Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

बाँस्कोटाको मनोमानी, कार्यविधि मिचेर ९७ आइटी ल्याब स्थापना गर्न दबाब

काठमाडौं । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कार्यविधि मिचेर काभ्रेपलाञ्चोकमा ९७ वटा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न दबाब दिएको फेला परेको छ।

आजको नागरिक दैनिकमा खबर छ - नेपाल दूरसञ्चार प्राधिकरणले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा चारवटा सूचना प्रविधि प्रयोगशाला निर्माण गर्ने कार्यक्रम बनाएको थियो। यसका लागि प्राधिकरणले ‘सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि २०७५’ बनाएको थियो।

यो कार्यविधिले निर्वाचन क्षेत्र हेरेर एक निर्वाचन क्षेत्रमा कम्तीमा ४ वटा प्रयोगशाला बनाउने भनेको छ। कार्यविधिको यो व्यवस्थालाई मिचेर बास्कोटाले काभ्रेमा मात्र ९७ वटा प्रयोगशाला निर्माण गर्न दबाब दिएका हुन्। बास्कोटा प्राधिकरणको तालुक मन्त्रालयका मन्त्री थिए भने काभ्रे उनको गृह जिल्ला हो।

कार्यविधिअनुसार दुई निर्वाचन क्षेत्र भएको काभ्रेमा बढीमा १०–१२ वटासम्म सूचना प्रविधि प्रयोगशाला बनाउन सकिन्थ्यो। तर मन्त्रीले दबाब दिएपछि काभ्रेमा ९७ वटा प्रयोगशाला स्थापना गर्नेगरी कार्यक्रम समावेश गरिएको प्राधिकरण उच्च स्रोतले बतायो।

‘मन्त्री बास्कोटाले काभ्रेमा यति संख्यामा प्रयोगशाला बनाउन विद्यालय छनोट गर्नुस् भनेपछि हामीले नमान्नुको विकल्प छैन,’ उक्त स्रोतले भन्यो।

कार्यविधिमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र २ नम्बर प्रदेशका जिल्ला तथा दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी (बर्दघाट पूर्व), नवलपरासी (बर्दघाट पश्चिम) र सुनसरीमा रहेका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कम्तीमा ६ वटा र अन्य जिल्लाको हकमा चारवटाका दरले प्रयोगशाला बनाउने भनिएको छ। प्रयोगशाला सामुदायिक विद्यालयमा बनाउनुपर्ने व्यवस्था गरिएको छ।

दूरसञ्चार प्राधिकरणले मुलुकभरका ९ सय ३० सामुदायिक विद्यालयमा आइटी प्रयोगशाला बनाउन गत साउनमा ठेक्का दिएको हो। ओम्नी म्याक्स नेपा ज्वाइन्ट भेन्चरलाई तीन अर्ब ४७ करोड ६९ लाख रुपैयाँमा ठेक्का दिइएको हो।

सामुदायिक विद्यालयमा स्थापना गर्न लागिएका प्रत्येक आइटी ल्याबमा २४ वटा कम्प्युटर, दुई सेट हार्ड डिस्क (एक्सटर्नल), प्रोजेक्टर, प्रिन्टर, सर्भिलेन्स सिस्टम, स्विच, राउटर र बत्ती नभएका स्थानमा सोलार सिस्टमसमेत जडान गर्नुपर्ने भनिएको छ।

यो ठेक्का साढे तीन अर्बमा हुन लागेको हो। सम्झौतामा टेन्डर पाएको ६ महिनाभित्र काम सम्पन्न गर्नुपर्ने उल्लेख छ। तर महिना पुगिसक्दा पनि ल्याब स्थापना गर्ने कामले गति लिन सकेको छैन।

सञ्चार मन्त्रालय उच्च स्रोतका अनुसार आइटी प्रयोगशाला बनाउन बोलपत्र तयार पार्दा नै चलखेल गरिएको थियो। बोलपत्रको स्पेसिफिकेसन्स धेरै कम्पनीलाई नमिल्ने गरी तयार गरिएको स्रोतको दाबी छ। मन्त्री बास्कोटासँगको मिलेमतोमा प्रयोगशाला स्थापनाको ठेक्का म्याक्स ओम्नी जेभीले हत्याएको स्रोतको दाबी छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending