काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणलाई लक्षित गरि भारतीय सरकारले यमुना नदि सरसफाईको काम अगाडि बढाएको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार यमुनालाई सफा बनाउन उत्तर प्रदेशको सिंचाई विभागले थप पानी गंगानहरबाट बगाउने निर्णय गरेको हो ।
उत्तर प्रदेश सिंचाई विभागका प्रमुख इन्जिनियर धर्मेन्द्र सिंह फोगाटले मांट नहरको माध्यमबाट ५०० क्यूसेक पानी मथुरामा छोडिएको जानकारी सञ्चारमाध्यमलाई दिएका छन् । छोडिएको पानी आगामी तीन दिनमा मथुराहुँदै २१ फ्रेबुअरीसम्म आगरा पुग्नेछ । फोगाटले २४ फ्रेबुअरीसम्म यमुनामा निरन्तर पानी छोडिने जनाएका छन् ।
जनाइएअनुसार अत्यन्तै प्रदुषित बनेको यमुना नदिमा दैनिक ५ सय क्यूसेक पानी छोड्दा केहि दिनमै नदीको पानी स्वच्छ देखिनेछ । साथै यमुनाको नदिमा भरिएको केमिकलको मात्रामा पनि कमि आउनेछ । दुघन्र्धले भरिएको नदि केहि दिनको लागि सफा र गन्धरहित हुने आशा गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी फ्रेबुअरी २४ देखि २६ सम्म भारतको भ्रमण गर्दैछन् । उनी राजधानी दिल्लीसहित गुजरात, अहमदाबाद र उत्तर प्रदेशको आगरा पुग्नेछन् ।
अहमदाबामा आयोजित ‘हाउडी मोदी’ कार्यक्रममा उनले सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणमा ट्रम्प र उनकी पत्नी मेलानिया आउने जनाइएको छ ।
झुपडीबस्ती छोप्न पर्खाल बनाईंदै
अहमदाबादमा ट्रम्प साबरमती आश्रम जाने र फेरि उनि इन्दिरा ब्रिज हुँदै मोटेरा क्रिकेट स्टेडियमसम्म जानेछन् । स्टेडियमसम्म जाने बाटोमा झुग्गी बस्ती पर्दछ । ट्रम्पलाई झुग्गी बस्ती नदेखाउन सडकको किनारमा अहिले अग्लो पर्खाल बनाईदैछ ।
मोदी सरकारले ट्रम्पलाई झुपडी बस्ती नदेखाउन उक्त काम गरिरहेको हो । अहमदाबाद नगर निगमदेखि सरदार वल्लभभाई पटेल इन्टरनेशनल विमानस्थलसम्म जाने बाटोको बीच करिब ५०० मिटरमा अहिले पर्खाल बनाईंदैछ । जनाईएअनुसार झुपडी बस्ती नदेखाउन पर्खालको उचाई सात फिटसम्मको बनाईंदैछ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: