बाँके । प्रदेश नंं.५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार र आतिथ्य सत्कारमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
बाँकेको बैजनाथ गाउँपालिका–६, लालपुरस्थित न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूहको जङ्गल हाताभित्र निर्माण गरिने मानसरोवरको प्रतीकात्मकस्थल सहितको वनस्पति उद्यानको सोमबार शिलान्यास गर्दै उनले भने, ‘बोटबिरुवाले मात्र पर्यटक आकर्षण गर्न सक्दैन, त्यसका लागि भौतिक संरचनाका साथै आतिथ्य संस्कारमा समेत विशेष ध्यान दिनुपर्दछ ।’
मुख्यमन्त्री पोखरेलले स्थानीय सरकारले पनि पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध तरिकाले लाग्न जरुरी रहेको उल्लेख गर्दै प्रदेश सरकारले निर्माण गर्ने संरचनाको संरक्षणका लागि स्थानीय सरकार प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । ‘स्थानीयवासीको प्रत्यक्ष सहभागिता भएमात्र वनस्पति उद्यानको योजनाले पूर्णता पाउनेछ’, उनले भने ।
प्रदेश सरकारबाट विनियोजित रकममध्येबाट डिभिजन वन कार्यालय बाँकेको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक बजेट कार्यक्रमअन्तर्गत वनस्पति उद्यानको योजना अगाडि बढेको छ । राज निर्माण सेवा नेपालगञ्जसँग रु एक करोड ६ लाख आठ हजार २९१ मा २०७६ पुस २४ गते सम्झौता भई २०७७ साल असार २५ गतेसम्म निर्माणसम्पन्न हुनेगरी निर्माण कम्पनीले काम शुरु गरेको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत मोहन श्रेष्ठले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: