Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

प्रचण्ड र विप्लव दुवैसँग एकता असम्भव

काठमाडौं । जनयुद्वपूर्व राखिएका उद्देश्यहरु कति पुरा भए या पुरा भएनन् त्यो हिसाब किताब नभएपनि तत्कालिन युद्वको नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले सत्ता नजिक छन् । प्रचण्ड सँगैका नेता मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई, नेत्र विक्रम चन्द ‘विप्लव’ र गोपाल किँराती फरक–फरक पार्टीको नेतृत्व गर्दै आइरहेका छन् ।

हिजो जनयुद्वको उद्घोष गर्ने पार्टी र नेताहरु आज फरक–फरक पार्टीमा छन् भने हिजो जनयुद्व गर्ने माओवादी पार्टी विघटित र विभाजित अवस्थामा छ । हजारौंको त्याग र बलिदानबाट स्थापित भएको माओवादी पार्टी कसरी नरहने अवस्थामा पुग्यो ? किन यति धेरै संख्यामा हिजोको पार्टी विभाजित हुने अवस्थामा पुग्यो ?

हजारौंको त्याग र बलिदानबाट स्थापित नेकपा माओवादी र माओवादी आन्दोलनबारे हामीले त्यहि माओवादी पार्टीबाट विभाजित भएर बनेको नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’सँग कुराकानी गरेका छौं । खबर डबलीकाे तर्फबाट सन्देश अर्यालले जनयुद्व र पछिल्लो माओवादी आन्दोलनबारे नेता किरणसँग कुराकानी गरेका छन् । २५ औं जनयुद्व दिवसको अवसरमा जनयुद्व र पछिल्लो माओवादी आन्दोलनबारे नेता किरणसँग गरिएको कुराकानीको सम्पादित अंश :

आज २५ औं जनयुद्व दिवस, जनयुद्वको एक नेतृत्वकर्ताको हिसाबले दिवसलाई कसरी सम्झनुहुन्छ ?

हामीले जनयुद्वको सुरुवात पुरानो राज्यसत्तालाई समाप्त पारेर एउटा नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने र वैज्ञानिक समाजवाद तर्फ मुलुकलाई अगाडि लैजाने भन्ने उद्देश्यबाट गरेका थियौं ।

जनयुद्व सुरु गर्दै गर्दा, हामीले त्यसको तयारी पनि राम्रै गरेका थियौं । माक्र्सवाद, लेनिनवाद र माओवादको आलोकमा दिर्घकालिन जनयुद्वको बीचबाट अगाडि बढ्ने भनेर हामीले जनमुक्ति सेना, देशव्यापी रुपमा आधार इलाकाहरु र जनसरकारको पनि निर्माण गरेका थियौं । हामीले गरेको जनयुद्वबाट नेपाल मात्र नभई विश्वभर क्रान्तिकारी आन्दोलनको एउटा राम्रो सन्देश गएको छ ।

तर जनयुद्व एउटा उत्सर्गमा पुग्ने बेलामा, ठूलो सहादत र बलिदानीपश्चात नेतृत्वको एउटा हिस्साले ठूलो बेइमानी गर्न पुग्यो । एउटा गम्भिर गद्दारी अनि धोका दियो । जसकोविरुद्ध हामीले संघर्ष गर्यौं उसैसँग आत्मसमर्पण गर्ने अवस्था बन्यो । यो आन्दोलनको अत्यन्तै नकारात्मक पक्ष हो ।

तर यस्तो भयो भनेर अगाडि नबढ्ने विषय रहने । हामीले ति अनुभवहरुलाई संगाल्दै सकारात्मक पाठ सिक्दै आन्दोलनलाई अगाडि बढाउनुपर्दछ भने अगाडि आएका छौं । अहिले कुनै रुपान्तरण भएको छैन् । जसका विरुद्ध लडेका थियौं त्यहि व्यवस्था पुर्नस्थापना भएको छ । हिजोको जनयुद्व हाम्रा लागि राम्रो मार्गदर्शन गर्ने पाठ बनेको छ ।

माओवादी जनयुद्वको शीर्ष नेता तपाईं, आज माओवादी पार्टी नै नरहने अनि माओवादी आन्दोलन नै धराशाही हुने अवस्था बन्यो । यस्तो किन भयो भन्ने लाग्छ ?

यो दुःखत वास्तविकता हो । हामी स्वीकार्न तयार छौं । हो आज जनयुद्ध र माओवादी आन्दोलनलाई नै गुमनाम बनाउन निकै कोशिस गरिएको छ । तर त्यो कोशिस सफल हुँदैन् । माओवादी आन्दोलन नेपाली राजनीतिको अत्यन्तै महत्वपूर्ण परिघटना हो ।

शहिदहरुको रगतको आहलमा बसेर त्यहि बलिदानीको ब्याज खाएर केहि व्यक्ति सत्ताका गएका छन् । तर उनिहरुको त्यो मिठो सपनाको महल छिट्टै ढल्नेछ । त्यो बलिदान र त्यागलाई गुमनाम बनाउन प्रयास गरेपनि नेपाली जनताले त्यसको हिसाब किताब अवश्य गर्नेछन् । अहिलेको परिघटनाले नेपाली क्रान्तिकारी आन्दोलनलाई विघटन होइन् उर्जा दिँदै अगाडि बढाउनेछ ।

हिजाको माओवादी पार्टी विभाजन हुनु र कतिपयले माओवादलाई नै पथप्रदर्शक सिद्वान्त नमान्नु अनि पार्टीको नाममा पनि माओवादी भनेर नलेख्ने अवस्था बनेको छ । माओवाद शब्द प्रति किन यति धेरै वितृष्णा ? तपाईंहरुले पनि जनयुद्वको पार्टीको नाम स्वीकार सक्नुभएन । कि यस्तो बन्यो ?

माओवादी नाम प्रति नै वितृष्णा पैदा भएको विषय साँचो हो । हामीले स्वीकार गर्दछौं । जनताले असाध्यै धेरै माया र विश्वास गरिरहँदा नेतृत्वबाट घात र गद्दारी हुँदा वितृष्णा पैदा हुन गएको हो ।

तर फेरि माओवादी आन्दोलनमा त्यो गलत प्रवृत्तिका विरुद्व लड्दै क्रान्तिको झण्डा उठाउँदै अगाडि बढ्ने परम्परा पनि छ । हो धेरै त्यस्तो अवस्था छ । तर हामी क्रान्तिकारी दिशातर्फ जाने कुरामा प्रतिबद्ध छौं । हामीले झण्डा उठाईसकेका छौं ।

रह्यो हिजोको पार्टीको नाम राख्ने विषयमा कतिपय प्राविधिक कारणले हामीले राख्न सकेनौं तर हामीले माओवाद छाडेका छैनौं । अनि छोड्ने विषय पनि आउँदैन ।

हामी क्रान्तिकारी माओवादीहरु र सच्चा माओवादीहरुलाई गोलबन्द गरेर जाने अभियानमा छौं । कतिपय छुटेका छन् ति छुट्छन् नै । जसका विरुद्व नै लडिएको थियो उसैसँग आत्मसमर्पण गरेपछि तिनीहरु जोडिने विषय प्राय रहँदैन् ।

जनताका समस्याहरु यथावत नै छन् । व्यवस्था उहि नै छ । त्यसकारण सच्चा क्रान्तिकारी माओवादीहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन् । फेरि माओवादीहरुलाई हेर्ने र बुझ्ने कुरा निश्चितै रुपमा सकारात्मक हुनेछ ।

४. तपाईंले भने जस्तै के तुरुन्तै जनताले पत्याउने अनि क्रान्ति भईहाल्ने स्थिति होला ? अहिलेको विभाजन, टुटफुटले तपाईंले भनेजस्तै क्रान्ति गर्न गाह्रो पर्ने वातावरण बनेको छैन् ?

क्रान्तिको सम्भावना नरहने भन्ने हुँदैहुँदैन् । के नेपालमा क्रान्ति आवश्यक छैन र ? के मानिसहरुले यहि व्यवस्था रुचाएका छन् त ? के यहि व्यवस्थाबाट जनताका समस्या समाधान हुन्छन् ? कदापि हुनेवाला छैन् । जनताका कुनै पनि समस्या छ समाधान भएको छैन । त्यसकारण नेपालका क्रान्ति आवश्यक छ र वातावरण पनि बन्दै गरेको छ ।

क्रान्ति त जनताका समस्यासँग, राष्ट्रिय स्वाधिनतासँग, जनतन्त्र र जनजिविकासँग जोडिएको हुन्छ । अहिले त देशमा ठूलो राष्ट्रघात हुँदैछ । लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रमा सिधा–सिधा सिमा मिचिएको छ । हिजो राष्ट्रिय स्वाभिमान र स्वाधिनताका लागि लड्नेहरु देशको निमित्त गद्दारी गर्ने अवस्था तर्फ जाँदैछन् । यो स्थितिमा फेरि जनताले अवश्य लडाईं लड्छन् ।

अर्को कुरा अहिलेको सत्ताले जनताका हक अधिकारका कुराहरुप्रति कुनै सम्बोधन गरेको छैन् । त्यसकारण क्रान्तिको सुरुवात यिनै समस्याबाट सुरु हुन्छ । राष्ट्रियता, जनतन्त्र र जनजिविकासँग सम्बन्धित मुद्दाको सुनुवाई सत्तामा गएकाबाट कुनै हालतमा हुनेवाला छैन् । त्यो स्थितिमा क्रान्ति त एउटा ऐतिहासिक आवश्यकता बन्छ । र त्यो सम्भव पनि छ ।

तपाईंले पार्टी गठन गरेलगत्तै पार्टी पुनः विभाजन तिर गयो । विप्लव जीले छुट्टै पार्टी निर्माण गर्नुभयो । यसरी विभाजन नै विभाजनबाट अगाडि बढ्दा के जनताले पत्याउने अनि तपाईंहरुले आह्वान गर्ने आन्दोलनमा सहभागि हुने अवस्था रहन्छ ?

हो यो एउटा महत्वपूर्ण पाटो हो । विभाजनले गर्दा जनतामा निकै निराशा देखिएको कुरा साँचो हो । तर त्यो सधैंभरि यसरी रहि रहँदैन् । एकताबद्ध हुने क्रान्तिकारीहरुलाई एउटा सहि विचारबाट, माक्र्सवाद, लेनिनवाद र एउटा सहि कार्यदिशाको आधारबाट अगाडि बढ्न हामीले प्रयत्न गर्छौं । विगतमा पनि क्रान्तिकारीहरु सानो सानो संगठनमा निर्माण भएका थिए । हामीले त्यो अनुभव गरेका छौं ।

हामीले सानो हुँदाखेरि के हुन्छ अनि ठूलो हुँदाखेरि के हुन्छ भनेर अनुभव गरेका छौं । तर यी सबै अस्थायी कुरा हुन् । तर जब हामीले जनताका कुराहरु लिएर अगाडि बढ्छौं त्यो बेलामा एकताबद्ध हुने कुरा स्वभाविक हुँदै आउँछ ।

प्रचण्डले बेला–बेलामा वैद्य जी र विप्लव जी पनि नेकपामै आउनुहुन्छ भन्नुहुन्छ । उहाँले तपाईंहरुसँग छिट्टै एकता हुन्छ पनि भन्नुभएको छ । के त्यो सम्भावना छ ? के तपाईं नेकपासँग एकता गर्नुहुन्छ ?

म सबैलाई प्रष्ट पार्न चाहन्छु प्रचण्ड जीसँगको एकता बिलकुलै सम्भव छैन् । सच्चा क्रान्तिकारीहरु त्यो संशोधनवादको आहलमा डुब्न चाहँदैनन् ।

दोस्रो कुरा उहाँहरु सरकारमा गएर, संसदमा भएर बडो धक्कु लगाउनुहुन्छ । तर एउटा बुझ्नुपर्ने कुरा यी कुरा पुरै अस्थायी हुन् । उहाँहरु सरकार र संसदमा सधैं बस्नेकुरा रहन्न । त्यसबेला कति मान्छे कहाँ पुग्छन् टुंगो छैन् । यो कुरा पक्का हो ।

प्रचण्डसँग एकता नहुने कुरा हजुरले बताईरहँदा के विप्लवसँग एकता हुन्छ ? के तपाईंहरु विप्लवसँग नजिक हो ?

त्यहाँ प्रचण्ड जि मात्रै होइन् ओली जि पनि हुनुहुन्छ । जम्मै धाराहरु छन् । उहाँहरुसँग त राजनीति पनि अलग भईहाल्यो । जसकाविरुद्व हामीले विद्रोह गरेर आयौं त्यहिँ जाने कुरा त पुरै असम्भव भईहाल्यो ।

दोस्रो कुरा, विप्लव जीहरुको राजनीतिक कार्यदिशा, सघंर्षको स्वरुप गलत दिशातिर छ । त्यो सच्चाउन उहाँहरुले आँट गर्नुपर्ने हुन्छ । हामीले पनि कोशिस गर्छौं । उहाँहरुले आँट गरेको अवस्थामा विप्लवजीहरु मात्रै नभई सच्चा क्रान्तिकारीहरु बीच राम्रो एकता निश्चित रुपमा हुन्छ ।

विप्लव नेतृत्वको नेकपामाथि सरकारले प्रतिबन्ध नै लगाएको छ । यो अवस्थामा उहाँहरुले जसरी राजनीतिक गतिविधि गरिरहनु भएको छ, त्यो प्रति तपाईंहरुको असहमती हो ?

सरकारले प्रतिबन्धित गर्यो त्यो त एकदमै गलत कुरा हो । सरकारले यसरी विप्लव समुहमाथि प्रतिबन्ध लगाउनु हुँदैनथ्यो । उहाँहरुका नेता तथा कार्यकर्तालाई धरपकड गर्ने र पक्राउ गर्ने कुरा छ । राजनीतिक विषयलाई राजनीतिक रुपमा हल गर्नुपर्छ ।

फेरि एकता के हुन्छ भन्ने कुरामा, छलफल गर्दै बहस गर्दै अगाडि जाने कुरा हो । कोही भूमिगत हुन्छ, कोही प्रतिबन्धित हुन्छ, कोही के हुन्छ । त्यसले एकतामा फरक पार्दैन् । मुख्य कुरा विचार र राजनीतिक कार्यदिशा हो ।

विप्लवको अहिलेको बाटो कस्तो हो ? उहाँहरुले भनेको एकिकृत जनक्रान्तिप्रति तपाईंहरुको समिक्षा के छ ?

अहिले विप्लवजीहरुले लिएको एकिकृत जनक्रान्तिको कार्यदिशा कहिँ कतै मिलेको छैन् । हामीले त्यसको आलोचना गर्दै आएका छौं । त्यसको एउटा निश्चित सेट छैन् । कहाँ प्रहार गर्ने ? कसरी जाने ? के गर्ने ? त्यसको लक्ष्य के हो ? त्यसको रणनीति के हो ? त्यसको कार्यनीति के हो ? यी समग्र पाटोमा त्यो अलमलिएको छ ।

उहाँहरुलाई हामीले भनेका पनि छौं, यो तरिकाले हुँदैन् । एउटा कार्यदिशा बनाउने कुरामा तपाईंहरु पनि गम्भिर हुनुपर्छ भनेर हामीले पहिलेदेखि उहाँहरुलाई भन्दै आईरहेका छौं । त्यो कार्यदिशाबाट क्रान्ति या परिवर्तन सम्भव हुँदैन् ।

अलिक फरक प्रसङ्गमा, आमजनताले हिजोको माओवादी पार्टी भनेर खोज्दै गर्दा कसलाई भेटाउने ? जनयुद्वको बेला घाईते बनेका, अपाङ्गता भएका ति जनताले कसलाई आफ्नो गुनासो पोख्ने ? हिजोको माओवादी अहिले कुन हो ?

दुःख परेको बेलामा, अप्ठ्यारो परेको बेलामा साथीहरुले गुनासो गर्नुहुन्छ त्यो आफ्नो ठाउँमा छ । क्रान्तिले धोका खाईसकेपछि जटिलता त भईहाल्छ नै । जनयुद्वको प्रक्रियामा सहिद परिवारजन, वेपत्ता योद्वाका परिवारजन, घाईते अपाङ्ग योद्वाहरुले देश र जनताको लागि ठूलै काम गर्यौं भनेर बुझ्न जरुरी छ । गर्वको अनुभूति गर्नपर्दछ ।

दोस्रो कुरा, जुन बलिदानी भएको छ त्यो कुनै हालतमा खेर जाँदैन् । भोलीको अवस्थामा परिवर्तनको निमित्त, क्रान्तिको निमित्त त्यसले उर्जा प्रदान गर्दछ ।

तेस्रो कुरा, उहाँहरुका जुन समस्याहरु छन् ती समस्यालाई हल गर्ने बारेमा सरकारले ध्यान दिन सकेको छैन् । र, दिने कुरा पनि भएन । त्यसको हामीले जोडदार रुपमा विरोध गर्दछौं । उहाँहरुका समस्या समाधान गर्ने विषयमा हामीले माग राखेर दृढतापूर्वक अगाडि जानुपर्ने हुन्छ ।

अझै पनि माओवादी जनयुद्वकै मुद्दाको आधारमा कतिपय नेता तथा कार्यकर्ता पक्राउ पर्ने स्थिति छ । उनिहरुलाई जनयुद्वकालिन मुद्दा लागिरहेको छ । यसलाई कसरी हल गर्ने ?

अहिले खासगरि विप्लव पक्षका साथीहरु पक्राउ पर्नुभएको छ । यो गलत छ । उहाँहरुले उठाएको मुद्दाहरुलाई राजनीतिक रुपले हेर्नुपर्दछ । यसरी नेता तथा कार्यकर्तालाई धरपकड गर्ने, दमन गर्ने कार्य बन्द गरिनुपर्दछ । यसको हामी जोडदार विरोध गर्दछौं । अन्य मुद्दाहरु अहिले खास देखिएका छैनन् । तर एउटा युद्वकालिन मुद्दालाई अन्य ढंगबाट लैजान खोजियो भने हामी चुप बस्दैनौं ।

अन्त्यमा, जनयुद्व दिवसको अवसरमा माओवादी आन्दोलनमा सहभागि भएका आम जनताप्रति तपाईंको सन्देश के रहन्छ ?

जनयुद्वका सुभेच्छुक, जनयुद्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने आम जनसमुदाय, शहिद, वेपत्ता योद्धाका परिवारहरु, जनमुक्ति सेनाका कमरेडहरु, घाईते अपाङ्ग कमरेडहरु उहाँहरु सबै सबैलाई म यस अवसरमा सम्झन चाहन्छु ।

अबको कम्युनिष्ट आन्दोलन बांगा टिंगा मोडहरु पार गर्दै अगाडि बढ्नेछ । पुरानो प्रतिक्रियावादी राज्य सत्तालाई ध्वस्त पार्दै अगाडि बढ्छ । यो विषयमा हामी विश्वस्त छौं । अब पुरानो राज्यसत्ता रहँदैन् । यसलाई ध्वस्त पार्दै वैज्ञानिक समाजवाद र साम्यवादतर्फको दिशामा हामी निश्चित रुपमा अगाडि बढ्छौं । त्यो आवश्यक पनि छ । र त्यो सम्भव पनि छ ।

म सबै आम जनसमुदायलाई अन्तिम लडाईंका लागि सहभागि हुन आग्रह पनि गर्दछु ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies