काठमाडौं । काठमाडौं उपत्यकाको सौन्दर्यता कायम राख्न र विद्युतीय प्रणालीलाई सुरक्षीत बनाउने उदेश्यकासाथ विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने कामको शुभारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान महाराजगञ्ज क्षेत्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कामको शुभारम्भ गरेका छन् ।
पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरिएको हो । हाल भइरहेको जमिनमाथिको (ओभरहेड) वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई सौन्दर्यता कायम राख्न सहयोग पुग्ने प्राधिकरणको विश्वास लिएको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार शहरको सौन्दर्यता कायम राख्न र विद्युत प्रणालीलाई सुरक्षित वितरण गर्नको लागि नेपाल सरकारले यसलाई प्राथमिकतामा राखेको यो अभियान सफल हुने दावी गरेका छन् ।
विद्युत् प्रसारणका तारहरूलाई भूमिगत गर्ने कार्य विभिन्न चरणमा सम्पन्न गरिनेछ, ‘पाइलट प्रोजेक्ट’को रूपमा पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रबाट प्रसारण हुने तारलाई भूमिगत गरिन लागेको हो । पहिलो चरणको सफलता र अनुभवको मूल्याङ्कनको आधारमा उपत्यकाको अन्य क्षेत्रका तारहरूलाई भूमिगत गरिने उनले बताएका छन् ।
सुरक्षित र प्रभावकारी विद्युत् प्रसारण तथा ओभर हेड वितरण प्रणालीले सहर कुरूप र असुरक्षित हुनुका साथै सडक विस्तारलगायत विकास निर्माणमा समेत विभिन्न समस्या देखिएकाले प्राधिकरणले प्रसारण तारलाई भूमिगत गर्ने योजना ल्याएको निर्देशक घिसिङको भनाइ छ ।
अहिलेको विद्युत् प्रणाली क्षमता अभिवृद्धि गर्न समेत विद्युत् प्रसारण तारलाई भूमिगत गर्ने योजना ल्याइएको उनले बताए । अहिलेको विद्युत् आपूर्ति मागलाई तत्कालको ओभर हेड विद्युत् प्रसारण प्रणालीले थेग्न नसक्ने भएकाले तारहरूलाई भूमिगत गर्नुको कुनै विकल्प नरहेको उनको निष्कर्ष छ ।
तीनवटै उपत्यकामा भूमिगत तार विछ्याउन एसियाली विकास बैङ्क (एडीबी) को ऋण सहयोगमा विद्युत् प्रसारणका तारहरूलाई भूमिगत (अन्डरग्राउन्ड)गर्न लागिएको हो र यसमा नेपाल सरकारको अर्थमन्त्रालयले फन्डिङ रहेको छ । निर्देशक घिसिङका अनुसार यस अभियान सफल बनाउन करिब १६ अर्ब लगानी लाग्ने अनुमान गरेका छन् ।
प्रधिकरणले पहिलो चरणमा महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने छ । २५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ ।
त्यस्तै रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानहरुमा पनि तार भूमिगत गरिने । ती क्षेत्रमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजका क्रमशः करिब २ सय र ४ सय किलोमिटर तार भूमिगत गरिने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता अधिकारीले जानकारी दिए । साथै त्यहाँ करिब २ सय किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ ।
प्राधिकरणको अभियानमा दूरसञ्चार प्रदायक कम्पनीले विछ्याएको तारको चुनौति
विद्युत प्रणाली(तार)लाई अन्डरग्राउण्ड बनाउन नेपाल सरकार र नेपाल विद्युत प्राधिरकाणले जुन पहल कदमी लिएका छन् । यो स्वागतयोग्य कदम हो । विद्युत आपुर्तिको बढ्दो मागसँगै दिनप्रतिदिन कुरुप बन्दै गएको शहरको सौन्दर्यता कायम राख्न यस योजना कोशेढुंगा हुने विद्युत प्रधिकारणले लिएपनि उपत्यकाको सौन्दर्यता कुरुप बनाउन विद्युत प्रधिकरणमात्र जिम्मेवार छैन ।
अहिले ठुला शहरको सौन्दर्यता कुरुप बनाउने काम विद्युत प्राधिकरण लगायत विभिन्न सेवा प्रदायक कम्पनीले टांगिएको तारले गरिरहेको छ । काठमाडौं उपत्यकाको ठुला चोक, गल्लि, सडक किनारामा यत्रतत्र लत्रिएका टेलिफोनका तार, फाईबार, केबलका तारले शहरको सौन्दर्यतालाई चुनौति दिएको छ । शहरको ठुला चोक, गल्लि र मुल सडमा पोलले धान्नै नसक्ने गरी फिजाइएको तारले एकातिर शहरको सौन्दर्यलाई नष्ट गरिरहेको छ भने अर्कोतिर हावाहुरीको कारण जुनसुकै बेला बटुवाहरुको जीवन खतरामा पर्ने देखिन्छ ।
गत महिना काठमाडौंको तीन कुने सडक खण्डमा एकाक्सी पोलको तारबाट निस्केको आगोको लप्का सडकमा खस्दा बाटो हिड्ने दुई जना सत्त घाइते भएका थिए । सो क्षेत्रमा घण्टौं सवारी जाम भएको थियो । यस्तै, वर्षातको समयमा आउने हावाहुरी र अत्याधिक पानीको कारण विजुलीको पोल त्यसमाथि थेगिनसक्नुको तारले सडम, पेटीमा आवतजावत गर्ने मानिसहरु दुर्घटाको शिकार बन्ने जोखिम रहेको अवस्थामा ढिलै भए पनि विद्युत प्रधिकरणको यस अभियान स्वागतयोग्य कदम मान्न सकिन्छ ।
विद्युतिय तारलाई भूमिगत गर्दैमा शरहरको सौन्दर्यता कायम राख्न सकिन्छ त भन्ने प्रश्नमा निर्देश घिसिङले भने, ‘विद्युतको तारमात्र भूमिगत गर्ने नभइ फाइबर अप्टिकल केवल समेत हामीले विछ्याउने विछ्याउँदै छौं । अब सबै सेवा प्रदायक कम्पनीका तारहरु ओभर हेडमा रहने छैन । त्यसकोलागि नेपाल टेलिकम, एन्सेल लगायत सबै कम्पनीहरुले अप्टिकल फाइबरहरु बिछ्याइरहेका छन् । अइएसडि कम्युनिकेसन प्रोभाडरहरुले गरिरहेका सप्लाइ लिनुहुन्छ । तार हटाउनु हुन्छ ।’
विद्युत्तको तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् । यसबाट डिजिटल नेपालको अवधारणालाई सारकार पार्न मद्दत पुग्ने उनको दावी रहेको छ ।
प्रतिकृया लेख्नुहोस्: