Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

एमसीसीलाई पारित गराउन अमेरिकी अधिकारीले दबाब दिनुमै रहस्य लुकेको छ

\"\" अहिलेको अवस्थामा एमसीसी जसरी आएको छ, यसलाई जस्ताको तस्तै पारित गर्दा राष्ट्रियता, भौगोलिक अखण्डता, सुरक्षालगायत सबै चिजमा नकारात्मक असर पर्छ । यसमा कतिपय प्रावधान लुकाइएका कुरा विस्तारै खुल्दै आएको छ । जनताकोबीचमा कुनै जानकारी गराइएको रहेनछ । यसको अर्थ एमसीसी सम्झौतामा झन खतरनाक पक्ष रहेछ भन्ने बुझ्नु पर्छ । जब यस्तो खतरनाक पक्षको सम्झौता रहेछ भने त्यो सम्झौता कसरी संसदबाट पारित हुन सक्छ ? त्यसकारण हाम्रो पार्टीले यसलाई पास गर्ने छैन भन्ने विश्वास छ । मुलुकमा अहिले दुईवटा दृष्टिकोण राख्ने प्रवृत्ति हावी रहेका छन् । एकले देशलाई सर्वोपरी हित राखेर गर्ने, अर्को मित्रताको नाममा विश्वका शक्तिराष्ट्रको गठबन्धनमा आफुलाई आत्मसमर्पण गराउने । यो प्रवृत्तिकाबीचबाट हिजो एमसीसीबारेमा गहिरो अध्ययन अनुसन्धान नगर्नुनै गम्भिर गल्ति थियो । त्यसको सर्तको ख्यान नगर्नु, मुलुलाई सर्तबन्दीमा फसाउनुनै गलत थियो । अर्को कुरा एमसीसी पास गराउन अमेरिकी अधिकारीले राज्य संचालनमा बसेका व्यक्तिहरुलाई दवाव दिएको भन्ने कुरा जुन बाहिर आएको छ । यो एकदम गलत हो । सहयोग लिने नलिने हाम्रो अधिकारको कुरा हो । दवाव किन दिने । उनीहरुको दवाव किन चाहियो ? सहयोगको नाममा दवाव दिनुमै अमेरिकाको केही रहस्य छ । तिमीहरुले सहियोग लिनै पर्छ भनेर बारम्बार दवाव किन दिने ? संसदबाट पारित गर्न किन भन्ने ? नेपाली जनताले तिमीहरुको सहयोग आवस्यक छैन भने छोडिदिए भइहाल्यो नि । यो त पहिलेका सामन्ती साहुहरुले पहिले मेरो श्रृण खा खाएबापत केके गर्ने हो पछि गरौंला भने जस्तो भयो । यसको अर्थ दलका सबै नेताहरु राष्टघाति भए, जनताको मतमा नेताहरुले देशै डुबाउन थाले भन्ने अति नकारात्मक सोच पनि राख्नु भएन । अहिले नेपाली जनता पनि धेरै सचेत भइसकेका छन् । नेताहरुलाई विश्वास गर्नुको साथसाथै सतर्क पनि हुनुपर्छ । जनता जागरुक भए भने नेताले गल्ति गर्न सक्दैनन् । सबै काम नेताले गर्दिन्छन् भन्ने सोच राख्यो भने जनता पनि फस्छन् र देशपनि डुब्छ । त्यसकारण जनता राजनीतिबाट अलग हुनुहुँदैन । जनता राजनीतिका चनाखो भएर आफुले जिताएर पठाएका जनप्रतिनिधिले गर्ने हरेक काममा निग्रानी राख्नुपर्छ । यसको लागि जनतालाई सूचना दिने काम सञ्चारमाध्यमको हो । सञ्चार जगतले निष्पक्ष ढंगले देश र जनताको निम्ति आवाज उठाउनुपर्छ । (पोखरेल नेकपाका नेता हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies