसँग चलिरहेको थियो । जब माओवादी शान्तिप्रकृयामा आए त्यसपछि नेतृत्वले युद्धको न्यूनतम उदेश्यलाई तोडमोड गरेर आत्मसमपर्णको बाटो रोज्यो । नेपाली जनतामाथि गद्दारी गर्यो । विश्वासघात गर्यो । गणतन्त्रको नाममा संसदीय व्यवस्थाको पुनरावृत्ति गरियो । मुल नेतृत्वमा आएको विचलन, शहिद योद्धा र मुक्तिमामी जनताप्रति विश्वासघात र संसदीय व्यवस्थामा डुबेको कारणले अहिले माओवादी आन्दोलन छिन्नभिन्न भएको हो । शहिद, घाइते, अपाङ्गहरुको रगत खेर जान नदिन अहिलेको क्रान्तिकारी पार्टीले वर्ग संघर्ष गरिरहेको छ । नेतृत्वले गद्दारी गरेपछि एक खालको कालो युग शुरु भएको थियो । विचलन आएको थियो । तर, क्रान्तिकारीहरुले फेरी क्रान्तिको ज्वारभाटा सिर्जना गर्ने तयारी गरिरहेका छन् । २५ औं जनयुद्ध दिवस हामी देशव्यापीरुपमा मनाउँछौं । जनतालाई जनयुद्धको महत्व र सकारात्मक परिवर्तनकोबारेमा प्रचार गछौं । प्रतिक्रियावादी, संशोधनवादी, विस्तारवादी र सामराज्यवादीको इशारा देश र जनतामाथि घात गर्नेका विरुद्ध हामी सशक्त प्रतिरोध गछौं । बुर्जुवा, अर्ध सामन्ती, अर्धअपनिवेशिक व्यवस्थालाई ध्वस्त गरी बैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने उदेश्यसहित हामी निरन्तर अगाडि बढ्छौं । अर्को कुरा प्रचण्डले भनेको जस्तो विप्लबले प्रचण्डको नक्कल गर्न क्रान्ति गरेका होइनन् । विप्लबले कहिपनि प्रचण्डको नक्कल गरेका छैनन् । विप्लबले नयाँ ढंगले क्रान्तिको तयारी गरिरहनु भएको छ । उहाँले एकीकृत क्रान्तिको नेतृत्व गरिरहनु भएको छ । उहाँले नयाँ ढंगले पार्टीलाई संस्लेशण गर्नुभएको छ । क्रान्तिको तौलतरिका क्रातिको रणनीति र कार्यनीति नयाँ ढंगले विकास गर्नुभएको छ । हिजोको विप्लबको आधारमा प्रचण्डले त्यसो भनेको भए त्यो उहाँको भ्रम हो । विप्लब विचार, अध्ययनको हिसाबले धेरै माथि गइसकेका छन् । राजनीतिक वैचारिक हिसावले धेरै माथिबाट सोचिरहनुभएको छ । विप्लबलाई प्रचण्डको कपी भन्नु हास्यस्पद हुन्छ । (पन्त विप्लव नेतृत्वको नेकपा निकटका अधिवक्ता हुन्)

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies