काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा १ सय ७५ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरुबारेका गोप्य फाइलसहितका कागजात खोतल्न सुरु गरेको छ।
आजको नागरिक दैनिकमा खबर छ - विशेष अदालतमा शुक्रबार मुद्दा दर्तापछि सिआइबीले सम्बन्धित व्यक्ति तथा कार्यालयहरुबाटै कागजी प्रमाण झिकाएर भित्री अनुसन्धान सुरु गरेको हो।
सिआइबीका प्रवक्ता बेलबहादुर पाण्डेले अनुसन्धानका क्रममा गोप्य फाइल अध्ययन गर्नुपर्ने बताए। उनका अनुसार सिआइबीले गर्ने बाँकी अनुसन्धानको पाटो मुख्यतया कागजी फाइल नै हुनेछ।
पुराना फाइल तथा दस्तावेजमात्रै नभएर व्यक्तिलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्ने योजना सिआइबीको छ। अनुसन्धानका लागि सरकारी निकायबाट पत्र झिकाउने कार्य सुरु भएको छ। ‘गहन कागजपत्र र अध्ययनपछि मात्रै यसको सत्यतथ्य बाहिर आउन सक्छ।
‘हामीले कागजातलाई मुख्य आधार बनाएका छौं,’ उनले भने, ‘सक्दो छिटो अनुसन्धान सकिन्छ। अहिले सरकारी निकाय तथा व्यक्तिहरुबाटै हामीले दस्तावेज माग गरिरहेका छौं।’
उनले ककसलाई पक्राउ गर्ने भन्नेबारे योजना बनिसकेको तर त्यसलाई अहिले सावर्जनिक गर्न नमिल्ने बताए। ‘किर्ते गरी सरकारी जग्गा हिनामिना गरेको भन्दै शुक्रबार ब्युरोमा किटानी जाहेरी परेको छ,’ पाण्डेले भने, ‘यसमा गहन र संवेदनशील तवरले अनुसन्धान हुन्छ।’
सिआइबीले किटानी जाहेरी परेकाहरूलाई योजनाबद्ध ढंगले पक्राउ गरी कारबाही तथा अनुसन्धान गरिने बताएको छ।
प्रकरणसँग जोडिएका व्यक्तिहरुले गरेको जग्गा खरिदबिक्री र अन्य कागजातको पनि गोप्य अध्ययन हुनेछ। दोषीलाई उम्कन नदिनेगरी अनुसन्धान भइरहेको दाबी सिआइबीको छ। बालुवाटारको हडपिएको सो जग्गामा राज्यका शक्तिशाली व्यक्ति भोगाधिकारी छन्।
पूर्वडिआइजी हेमन्त मल्लले अनुसन्धान प्रक्रियामा थप संवेदनशीलता अपनाउनुपर्ने बताए। उनले अनुसन्धानका लागि सबैलाई थुनामा राख्न सकिने अवस्था नभएकाले कागजी प्रमाणलाई नै मुख्य आधार मान्न सकिने बताए।
‘थुन्ने कि नथुन्ने भन्ने विषयमा अलमल भइरहेको छ। १ सय ७५ जनालाई थुनेर अनुसन्धान गर्नु निकै चुनौती हुन्छ। केहीलाई थुन्दा अप्ठेरो पर्छ। बयान लिनै सक्ने अवस्था हुँदैन। त्यसकारण कागज वा अन्य तरिका अपनाउन आवश्यक छ,’ उनले भने। उनले सुरुमा गरेको अनुमान अनुसन्धान गर्दै जाँदा फरक हुन सक्ने बताए।
प्रवक्ता पाण्डेका अनुसार यसअघि गत फागुन २८ मा ललितानिवास जग्गा हिनामिनाबारे अनुसन्धान गर्न सिआइबीलाई जिम्मेवारी दिइएको थियो। अनुसन्धान सकिएपछि सिआइबीले माघ १६ गते गृह मन्त्रालयमा प्रतिवेदन पेस गरेको थियो।
सिआइबी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टाछुट्टै अनुसन्धान प्रक्रिया अघि बढाएका थिए। आयोगले दुई साताअघि एक सय ७५ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार मुद्दा दर्ता गरेको छ।
सिआइबीको अनुसन्धानअनुसार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार, डा।बाबुराम भट्टराईलगायतलाई प्रतिवादी बनाउने÷नबनाउने भन्ने विषय टुंगो लागेको छैन।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: