नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भारत यात्रा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातको अहमदाबादबाट सुरु गरे ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ दुईदिने भारत यात्रामा सोमबार बिहान अहमदाबादको सरदार वल्लभभाइ पटेल विमानस्थल उत्रिएका ट्रम्प दम्पतीलाई स्वागत गर्न प्रधानमन्त्री नरेन्द्र मोदी प्रोटोकल तोडेर विमानस्थल नै पुगेका थिए । राष्ट्रपति ट्रम्पलाई अंगालो हालेर मोदीले स्वागत गरेका थिए ।
प्रधानमन्त्री मोदी निर्धारित कार्यक्रमअनुरुप राष्ट्रपति ट्रम्पलाई अहमदाबादको सावरमती आश्रमको अवलोकन गराएर मोटेरा क्रिकेट स्टेडियममा ‘नमस्ते ट्रम्पु कार्यक्रममा सम्बोधन गर्न पुगेका थिए ।
गत वर्ष जुनमा अमेरिका भ्रमणमा पुगेका मोदीको सम्मानमा प्रवासी भारतीय अमेरिकीहरुले आयोजना गरेको ‘हाउडी मोदी’ कार्यक्रममा ट्रम्प र मोदीले त्यहाँ सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा ट्रम्पको उपस्थितिलाई उनको प्रवासी भारतीय अमेरिकी समुदायको ‘भोट बैंक रणनीति’ भन्दै टिप्पणी गरिएको थियो ।
अहमदाबादबाट ट्रम्पले गरे भारतको चासोलाई सम्बोधन
चीनको बीआरआइ र अमेरिकाको इण्डो प्यासिफिक रणनीतिअनुरुप विश्वको धार विभाजित हुँदा अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँगको तनावग्रस्त व्यापारिक सम्बन्धको विकल्पको रुपमा भारतलाई हेरिन्छ ।
भारतको टाउको दुखाई बनेको आतंकवादविरुद्ध अमेरिकाको साथ र समर्थन भारतको प्राथमिक आवश्यकतामा छ । त्यसबाहेक बीआरआइमा समर्थन नजनाएको भारत चीनतर्फबाट पनि सधैं दबाबमा रहेको छ ।
दुवैको चासोलाई नमस्ते ट्रम्पको मञ्चबाट ट्रम्पले सम्बोधन गरेका थिए । दक्षिण एशियाको उदाउँदो शक्ति राष्ट्र भारतबाट विश्व समुदायलाई सम्बोधन गर्दै ट्रम्पले आतंकवादविरुद्ध भारतको सहकार्यको प्रशंसा गरे । ‘हरेक राष्ट्रसँग सुरक्षा र सीमा नियन्त्रणको हक हुन्छ ।
अमेरिका र भारतले आतंकवाद रोक्न त्यसविरुद्ध लडिरहेका छन् । मेरो प्रशासनले आतंकवादसँग लड्ने विषयमा पाकिस्तानसँग सफलतापूर्वक काम गरिरहेको छ । यस क्षेत्रमा शान्ति स्थापनाका लागि भारतको नेतृत्वदायी भुमिका छ’, उनले भने । ट्रम्पको यो भनाइबाट आतंकबाद विरुद्ध भारतले चालेका कदमलाइ थप बल मिल्ने देखिन्छ ।
सोही मञ्चमा राष्ट्रपति ट्रम्पले भारत, भारतीय जनता र भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गर्दै लामो मन्तव्य दिए । भारतले अमेरिकासँग व्यापारिक साझेदारको रुपमा राम्रो व्यवहार नगरेको उल्लेख गर्दै राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदी निकै मनपर्ने बताउँदै आएका छन् ।
भारत भ्रमण गर्नुअघि ट्रम्पले भारतसँग ठूलो व्यापारिक संझौता नहुने संकेत दिएका थिए । भारतीय विदेश मन्त्रालयले पनि खुलेर संझौताका विषयमा उल्लेख गरेको थिएन । तर भारतीय संचार माध्यमहरुले रक्षा संझौता हुन सक्ने अनुमान गरेका थिए । राष्ट्रपति ट्रम्पले सम्बोधनकै क्रममा भारतसँग ३ अर्ब बराबरको रक्षा संझौता हुने घोषणा पनि गरे ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: