Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

अन्तर्राष्ट्रिय अभ्यासअनुसार केक काटिएको हो, पिछडिएको मानसिकता भएकाले अनावश्यक टिप्पणी गरे : सूर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा नेपालको नक्सा आकृतिको केक काटिएको भनेर यतिबेला सामाजिक सञ्जालमा आलोचनाको ओइरो लागेको छ ।

सामाजिक संजालमा अनेक किसिमका टिका टिप्पणीहरु भइरहँदा प्रधानमन्त्री सल्लाहकार सुर्य थापाले अन्तर्राष्ट्रिय अभ्यास अनुरूप भएको बताएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा सत्तारूढ नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले भने, \'गुगलमा खोज्नु भयो भने पुटिन (रुसी राष्ट्रपति), ओबामा (अमेरिकाका पूर्वराष्ट्रपति) र मोदी (भारतीय प्रधानमन्त्री) ले मातृभूमिको नक्सा र देशको झण्डा जन्मदिनको केकमा प्रयोग गरेको पाउन सक्नुहुन्छ। प्रधानमन्त्रीज्यूको जन्मदिनमा पनि त्यहि अन्तर्राष्ट्रिय अभ्यासलाई पालना गरिएको हो\' उनले भने ।

थापाले प्रधानमन्त्रीका शुभेच्छुकहरूले तेह्रथुमको आठराईस्थित ओलीको पुर्ख्यौली थलोमा उक्त जन्मदिनको कार्यक्रम आयोजना गरेको र त्यसमा राज्यको पैसा खर्च नभएको समेत दाबी गरे।

हजारौँको सङ्ख्यामा स्थानीय बासिन्दा सहभागी भएको भनिएको जन्मदिनमा कार्यक्रममा नेपालको नक्सा आकृतिको १५ केजीको केक काटिएको भन्दै समाजिक सञ्जालमा ओली र उनको सचिवालयको आलोचना भइरहेको छ।

त्यसबाहेक जन्मदिन समारोहमा राजसी शैली देखिएको भन्दै त्यसले नेकपाले जारी गरेको आचारसंहिता उल्लङ्घन गरेको पनि टिप्पणी पनि भइरहेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले प्रधानमन्त्रीको जन्मोसत्वलाई लिएर अनावश्यक तरङ्ग पैदा गर्न खोजिएको बताए।

थापा भन्छन्, \'पिछडिएको मानसिकता भएका व्यक्तिहरू न अन्तर्राष्ट्रिय अभ्यास हेर्छन् न प्रचलन हेर्छन्। उनीहरू अनावश्यक तरङ्ग पैदा गर्न खोज्छन्। यसको म केही अर्थ देख्दिन।\'

उनले उक्त केक स्थानीय शुभेच्छुकहरूले बनाएको भन्दै त्यसमा प्रधानमन्त्री वा सचिवालय संलग्नता नरहेको बताए।

हेलिकोप्टरमा केक र यती समूह
सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा एउटा हेलिकोप्टरमा प्रधानमन्त्रीको जन्मदिन मनाउन उक्त केक लग्न लागेको देखिन्छ।

समाचार विवरणहरूमा पूर्वराजपरिवारसँग जोडिएका सम्पत्ति भाडामा सञ्चालनको विषयमा विवादमा तानिएको यती समूहका अध्यक्षले आफ्नो कम्पनीको स्वामित्वमा रहेको हेलिकोप्टरमा सो केक बोकेर ओलीको जन्मगाउँ पुगेका बताइएको छ।

प्रधानमन्त्रीको जन्मगाउँमा जन्मदिन मनाउने तयारी तीन महिनाअगाडि सुरु भएको बताइएको छ । त्यसबारे थापा भन्छन्, \'यती होल्डिङ्सको विवादको के कुरा गर्नुहुन्छ। गैरकानुनी कामहरू भएका छन् भने राज्यका संयन्त्रले हेर्छ।\'

\'नेपालको एउटा प्रतिष्ठित उद्यमी व्यवसायीका रूपमा उहाँ जान नहुने भन्ने कुरा त भएन। उहाँलाई कुनै कानुनी कारबाही पनि भएको छैन्।\'

थापाले थपे, \'कुनै व्यापारिक घरानालाई यती समूहसँग रिस उठेको छ \'याे प्रतिस्पर्धा छ भनेर हामीले त्यही अनुसारको सामाजिक व्यवहार गर्नुपर्ने जरुरी छैन।\'

बीबीसीबाट

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE