Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

‘ओलीसहित सबै प्रधानमन्त्रीको सम्पत्ति छानबिन गरौं’

काठमाडाैँ । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्न माग गरेका छन्।
बुधबार प्रतिनिधिसभामा बोल्दै डा। भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सम्पूर्ण पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्न माग गरेका हुन्।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - उनले प्रश्न गर्दै भने– ‘गाउँमा सानो झुप्रो भएकाहरूले कसरी काठमाडौंमा महल बनाए रु म लगायत हामी सबै हिजो त साथीहरूले दिएको लुगा लगाएर, चप्पल लगाएर हिँडेका थियौं। आज हामी कसरी सुटेडबुटेड भएका छौं रु कसरी चिल्ला कार चढेर हिँडिरहेका छौं रु कसरी हाम्रा महल छन् ररु’

प्रधानमन्त्रीको तेह्रथुमको बुकुरोभन्दा गोरखामा रहेको आफ्नो घर राम्रो रहेको बताउँदै डा। भट्टराईले त्यस्तो बुकुरो भएका हामी प्रधानमन्त्रीहरू अहिले काठमाडौंमा महल जोड्ने हैसियतमा कसरी पुग्यौं भन्ने प्रश्न गरे। ‘मैले जति लाख प्रयत्न गर्दा पनि हाम्रो कमाइले, हाम्रो जुन देखिएको दृश्य कमाइले त्यो बुकुरो कमाइले काठमाडौंमा महल बनाउन पुग्दैन, यसको छानबिन गरौं। त्यसका लागि म सबैसँग आग्रह गर्न चाहान्छु।’ –उनले भने।

डा। भट्टराईले संविधान संशोधन गर्नैपर्ने आवश्यकता रहेको बताउँदै संशोधित संविधानमा प्रधानमन्त्री, मन्त्री, प्रधानन्यायाधीश सबैमाथि छानबिन गर्न सक्ने शक्तिशाली लोकपाल रहने प्रावधान राख्न माग गरे।

उहाँले मातातीर्थको जग्गा मोहीलाई दिएको विषयलाई प्रधानमन्त्रीले संसद्मा आफ्नो नामै लिएर गलतरूपमा प्रचार गरेको भन्दै थप्नुभयो– ‘सबै तरिका मिलाएर मोहीलाई जग्गा दिलाउनै हुन्न, बरु यति होल्डिङलाई जग्गा दिन पुगेन भन्ने हो भने सैद्धान्तिकरूपमा नै बहस गर्नुपर्ने भयो।’

डा। भट्टराईले सबैलाई सिध्याएर आफ्नो दुनो सोझ्याउने लोकमान कार्की प्रवृत्ति नदेखाउन प्रधानमन्त्रीलाई चेतावनी दिँदै भन्नुभयो– ‘५१ सालमा तपाईं गृहमन्त्री हुँदा तपाईंका अरिंगाल सेनाले सिंहदरबारअगाडि खुकुरी हानेको बिर्सेको छैन, त्यसको परिणाम जनयुद्ध शुरु भएर के आयो त्यही भित्तेकाण्ड सम्झिनुहोस्।’ उक्त अवसरमा डा। भट्टराईले मातातीर्थ जग्गा विधि प्रक्रिया पुर्याएर मोहीलाई दिएको सम्बन्धमा त्यतिबेलाका सम्पूर्ण कागजात प्रस्तुत गर्नुभएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE