Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

चीनसँग स्पष्ट सम्बन्ध नभईकनै कोरोनाभाइरस सङ्क्रमण फैलिँदा विश्व स्वास्थ्य सङ्गठन चिन्तित

एजेन्सी । चीनसँग स्पष्ट सम्बन्ध नभएका कोरोनाभाइरस सङ्क्रमणका घटनाको सङ्ख्या बढ्न थालेपछि विश्व स्वास्थ्य सङ्गठनले चिन्ता व्यक्त गरेको छ ।

कोभिड-१९ का कारण इरानमा थप दुई जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा। टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे प्रतिक्रिया दिएका हुन्। इरानमा यसअघि पनि दुई जनाको मृत्यु भएको थियो।

उनले उक्त भाइरस नियन्त्रण गर्ने अवसर साँघुरिँदै गएको टिप्पणी गरे।

इरानी अधिकारीहरूका अनुसार इरानका सबै सहरहरूमा उक्त भाइरस फैलिसकेको हुन सक्छ।

अहिलेसम्म चीनबाहिर कुल २६ देशमा १,१५२ जनामा नयाँ कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। तीमध्ये आठ जनाको मृत्यु भइसकेको छ।

कोरोनाभाइरसका कारण दक्षिण कोरियामा थप दुई जनाको मृत्यु भएको छ।

चीन र जापानको तटनजिकै क्वारन्टीनमा राखिएको एउटा पानीजहाजबाहेक अन्यत्र दक्षिण कोरियामा कोभिड-१९ भएका मानिसको सङ्ख्या सर्वाधिक छ।

इटलीमा एक ७८ वर्षीय वृद्धको मृत्यु भएको शुक्रवार चिकित्सकहरूले बताएका थिए। त्यहाँ थप १६ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ।

प्रभावित क्षेत्रहरूमा विद्यालय र कार्यालय बन्द गरिने तथा खेलकुदका गतिविधि स्थगित हुने स्वास्थ्यमन्त्रीले बताएका छन्।

चीनमा अहिलेसम्म ७५,५६७ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ। तीमध्ये २,२३९ जनाको मृत्यु भइसकेको छ।

के भने विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले ?
डा। गेहब्रेयससले चीनबाहिर कोरोनाभाइरस सङ्क्रमण भएका मानिसको सङ्ख्या तुलनात्मक रूपमा कम भए पनि सङ्क्रमणको तरिका चिन्ताजनकभएको बताएका छन्।

प्रभावित क्षेत्रको यात्रा गरेको वा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएको जस्ता रोगसँग कुनै स्पष्ट सम्बन्ध नभएका बिरामीको सङ्ख्याका कारण आफूहरू चिन्तित भएको उनले बताए।

उनका अनुसार इरानमा भएका मृत्यु र सङ्क्रमणका नयाँ घटना धेरै चिन्ताका विषय हुन्। तर उनले चीन र अन्य देशले रोग नियन्त्रण गर्न अवलम्बन गरेका उपायका कारण उक्त भाइरसलाई थप फैलिन नदिने सम्भावना भएको टिप्पणी गरे।

सम्भावित महामारीसँग सङ्घर्ष गर्न उनले देशहरूलाई थप स्रोत परिचालन गर्न आग्रह गरे।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending