Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

नेतृत्वको कारण माओवादी आन्दोलन धराशाही बन्यो तर फेरि उठ्दैछ

\"\" महान् १० बर्षे युद्ध भनेको नेपाली समाजको समग्र क्षेत्रको वर्ग युद्ध हो । राजनीतिक, आर्थिक, साँस्कृतिक र सामाजिक सबै क्षेत्रमा परिवर्तनको लागि गरिएको एउटा वर्गीय युद्ध थियो । त्यतिबेला हाम्रो लक्ष भनेको नयाँ जनवादी क्रान्ति गरी कम्युनिष्टहरुको अधिनायकत्वमा बैज्ञानिक समाजवाद स्थापना गर्ने थियो । १० बर्षको अवधिमा जनयुद्धले मुलुकको अग्रगामि परिवर्तनको लागि ठुलो योगदान दियो । युद्धको दौरानमा हजारौं योद्धाहरुले आहुति दिए । राज्यपक्षबाट धेरैलाई अंगभंग बनाइए । हजारौंलाई बेपत्ता बनाइए । युद्धबाट सर्वहारा वर्गले पुरै उपलब्धी हाँसिल गर्न नसके पनि २ सय ४० बर्षको सामन्तवादी निरंकुश राजतन्त्र अन्त्य गर्न सफल भयो । बुजु्रवै गणतन्त्र भए पनि जनताको शासन स्थापना गर्यो । सामन्तवादी राज्यसत्तालाई समाप्त पारी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न १० बर्षे जनयुद्धको महत्वर्पूण भूमिका रह्यो । यदि जनयुद्ध गरेको थिएन भने तत्कालिन काँग्रेस, एमाले लगायत संसदीय पार्टीहरु अहिले राजतन्त्रकै छत्रछाँयामा घुमेर बसिरहेका हुन्थे । जनयुद्धले देशभर, दलित, जनजाति, पिछडिएका, महिला, मधेशी, हिमाल, पहाड र तराईका सम्र्पूण जनताको चेतनाको स्तर धेरै माथि उठायो । नेपाली जनताले संविधानसभामार्फत जन संविधान बनाउने भनेका थिए । त्यो पुरा नभएपनि माओवादी शान्तिप्रकृयामा आएपछि विकास निर्माणमा बाटोघाटो कर्णलीजस्ता विकट क्षेत्रमा समेत सबैठाउँमा पुगेका छन् । संविधानले एउटा धर्म निरपेक्षताको व्यवस्था गरेको छ । अर्को समानुपातिक निर्वाचन प्रणाली कायम गर्यो यसलाई राजनीतिक रुपमा अंशिक उपलब्धी मान्नुपर्छ । यति हुँदा हुदैपनि रुसी मोडलका समाजवाद, चीनीया मोडलको समाजवादको पतन भएर संसारबाट समाजवादीको अन्त्य भए भनेको बेलामा नेपालमा जनयुद्धले उचाई छुँदै थियो । शान्तिप्रकृयामा आइसकेपछि माओवादीमा जुन वैचारीक समस्या उत्पन्न भयो यसले गर्दा माओवादीले जनयुद्धको उपलब्धीको रक्षा गर्न सकेन । अहिले बिप्लब एकातिर, प्रचण्ड अर्कोतिर र बैद्य अर्कोतिर छिन्नभिन्न भएका छन् । प्रचण्ड एमालेमा विलय भएर विचलित हुन पुग्यो । बाबुराम कम्युनिष्टबाट विचलित भएर काँग्रेसलगायत निम्नवर्गीय पार्टीमा समेल हुन पुग्यो । अहिले हामीले समिक्षा गर्दा जनयुद्धका उपलब्धिहरु माओवादीका आधार इलाका, जनसरकार, जनसत्ता, जनकम्युन गुमाइयो । नेपाली जनताले धेरै चिज पाए पनि झनै धेरै गुमाए जनसेना गुमे, जनअदालत गुमे, जनवादी कार्यक्रमका आधारभुत इलाकाहरु गुमाए । क्रान्तिको नाममा प्रतिक्रान्ति भइसकेपछि फेरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न नयाँ नेपाल निर्माण गर्ने जिम्मेवारी आएको छ । अहिले प्रचण्डको नेतृत्वमा जुन पार्टी छ, त्यसलाई हाम्रो पर्टीले कम्युनिष्ट पार्टी मान्दैन । त्यो बुर्जुवा पार्टी हो । सरकारमा छ तर सत्तामा छैन । सत्ता सामन्त वर्गको हो । अहिले चुनावीमाध्यमबाट दुईतिहाइको सरकार बनाए पनि सत्ता अर्कैको हातमा रहेको छ । प्रचण्डको पार्टी ०४७ को अवस्थामा पुगेको छ । यद्यपी यस बीचमा थोरै परिवर्तन भएको छ । सामन्ति राजतन्त्रको अन्त्य भएको छ । राजतन्त्रको अन्त्य भएपनि संस्कार र संस्कृतिमा अहिले पनि कुनै परिवर्तन भएको छैन । राजतन्त्रले गर्ने व्यवहार र अहिलेका पार्टीले गर्ने व्यवहारमा कुनै फरक छैन । सरकारले मिडिया काउन्सिल विधेयकमार्फत सामाजिक संजालमाथि नियन्त्रण गरिदै छ । त्यसैले अहिले विकृत खालको पूँजीवादी व्यवस्था उत्पन्न भएको छ । अहिलेको व्यवस्था दलालहरुको व्यवस्था हो । नेकपा दलालहरुको पार्टी हो कम्युनिष्ट पार्टी होइन । आफुलाई कम्युनिष्ट र दुईतिहाइको जुन खालको दुहाइ दिएको छ, यो नितान्त गलत छ । क्रान्ति कहिल्यै असफल हुदैन । अहिले क्रान्तिको मोडल के हो भन्नेमा मान्त्र हाम्रो विप्लब जीसँग विवाद हो । हामीले सशस्त्र जनसंघर्षको माध्यमबाट शहरमा विद्रोह गरी नयाँ जनवाद ल्याउने भन्छौं । विप्लब जीले मध्यम बर्गको नेतृत्वमा शहर र गाउँसँगै क्रान्तिको मोडेल बनाउनुभएको छ । कार्यदिशामा मेल छैन । अझैपनि अर्ध औपनिवेशिक, अर्ध सामन्ति मुलुक भएकोले सशस्त्र युद्धको आवश्यक रहेको छ । चीनीया क्रान्ति गाउँबाट शहर घेर्ने भन्ने थियो । त्यो नेपालमा सम्पन्न भइसकेको छ । अब गर्ने क्रान्ति भनेको रुसी मोडेलको क्रान्ति हो । त्यो पनि सशस्त्र युद्धमार्फत शहर कब्जा गरी गर्नु पर्छ । अबको युद्ध भनेको शहरलाई मुख्य भाग र गाउँलाई पृष्ठ भागमा राखी विद्रोह गर्नु पर्छ । त्यो हाम्रो नीति हो । विप्पबको नीति भनेको गाउँ र शहरमासँगै सशस्त्र विद्रोह गर्ने र त्यसको नेतृत्व मध्यम बर्गीय बर्गले गर्ने छ । प्रचण्ड जी निकै जाली, वितण्डावादी र अनुभववादी छन् । हिजो जनयुद्धमा अत्यन्त राम्रो गर्नुभयो त्यसमा हामीले साथ दियौं । त्यसलाई छुट्टै माथिल्लो तहबाट मुल्याङकन गर्नु पर्छ । तर शान्तिप्रकृयामा आएपछि माओवाद परित्याग गरेर आफैले प्रतिक्रियावादी भनेको एमालेसँग विलय हुन पुगे । उनी अहिले हामीलाई समेत ढुवाउन खोजिरहनुभएको छ । हामी त्यसरी फस्दैनौं । कतिपयले प्रचण्ड संसदीय अभ्यासमा सफल नेता भन्ने लागेको होला । तर उनी अहिले एमाले जस्ता बिग्रिए भत्केका राष्ट्रघाति, देशघाती महाकाली बेचुवा र एमसीसी नेपालमा ल्याएर ज्यान पालेर हिडेकासँग छन् । तिनीहरुलाई माओवादीले गर्दा त्यहाँ पुर्याएका हुन् । प्रचण्डले गर्दा एमालेलाई खाने मौका मिलेको छ । माओवादी नभएको भए एमाले अहिले विजोग हुन्थ्यो । प्रचण्डले अहिले पनि मानिसलाई ढाँट्ने, मानिसलाई उल्लु बनाउने बैद्य विप्लबलाई सिध्याउनलाई जनतामा भ्रम फैलाउने काम गर्नुभएको छ । मै नेता हो । मै क्रान्तिकारी हो । मै कम्युनिष्ट हो भनेर जनतालाई ढाँट्ने र आँखामा छारो हाल्ने काम गरेका छन् । यसलाई भन्छ वितण्डावादी । उहाँले नयाँ क्रान्ति गर्न सक्नुभएन । क्रान्तिबाट भागेर जानुभयो । उहाँले जनतालाई पुरै गद्दारी गर्नुभयो । उनले अब क्रान्ति गर्छु भनेर कसैले पनि पत्याउँदैनन् । नेकपा भनेको विग्रेका भत्केका मानिसहरु जम्मा हुने ठाउँ हो । विभिन्न पार्टीबाट आएका मानिसलाई प्रचण्डले फसाएका छन् । आजको सन्दर्भमा जनतालाई नढाँटे हुन्छ । अर्कोतिर क्रान्तिकारीहरुले पनि गफ लगाउने काम नगर्ने कार्यकर्तालाई व्यवस्थित गर्न नसक्ने, क्रान्तिलाई अगाडि नबढाउने हो भने यिनीहरु पनि स्यालहुँइया हुन्छन् । क्रान्तिकारीहरु पनि धेरै सुदृढ हुनु जरुरी छ । एकताबद्ध हुनु छ । माओवादी मात्र भनेर हुँदैन ठिक ढंगले काम गर्नु पर्छ । अब नयाँ ढंगले नयाँ संरचना, वैचारीक संघर्षबाट क्रान्तिलाई अगाडि बढाउनुपर्छ । (केसी मोहन वैध नेतृत्वको नेकपा माओवादी (क्रान्तिकारी)का नेता हुन्)

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies