Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा दोषी ठहरिए पूर्वराज्यमन्त्री साह, चार वर्ष कैद र १९ करोड जरिवाना

काठमाडौं । पूर्वराज्यमन्त्री सञ्जयकुमार साह भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा दोषी ठहर भएका छन् । जनकपुर बम विस्फोटका योजनाकारका रूपमा कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका साहलाई विशेष अदालतले पनि दोषी ठहर गरेको हो । भ्रष्टाचार (गैरकानुनी सम्पत्ति आर्जन) मुद्दामा उनलाई चार वर्ष कैद र १९ करोड ४४ लाख ३८ हजार नौ सय ८३ रुपैयाँ जरिवानाको फैसला भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए । भ्रष्टाचार मुद्दामा उनका परिवारका अन्य सदस्य तथा सहयोगी पनि दोषी ठहर भएका छन् ।

आजको नयाँपत्रिका दैनिकमा खबर छ - त्यस्तै, सम्पत्ति शुद्धीकरण मुद्दामा पनि साह दोषी ठहर भएको र सजाय भने पछि तोकिने प्रवक्ता पाण्डेले बताए । न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सरुको इजलासले दुवै मुद्दाको बिहीबार फैसला सुनाएको हो । अख्तियारले करिब ३१ करोड बिगो दाबी गरेकोमा विशेष अदालतले १९ करोड जरिवाना सुनाएको हो ।

साहलाई जनकपुरमा पाँचजनाको मृत्यु हुने गरी गराइएको बम विस्फोटको योजनाकारका रूपमा जन्मकैदको फैसला भइसकेको छ । सभासद् नै रहेका वेला उनलाई प्रहरीले पक्राउ गरेको थियो । साह २० वैशाख २०७१ मा पक्राउ परेका थिए । उनी त्यसवेला नेपाल सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष तथा सभासद् थिए ।

१८ वैशाख २०६९ मा जनकपुरको रामानन्दचोकमा बम विस्फोट भएको थियो । त्यतिवेला उनी भौतिक योजना राज्यमन्त्री थिए । सहयोगी रहेका मुकेश चौधरीमाथि अनुसन्धानका क्रममा साहकै निर्देशनमा विस्फोट भएको खुलेको हो । धनुषाकै आफ्ना प्रतिद्वन्द्वी जीवनाथ चौधरीलगायतलाई मार्ने योजनासहित विस्फोट भएको थियो । मिथिला राज्यको माग गरी धर्ना कार्यक्रम चलिरहेको वेला विस्फोट भएको थियो । जसमा पाँचजना सर्वसाधारणले ज्यान गुमाएका थिए । साहले राजनीतिको आडमा आपराधिक गतिविधि गरेर करोडौँ सम्पत्ति जोडेका थिए । हाल उनी नख्खु कारागारमा छन् । उनको बैंक खातालगायत सबै सम्पत्ति रोक्का छ ।

अख्तियारको छानबिनमा उनले हुन्डीको कारोबारदेखि राजस्व छलीसमेत गरेको खुलेको थियो । भाइ रामकुमार साहको नाममा रहेको मिथिला मनी ट्रान्सफर प्रालिले एक शाखाबाट अर्को शाखामा रकम पठाउँदा र झिक्दा बैंकिङ प्रणालीमा नदेखाई सोझै पठाउने गरेको पाइएको थियो । त्यससम्बन्धी अभिलेख डेबुकमा मात्र राख्ने गरेको र हुन्डीसमेतको कारोबार गरेको खुलेको थियो । त्यस्तै, बाबु साधु साह सुडीको नाममा रहेको मिथिला आयल स्टोर्सले राजस्व छली गरेको अनुसन्धानका क्रममा प्राप्त कागजातबाट खुलेको थियो । त्यसउपर छानबिन गर्न अख्तियारले राजस्व अनुसन्धान विभागलाई लेखी पठाएको थियो ।

साहमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले बालुवाटारको जग्गा हिनामिनामा पनि छानबिन गरिरहेको छ । विजयकुमार गच्छदार भौतिक योजनामन्त्री तथा उनी राज्यमन्त्री भएका वेला प्रधानमन्त्रीनिवास विस्तारसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको थियो । सो प्रस्तावमा साहको पनि हस्ताक्षर छ । अख्तियारले उनीसँग पनि बयान लिएकोमा पर्याप्त प्रमाण नभएको भन्दै मुद्दा चलाएको थिएन । सिआइबीले भने उनीमाथि पनि मुद्दा दायरको तयारी गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्जयकुमार साहसँग ३१ करोड ५० लाख २६ हजार पाँच सय ५९ रुपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै २५ पुस २०७३ मा मुद्दा दायर गरेको थियो । अनुसन्धानका क्रममा उनको सम्पत्तिको स्रोत खुलेको थिएन । आपराधिक कार्यबाट सम्पत्ति आर्जन गरेको भन्दै १६ चैत २०७४ मा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अर्को मुद्दा दायर गरेको थियो ।

विभागले भने ३२ करोड चार लाख ५० हजार तीन सय चार रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको थियो । विभागले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रहरीमार्फत उनको सम्पत्ति छानबिन गरेको थियो । अख्तियारभन्दा एक वर्षपछि मुद्दा दायर गरेकाले सम्पत्ति बढेको हो । सम्पत्ति शुद्धीकरणले सञ्जयका बाबु साधुसाह सुडी, आमा दुलारीदेवी साह, श्रीमती रंगिलाकुमारी साह, भाइ रामकुमार साह, मनोजकुमार सिंह, निलम सिंह, राममिलन राउत कुर्मी, ओमप्रकाश यादव, सुजितकुमार पाण्डेसमेत कुल १२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाएको थियो । अख्तियारले आठजनालाई प्रतिवादी बनाएको थियो । नयाँपत्रिका दैनिकमा खबर

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy