बालबालिकाहरू मोबाइल र अन्य उपकरणसँग हुर्किरहेको समयमा आमाको सूचना र सञ्चार प्रविधिको ज्ञान महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन्।
इन्टरनेट, मोबाइल र उपकरणको सही सञ्चालन र उपयोगबारे आमा जानकार नभए बालबालिकाको विकासमा बाधा पुग्ने हुँदा आमाहरूलाई सूचना र सञ्चार प्रविधिको ज्ञान दिलाउने अभियानको थालनी हुनुपर्ने जानकारहरू बताउँछन्।
बालबालिकाले अधिकांश समय इन्टरनेटमा बिताए भन्ने दुखेसो गर्ने अभिभावकको सङ्ख्या बढिरहेकोले यस विषयमा छलफलहरू चलाउनु पर्ने विज्ञहरू बताउँछन्।
बालबालिकाको क्षेत्रमा काम गर्ने सिविनकी कार्यकारी निर्देशक सुम्निमा तुलाधर भन्छिन् आमाले इन्टरनेट चलाउन बन्देज गर्ने नभई के चलाउने र कति समय चलाउने भन्ने सिकाउन सके राम्रो हुन्छ।
एकाङ्की दैनिकी
मोबाइल र विद्युतीय उपकरणमा बालबालिका व्यस्त हुँदा एकाङ्की हुने अभिभावकहरू बताउँछन्।
मनोविद् मिनाक्षी दाहाल उपकरणको प्रयोगका कारण गम्भीर प्रकृतिका समस्याहरू कयौँ परिवारमा आइरहेको बताउँछिन्।
दाहालका अनुसार मोबाइल र इन्टरनेटको सही प्रयोग नजान्दा नेपाली समाजमा भ्वाङ सिर्जना गरिरहेको छ।
आफै नजानी के सिकाउने ?
नेपालको जनसङ्ख्याको ७० प्रतिशतको सङ्ख्यामा इन्टरनेट जोडिएका उपकरण छन्। ठूलो सङ्ख्यामा ती मोबाइल छन्।
तुलाधरका अनुसार इन्टरनेटमा महिला प्रयोगकर्तामध्ये विभिन्न हिंसामा परिरहेका कारण उनीहरूलाई सही प्रयोग सिकाउन जरुरी रहेको बताउँछिन्।
उनी भन्छिन् सामाजिक सञ्जाल चलाउने महिलाहरू अभद्र बोल्ने वा व्यवहार गर्ने मानिसहरूबाट आफ्नो बचाउ गर्न जान्दैनन्। सामान्य कुरा थाहा नपाएर कति महिलाहरू हिंसामा परिरहेका छन्।
आफै नजानेपछिे उनीहरूले आफ्नो सन्तानलाई के सिकाउने र कसरी बचाउने ?
महिला सहभागिता कम
महिलाहरूका लागि तालिम सञ्चालन गर्ने प्रविधिमा महिला नेतृत्वकी रजिना श्रेष्ठ प्राविधिक तालिम र गोष्ठीहरूमा महिला सहभागिता न्यून रहने गरेको अनुभव सुनाउँछिन्।
इन्टरनेटमा पहुँच हुने महिलाहरूको सङ्ख्या बढिरहेको देखिएपनि अधिकांश फेसबुक‚ युट्युव र टिकटकको प्रयोगमा सीमित भएको उनको भनाइ छ।
प्रविधिको विकासपछि बालबालिका खेलाउने र सिकाउने विषय र विधिमा पनि परिवर्तन गर्न आवश्यक रहेको जानकारहरू बताउँछन्।
निजी विद्यालयको संस्था प्याब्सनकी उपाध्यक्ष दिपिका थापा भन्छिन्स् मोबाइल र इन्टरनेट चलाउन बन्देज होइन, कति समय चलाउने र के चलाउने भन्ने जानकारीसहित बालबालिकालाई मोबाइल चलाउन दिनुपर्छ।
बन्देज असहज
नेपाल सरकारले सन् २०३० सम्ममा १५ देखि २४ वर्ष उमेर समूहका सबै महिलाहरूलाई इन्टनेटको पहुँचमा पुर्याउने लक्ष्य राखेको छ।
तर इन्टरनेटको उचित प्रयोगबारे महिलालक्षित कार्यक्रमहरूको कुनै खाका अहिलेसम्म सरकारसँग नहुनु मुख्य चुनौती भएको धेरैको भनाइ छ।
थापाका अनुसार नेपालका विद्यालयमा पनि सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी अध्ययन अध्यापन भइरहेको छ।
थापा भन्छिन्स् तर त्यसको व्यावहारिक‚ सही र सुरक्षित प्रयोगबारे पनि उनीहरूलाई बुझाउन पर्ने अवस्था छ।
यस विषयमा गहन छलफल र बहसहरू हुनपर्छ र अभिभावकहरूलाई यस विषयमा यथेष्ट जानकारी दिनुपर्छ। बीबीसी
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: