Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

मिटर ब्याज र हुन्डीको पैसा उठाउन ‘चेक बाउन्स’

काठमाडौं  ।भक्तपुरको सूर्यविनायकमा बस्दै आएकी हेटौँडाकी रोजिता कर्माचार्य कौशलटारस्थित लक्ष्मी बैंकमा चेक साट्न पटक–पटक पुगिरहिन् । कर्माचार्यसँग एकै व्यक्तिले दिएका २५ लाख रुपैयाँका तीनवटा चेक थिए । हरेकपटक बैंकका कर्मचारीले चेक दिने व्यक्तिको खातामा त्यति पैसा नभएको भनेर फर्काउँथे । १ चैत ०७५ मा काटिएका चेकबाट पैसा निकाल्न खोज्दा बैंकले पैसा नभएको भनेपछि उनले चेक बाउन्स गराइन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - उनले चेक दिने काभ्रे नमोबुद्धका ‘छिरिङ’ भनिने कुमार लामाविरुद्ध गत ८ मंसिरमा महानगरीय प्रहरी वृत्त ठिमीमा उजुरी दिइन् । कर्माचार्यसँग पैसा लिएपछि लामाले चेक दिएका थिए । तर, खातामा पैसा जम्मा गर्न नसकेका लामालाई कर्माचार्यको उजुरीपछि प्रहरीले गत २३ मंसिरमा पक्राउ ग-यो ।

उनीविरुद्ध प्रहरीले बैंकिङ कसुरमा मुद्दा चलायो । लामालाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न भनेपछि हाल नख्खु कारागारमा छन् । तर, कुमारले रोजितासँग त्यतिका पैसा किन लगे ? र, किन फिर्ता गर्न सकेनन् ? भन्ने प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । कुमारविरुद्ध सिन्धुपाल्चोकका रामकुमार भण्डारीले पनि ५२ लाख ठगी गरेको उजुरी दिएका छन् ।

तारकेश्वर नगरपालिका–१ का ५४ वर्षीय राजेन्द्र बुढाथोकी गत १४ माघमा पक्राउ परे । उनले एक व्यक्तिबाट पाँच लाख लिएको र फिर्ता गर्दा चेक दिए पनि पैसा जम्मा नगरेपछि चेक बाउन्सको मुद्दामा अदालतले सजाय तोकेको थियो । उनलाई उच्च अदालत पाटनको २८ असोज ०७६ को फैसलाले १५ दिन कैद र पाँच लाख जरिवाना तोकेको थियो । उस्तै, मुद्दामा दोषी ठहरिएका कलंकी बस्ने ३० वर्षीय राजेश बम पनि गत साता पक्राउ परे । उनले पैसा नभए पनि माछापुच्छे« बैंकको तीन लाख ५० हजारको चेक काटेको खुलेको थियो । उनीविरुद्ध अदालतले पाँच दिन कैद र तीन लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।

भक्तपुर–४ का दिनेश सुवालले सिर्जना कार्कीबाट २६ कात्तिक ०७६ मा दुईवटा चेक लिए । कार्कीले सुवाललाई फिर्ता गर्नुपर्ने १५ लाख ५० हजार रुपैयाँ थियो । पहिलो चेक नौ लाख ५० हजार रुपैयाँको एनआइसी एसिया बैंकको र अर्को सिद्धार्थ बैंकको ६ लाख रुपैयाँको थियो ।

आफूले पाउने रकम माग्दा पाएका चेक नसाटिएपछि उनले पनि बाउन्स गराए । कार्कीविरुद्ध प्रहरीले बैंकिङ कसुरको मुद्दा चलायो । प्रहरीमा त्यसपछि उजुरीका चाङ लागे । कार्कीविरुद्ध मात्रै पाँच उजुरी परे । उनीविरुद्ध पूजा थापामगरले १८ लाख ५० हजार, टीकामाया सुनुवारले १५ लाख, रूपा भण्डारीले नौ लाख ८० हजार र सपना सुनुवारले पाँच लाख रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरी वृत्तले जनाएको छ ।

भक्तपुरको ठिमी प्रहरी वृत्तमा मात्रै उस्तै प्रकृतिका २८ मुद्दा परेका छन् । अन्य दर्जनौँ मुद्दा अनुसन्धानको प्रक्रियामा छन् । यहाँ मात्रै होइन, काठमाडौं उपत्यकामै बैंकिङ कसुर, ठगी र आर्थिक अपराध मौलाएको छ ।

प्रहरीको काम नै कालो धन्दामा डुबेको पैसा उठाइदिने मात्रै भएको जस्तो गरी मुद्दा लड्न प्रहरीलाई भ्याइनभ्याइ छ । डिएसपी शान्तिराज कोइराला भन्छन्, ‘उस्तै प्रकृतिका मुद्दा धेरै छन्, अधिकांशले वैदेशिक रोजगार, व्यवसाय, घरायसी कामकाज र अन्य कारण देखाएका छन् । तर, प्रायः घटनामा अनुसन्धान गर्दा पैसा लिनुको कारण त्यस्तो देखिँदैन ।’ सहरमा हुन्डी, मिटर ब्याज र जुवामा पैसा लगाउने र नउठेपछि चेक बाउन्स गराई पैसा उठाउन प्रहरीकहाँ उजुरी दिने विकृति मौलाएको डिएसपी कोइराला बताउँछन् ।

‘धेरै कमाउने लोभले जानीजानी गैरकानुनी धन्दामा पैसा डुबाउँछन्, फिर्ता नभएपछि उजुरी गर्छन्,’ उनी भन्छन्, ‘प्रहरीको काम नै ठगीको पैसा उठाउने मात्रै भएझैँ छ ।’ साँच्चिकै ठगीका मुद्दामा प्रहरीको दायित्व भए पनि बैंकिङ कसुरसम्बन्धी नयाँ ऐन आएपछि मिटर ब्याज, जुवा वा हुन्डीमा फसेको पैसा उठाउन सहज देखिएको प्रहरीको भनाइ छ ।

तर, मुद्दाको फैसलासम्म पुग्दासमेत पक्ष, विपक्ष र साक्षीले समेत मिटर ब्याज वा हुन्डीमा लगानी गरेको खुलाउँदैनन् । यस्ता प्रकृतिका सबै मुद्दा सरकारवादी हुन्छन् । उच्च अदालत पाटनका उपरजिस्टार शम्भुप्रसाद रेग्मी भन्छन्, ‘मुद्दाको मिसिलमा त्यस्ता कुरा खुल्दैनन्, खाली लेनदेनमा ठगी भएको कुरा आउँछ, पैसा नतिर्ने नियत देखिन्छ ।’

दोब्बरले बढे ‘बैंकिङ अपराध’

पछिल्ला वर्ष उपत्यकासहित बागमती प्रदेशका ११ जिल्लामा ‘बैंकिङ कसुर’सम्बन्धी अपराध दोब्बरले वृद्धि भएका छन् । उच्च अदालत पाटनको वाणिज्य इजलासमा चालू आर्थिक वर्षको हालसम्म तीन हजार ९१ वटा मुद्दा छन् । तीमध्ये दुई हजार नौ सय ६७ मुद्दा बैंकिङ कसुरका मात्रै छन् ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्म अर्थात् ६ महिनामा बैंकिङ कसुरमा मात्रै एक हजार आठ सय ४३ मुद्दा दर्ता भए । अदालतका उपरजिस्टार रेग्मी भन्छन्, ‘अघिल्लो वर्षमा एक हजार आठ सय १९ मुद्दा दर्ता भएका थिए, यसवर्ष ६ महिनामै त्योभन्दा बढी अर्थात् एक हजार आठ सय ४३ मुद्दा दर्ता भइसके ।’ रेग्मीका अनुसार आधाभन्दा बढी मुद्दा चेक बाउन्ससँग सम्बन्धित छन् । अरू मुद्दा ऋण प्रवाह, कर्मचारी र सञ्चालकको स्वार्थ, विद्युतीय कारोबारमा ठगीलगायत छन् ।

आर्थिक वर्ष ०७३-७४ मा बैंकिङ कसुरमा ७० मुद्दा थिए । त्यो वर्ष १५ वटा मात्रै फैसला भए । ०७४÷७५ मा चार सय ५१ नयाँ मुद्दा थपिए र अघिल्लो वर्षको जिम्मेवारी सरेका ५५ सहित पाँच सय ६ मुद्दा थिए । सो वर्ष अदालतले एक सय ६१ मुद्दा फस्र्योट ग¥यो । आव ०७५÷७६ मा मुद्दा दर्ताको क्रम ह्वात्तै बढ्यो र एक हजार आठ सय १९ मुद्दा दर्ता भए, जिम्मेवारी सरेका तीन सय ४५ सहित जम्मा मुद्दा दुई हजार एक सय ६४ थिए ।

चालू आर्थिक वर्षमा अदालतले अहिलेसम्म नौ सय ८३ मुद्दा फस्र्योट गरेको छ । यहाँबाट काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीका नागरिकले सेवा लिन्छन् । यसभन्दा अघि जिल्ला अदालतले हेर्ने गरेका चेक अनादरका मुद्दाको अधिकारसमेत उच्च अदालतमै केन्द्रित भएकाले मुद्दाको चाप बढेको उपरजिस्टार रेग्मीले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE