Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

‘डोरमणी त मुख्यमन्त्री नै होइन्, उनी त मुखमन्त्री हुन्’

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीको भूमिकालाई लिएर नेकपा बागमती कमिटीभित्र तिव्र मतभेद शुरु भएको छ । नेकपाभित्र खासमा केपी शर्मा ओली पक्ष र माधब पक्षबीच अन्तरकलह बढ्दै गएको देखिन्छ । प्रदेशसभाको मुख्यमन्त्री छनोट प्रकृयादेखि नै रुष्ट बनेको माधब नेपाल पक्षधर नेताहरु केन्द्रमा प्रचण्डपक्षसँग भैंसेपार्टीमा समिकरण भएपछि त्यसको प्रभाव विस्तारै प्रदेशतर्फ देखिन थालेको छ । मुख्यमन्त्री अहिले प्रदेशसभामा अल्पमतमा परेको नेकपाकै नेताहरुले भन्न थालेका छन् ।

मुख्यमन्त्रीको भूमिकालाई लिएर प्रदेश कमिटीमा देखिएको विवादबारे खबर डबलीका तर्फबाट गणेश पाण्डेले गत वर्ष मन्त्रीबाट हटाइएका नेकपा नेता एवं बागमती प्रदेशसभा सदस्य केशव स्थापितसँग कुराकानी गरेका छन् । स्थापितसँग प्रदेश सरकारभित्रको खटपटीबारे गरिएको कुराकानीको सम्पादित अंश :

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको भूमिकालाई लिएर नेकपा बागमती प्रदेशभित्र तिब्र असन्तुष्टि रहेको भनिएको छ । वास्तवमा भएको के हो ?

होइन, यसबारेमा म एक शब्द पनि बोल्दिन । कसले के भन्यो म त्यतातिर जान चाहन्न । उपयुक्त पात्रलाई नेतृत्व नदिँदा खटपटी देखिन्छ ।

तपाई नेकपाको एक जिम्मेवार नेता पनि हुनुहुन्छ । बागमती प्रदेशसभा सदस्य पनि रहनु भएको छ । मुख्यमन्त्रीको भूमिकालाई कसरी लिनु भएको छ ?

तपाईं डोरमणि पौडेललाई मुख्यमन्त्री मान्नुहुन्छ ? उनी मुख्यमन्त्री नै होइनन् । उनमा काम गर्ने त क्षमता नै छैन । खासमा उनी मुखमन्त्री हुन । केन्द्रको मुख ताक्ने, बस्ने । यो बाहेक अरु उनीमा कुनै क्षमता छ र ?

कतिपयले मुख्यमन्त्री पौडेलाई पुराना, अनुभवी र विकासप्रेमी नेता भनेर भन्ने गरेका छन् । तर, तपाई उहाँको विरोध गरिरहनु भएको छ किन ?

उनलाई मैंले परिस्थितिले नेता मानेको हो । उनीमा कुनै भिजन छ र ? उनी नेता हुन लायकको मानिस पनि होइनन् । नेतृत्वले मानेपछि मान्देको मात्र हो । उनको चिन्तन हेटौंडाभन्दा माथि छैन् । उनले पुरै मकवानपुरलाई पनि हेर्नुहुन्न भने १३ वटा जिल्ला कसरी सम्हाल्नु हुन्छ ?

त्यसो भए तपाई मुख्यमन्त्री पौडेललाई के सुझाव दिन चाहनुहुन्छ ?

अहिले मेरो भनाइ केहि पनि छैन । मेरो अहिले एकल अभियान भनेको नेपालमा गाँजा खेतिलाई बैधानिकता दिनेमात्र हो । गाँजा खेति अभियानमा लागेको मानिसले मुख्यमन्त्री वा शासनसत्ताबारे बोल्दा मानिसले केशव बौलायो भन्छन् ।

तपाईलाई धेरैले एउटा भिजनरी र काम गर्ने क्षमता भएको नेताको रुपमा चिन्छन् । त्यो क्षमता काठमाडौं महानगरपालिको मेयर भएर पनि प्रमाणित गर्नुभयो । केहि समय बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्री बन्नु भयो पछि मन्त्री पद त्यागेर गाँजा खेतिमा लाग्नुभएको छ किन ?

मेरो लेबलै नमिलेको मानिससँग बसेर काम गर्नुको कुनै तुक छैन । म अहिले त्यो सरकारबाट हटेको ठिकै लागिरहेको छ । मेरो भिजनले उनको पदै खोस्न लाग्यो कि भन्ने थियो । मुख्यमन्त्री नै बन्न आँट्यो कि भन्ने त्रासमा राख्नुभन्दा पद छोड्नु उत्तम लाग्यो । क्याबिनेटमा मुख्यमन्त्रीले तँसँग काम नगर्ने भन्न पाइन्छ ? नभएको आरोप लगाउन पाएन नि । चित्त नबुझेको कुरा त भन्न पाइन्छ नि ।

मुख्यमन्त्रीको कामकारवाहीलाई लिएर संसदीय दलभित्र धेरै सदस्यहरुले हस्ताक्षर अभियान नै चलाएका भन्ने छ नि तपाईंको सहभागिता छ कि छैन ?

म यो अभियानमा छैन् । अरुले मेरो साथ खोज्छन भने जुनसुकै बेला पनि म तयार छु । अहिले मेरो एकल अभियान भनेको नेपालमा गाँजा खेतिलाई वैधानिकता दिने नै हो । यस सम्बन्धि विधेयक ल्याएर कानून बनाउन पर्छ भन्नेमा म अडिक छु ।

भनेपछि तपाई मन्त्रीबाट हटेपछि गाँजा खेति अभियानमा व्यस्त हुनुन्छ ?

हो । म अहिले गाँजा खेति अभियानमा व्यस्त छु । मेरो पहिलो काम भनेको नेपालमा गाँजालाई प्रतिबन्ध फुकुवा गर्ने हो । त्यसपछि गाँजालाई व्यवसायी खेति गर्न वैधानिकता दिने र, गाँजा खेतिबारे राष्ट्रिय बहस सिर्जना गर्नेमा मेरो ध्यान केन्द्रित रहने छ । नेपाललाई गाँजा खेतिबाटै समृद्धितर्फ लैजान सकिन्छ ।

नेपालका गाँजा खेतिलाई सरकारले नै प्रतिबन्ध लगाएको छ । सरकारले गाँजा खेतिलाई फुकुवा गरे युवाहरु झन् कुलतमा फस्छन्, नेपाल विदेशीको ट्रान्जिट पोइन्ट हुन सक्छ भनिएको छ । यस्तो अवस्थामा तपाईको अभियान कसरी सफल हुन्छ ?

राजनीति गर्ने लेबलबाट म अहिले एक्लो छु । समय घर्किदै जाँदा यस खेतिबारे सबैले बुझ्छन् । संघमा पनि ४९ जना सांसदहरु यस अभियानमा लागेका छन् भन्ने मैले सुनेको छु । हेर्दै जानोस छिट्टै संसदमा यस सम्बन्धी विधेयक प्रस्तुत हुन्छ । मेरो तर्फबाट म बागमती प्रदेशमा ल्याउँछु । अन्य साथीहरुले अन्य प्रदेशमा ल्याउँछन् । अब यो राष्ट्रिय बहसको विषय बन्छ ।

कुन मन्त्रीले के गर्योभन्दा पनि नेपालका गाँजा खेतिलाई वैधानिकता दिन तर्फ सबैको ध्यान जान जरुरी छ । नेपालको अर्थतन्त्रको मुख्य आधार भनेको गाँजा खेति हो । सबै मानिसलाई करोडपति बनाउन छोडेर मुख्यमन्त्रीले के गर्यो भनेर पछि लागेर हुन्छ ? त्यसैले कुन मन्त्रीले के भने ? को मन्त्री भए ? त्यतातिर मेरो ध्यानै छैन ।

गाँजा उत्पादन नहुने मुलुकहरु करोडौं आम्दानी गर्ने भइसके गाँजाको उर्भर भूमि रहेको नेपालमा चाकु बनाए बसेका छौं ।

अन्त्यमा, तपाईका धेरै साथीहरुले मुख्यमन्त्रीको कामप्रति चित्त दुःखाइराखेको भन्ने कुरा बाहिर आएको छ । उहाँलाई पदबाट हटाउने अभियानमै लागेका छन् भन्ने सुनिन्छ । तपाई चाहिँ यस अभियानमा लाग्नु भएको छ कि छैन ?

छैन–छैन, म यो अभियानमा छैन । यो अभियानमा साथीहरु नै लागुन । म गाँजा खेति अभियानमा लागेको मानिस अभियान सफल नभएसम्म लाग्नु पर्यो नि । कहिले मन्त्री, कहिले मुख्यमन्त्री भनेर मान्छे उँभो लाग्दैन ।

अहिले नेपालमा दलित, जानजाति मात्र नभइ गरिबीले बाहुन–क्षेत्रिको हालत पनि दयनीय बन्दै गएको छ । नेपालमा ठुलो सम्भाव्यता बोकेको गाँजा खेतिलाई प्रतिबन्ध लगाएर त्यो देशको नागरिक कहिल्यै उँभो लाग्छ ? नेपालमा मन्त्रीको कुनै काम छैन । मन्त्रीसन्त्रीको पछि लाग्न छोडेर गाँजा खेति अभियानमा सघाउनोस ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies