Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

‘वामदेव निर्णय माइन्यूट’ पछि बालुवाटारमा बबन्डर !

काठमाडौं । सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन सिफारिस गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद छताछुल्ल भएको छ। बुधबार बिहान बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभामा मनोनित गर्ने सर्वसम्मत निर्णय गर्‍यो।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - ‘सचिवालय बैठकले पार्टीको केन्द्रीय उपाध्यक्ष कमरेड वामदेव गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने सदस्य केही समयपछि रिक्त हुँदैछ। उक्त पदमा सिफारिसका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ’, बैठकपछि पत्रकारसँग प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

सँगै बुधबारको सचिवालयले वामदेवलाई राष्ट्रियसभामा लानुअघि संविधान संशोधनको गृहकार्यका लागि बनाएको कार्यदल भंग गर्ने निर्णयसमेत गर्यो। यी दुबै निर्णय प्रवक्ता श्रेष्ठले पत्रकारलाई जानकारी गराए।

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओली पहिलो एजेन्डा नै वामदेवलाई राष्ट्रियसभामा लाने अघि सारे। ओलीले अघि सारेको एजेन्डामाथि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समर्थन जनाए।

संविधान संशोधन कार्यदल बनाउने सचिवालयको समझदारी सार्वजनिक हुँदा गलत प्रभाव परेको भन्दै वामदेवलाई राष्ट्रियसभामा लानुपर्नेमा प्रचण्डले जोड दिए।

उनले बाहिर सार्वजनिक नगर्ने भनिएको कार्यदलको प्रभाव नराम्रो भएको भन्दै आपत्ति पनि जनाए। संविधान संशोधन कार्यदलको चौतर्फी आलोचना भएपछि बुधबारको नेकपा सचिवालयले कार्यदल भंग गर्ने निर्णय गर्‍यो।

माधव नेपाल नेतृत्वमा सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहने गरी बनेको कार्यदल बनाउने निर्णय गोप्य राख्न नसक्दा निर्णय नै फिर्ता लिनु परेकोप्रति प्रचण्डले बैठकमै आपत्ति जनाएका थिए ।

कार्यदलको आलोचना भएपछि बैठकमा संयोजक माधव नेपालले गौतमलाई राष्ट्रियसभामा लाने तर संविधान संशोधनको शर्त बनाउनु नहुने धारणा राखे।

सचिवालय सदस्यले गौतमलाई राष्ट्रियसभामा लाने विषयमा सहमति जनाए तर त्यसका लागि संविधान संशोधन हुन नसक्ने भनाइ उनीहरुको थियो । गौतमले राष्ट्रियसभामा जान संविधान संशोधनलाई तत्कालका लागि शर्त नबनाउने तर संविधान संशोधन हुनुपर्ने अडान भने दोहोर्‍याएको एक सचिवालय सदस्यले जानकारी दिए।

संविधान संशोधन कार्यदल भंग गर्ने निर्णय हुँनै गर्दा वामदेवले आफ्नो विषयमा छलफल चल्दा विवाद हुने भन्दै आक्रोश व्यक्त गरे। ‘हरेक पटक मेरो विषय प्रवेश भएपछि पार्टीमा विवाद हुन्छ’, गौतमले भने, ‘मेरोविरुद्ध खेल किनरु कि खेल बन्द गर्नुहोस्, नत्र कारबाही गर्नुहोस्।’

वामदेवको आक्रोश सुनेका प्रधानमन्त्री ओलीले बैठकको अन्तिममा बोल्दै उल्टै आफूविरुद्ध पार्टीमा खेल भएको आरोप लगाए। उनले जस्तोसुकै परिस्थिति सामना गर्न आफू तयार भएको बताए। उनको यो भनाइ यसअघि वामदेवले संविधान संशोधनको प्रस्ताव राख्नु र अहिले उक्त शर्त छोडर राष्ट्रियसभामा जान तयार हुनुतर्फ लक्षित थियो।

पार्टी सचिवालयमा प्रचण्ड बलियो बन्दै गर्दा ओली अल्पमतमा परेको आक्रोशसमेत बुधबार बैठकमा देखियो। सचिवालय बैठक अघि दुई दिनदेखि चलेका छलफल र वामदेवले संविधान संशोधनको शर्त छोड्नुका पछाडि आफूविरुद्धको षड्यन्त्रको रुपमा ओलीले लिएको देखिन्छ।

ओली वामदेवलाई राष्ट्रियसभामा लगे पनि अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिन चाहन्छन्। त्यसका लागि राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित हुने सदस्यको संख्या बढाउनुपर्ने उनको धारणा छ। गृहकार्य गर्न बनेको कार्यदल भंग भएपछि त्यो असम्भव देखिएको छ। यसले नेकपा नेतृत्वको विवाद छताछुल्ल भएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE