हिजोका माओवादीहरु एक ठाउँमा आउनुको विकल्प छैन्, बलिदानी खेर जानु हुन्न
फाल्गुन १ गते, २०७६ बिहिवार 13th February, 2020 Thu१३:२९:५७ मा प्रकाशित
१० बर्षे माहान जनयुद्धमा म आफै सहभागी भएको हुनाले यसलाई गर्वपूर्णरुपमा हेर्ने गरेको छु । मुलुकमा राजनीतिक परिवर्तनमाफ्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ, त्यसको जग भनेको जनयुद्ध हो । जनयुद्धमा १० औं हजारले बलिदानी दिएका छन् । उनीहरुप्रति स्रद्धानजली व्यक्त गर्छु । घाइते अपाङगप्रति सम्मान पनि व्यक्त गर्छु । योद्धाहरुको त्याग, तपस्या, मेहनत, पार्टीको कार्यदिशा र त्यसको सहि नेतृत्वको कारणलेनै अहिलेको परिवर्तन सम्भव भएको हो । १२ बुँदे समझदारी, ०६२/०६३ को जनआन्दोलनबाट राजनीतिक उपलब्धी प्राप्त भएको छ । त्यसको म पनि एउटा यात्री हुनपाएकोमा खुशी लाग्छ ।
अहिलेको व्यवस्था राजतन्त्रात्मक संसदीय व्यवस्था होइन । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था हो । जुन एकाइसौं शताब्दीको समावेसी व्यवस्था हो । यो भनेको महिला, आदिवासी, मधेसी, मुस्लीम, अल्पसंख्यकहरुसमेत नेतृत्व भएको राजनीतिक प्रणाली हो । धेरै संघर्षबाट प्राप्त उपलब्धिलाई नजरअन्दाज गर्न मिल्दैन । तर, जनवादी अर्थव्यवस्था भएको मुलुककोरुपमा विकसित हुन सकेको छैन । हामीले ‘समृद्ध नेपाल, शुखी नेपाली’को जुन नारा दिएको छ, यो कार्यान्वयन हुनेमा म आशावादी छु ।
अहिले जनयुद्ध र जनआन्दोलनको बलबाट प्राप्त गरेको उपलब्धीलाई कार्यान्वय गर्ने बाहेक अन्य कुनै विकल्प छैन । अहिले जुन परिवर्तन भयो, यो नै अन्तिम हो भनेर हामीले पनि भनेको छैनौं । हामी आर्थिक उन्नती सहितको समाजवाद मार्फत सास्यवादमा जाने हो । अहिले प्राप्त उपलब्धीलाई कार्यन्वयन गर्ने त्यसपछि थप उपलब्धीको तयारी गर्ने र अगाडि बढ्ने कुरा हो ।
माओवादी जनयुद्धका साथीहरु जो जहाँ भएपनि एकठाउँमा आउन आवश्यक छ । अहिले प्राप्त उपलब्धीको रक्षा गर्ने समय हो । उपलब्धीको रक्षा गरेरमात्र थप उपलब्धीको प्राप्त गर्न लाग्नुपर्छ । प्राप्त उपलब्धी छोडिदिने कुरा हुँदैन । पोकाको छोडिदिने अनि दुलोमा हात हाल्न गएर हुँदैन । प्राप्त उपलब्धीको रक्षा गर्दै क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउन पनि म आवहान गर्छु ।
(नेतृ भुसाल प्रचण्डले नेतृत्व गरेको सत्तारढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेता हुन्)
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: