बागलुङ । सदरमुकाम बागलुङ बजार नजिकै रहेर पनि उत्तरपट्टिका गाउँमा खानेपानीको चरम समस्या छ । बागलुङ नगरपालिका वडा नं ६, ४ र ३ मा पर्ने लङ्गाउँ, भिरलांखुरी, तीनतले, छापलगायतका गाउँमा मुहान अभावका कारण सर्वसाधारणले पानीको समस्या खेप्दै आएका छन् ।
बागलुङबजारमा पानीको समस्या समाधान गर्नका लागि भएका पहल र कामले पनि ती गाउँलाई सम्बोधन गर्न नसकेका कारण त्यहाँका सर्वसाधारण कुवा र घरपरका जङ्गलछेउमा रहेका पानीका धारामा निर्भर थिए । काठेखोलाको पानी लिफ्टिङ प्रविधिबाट रात्माटामा तानेर चौबिसै घण्टा बजारमा खानेपानी उपलब्ध गराउने बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको योजनामा समेत छुटेका यी गाउँ अब भने योजनामा समेटिने भएका छन् ।
उपभोक्ता संस्थाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० मा यी गाउँहरु छुटेका थिए । पुनः डिपिआर गरेर सबै गाउँमा काठेखोलाको पानीनै पुग्नेगरी योजना शुरु भएको छ । रु ४७ करोड खर्चेर सहलगानी कार्यक्रमअन्तर्गत निर्माण भइरहेको लिफ्टिङ आयोजनाको पानी नै पहिले पु¥याउने भनिएको भन्दा थप १०० मिटरमाथि तानेर ती गाउँमा खानेपानी पु¥याउन लागिएको हो । त्यसका लागि झण्डै रु सात करोड खर्च हुनेछ । त्यो खर्च भने नगरपालिका, उपभोक्ता संस्था र प्रदेश सरकारले संयुक्तरूपमा गर्ने भएका हुन् ।
रात्माटामा निर्माण हुने एक लाख लिटरको ट्याङ्कीबाट थप झण्डै १०० मिटरमाथि भिरलाङ्खुरीमा निर्माण हुने एक लाख लिटरको ट्याङ्कीमा पानी तान्ने गरी योजना अघि बढेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल जानकारी दिनुभयो । ट्याङ्की निर्माणका लागि नगरपालिकाले रु ४० लाख विनियोजन गरेको छ । त्यसमा थप रु १० लाखको श्रमदान जोडिने छ । उक्त रकमले एक लाख ३० हजार र २० हजार लिटरका तीन ट्याङ्की निर्माण हुने नगरपालिकाका इञ्जिनीयर गौरव शर्माले बताए । पहिलो चरणमा निर्माण हुने एक लाख लिटरको ट्याङ्कीको बिहीबार नगरप्रमुख पौडेलले शिलान्याश गरे ।
भिरलाङ्खुरीको प्रमुख ट्याङ्कीबाट अरु दुई ट्याङ्कीमा पानी पठाइने छ । त्यहाँबाट वितरण हुने पानी ३५० घरधुरीमा पुग्ने सोही नगरपालिका–६ का अध्यक्ष खिमराज सापकोटा जानकारी दिए । विस्तृत योजनामा समावेश हुन नसकेका गाउँमा पानी पु¥याउनका लागि नगरपालिकाले ट्याङ्की निर्माण गर्ने, उपभोक्ता संस्थाले पाइपलाइन र धाराको काम गर्ने तथा प्रदेश सरकारले प्राविधिक सहयोग गर्ने गरी त्रिपक्षीय सम्झौता भएको थियो ।
सोही सम्झौता अनुसार काम अघि बढेको नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठ बताउछन् । बागलुङ बजारका लागि प्रतिसेकेण्ड ७० लिटरका दरले काठेखोलाको पानी रात्माटामा तान्ने गरी काम भइरहेको छ । दैनिक छ घण्टा पानी तान्दा उपभोक्ताले चौबिसै घण्टा पानी पाउने डिपिआरमा उल्लेख छ । त्यसमा केही समय थपेर थप ३५० घरधुरीले पानी पाउने गरी रात्माटाभन्दा माथि भिरलाङ्खुरीमा पानी तान्न थालिएको उहाँले जानकारी दिए ।
ट्याङ्की निर्माण उपभोक्ता समतिमार्फत हुनेछ । आगामी आर्थिक वर्षको अन्त्यसम्ममा काम सक्ने लक्ष्य समितिले राखेको छ । “हामीले पानीको राजनीति अन्त्यको प्रयास थालेका छौँ” नगरप्रमुख पौडेलले भने, “सम्भव भएका ठाउँमा मुहान र नभएका ठाउँमा लिफ्टिङ प्रविधिको प्रयोग गरेर भए पनि नगरका सबै घरमा हाम्रै कार्यकालमा एक घर एक धारा निर्माण गर्नेछौँ ।” आगामी चुनावमा कसैले पनि पानीको विषयलाई प्रमुख बनाएर जनताको घरदैलोमा नजाने उहाँले जिकिर गरे । नगरपालिकाका वडा नं ४, ६, ८ र १३ का केही बस्तीमा रहेको पानीको चरम समस्या समाधानका लागि योजना निर्माण भएर काम भइरहेको उहाँले बताए । रासस
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: