Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

निर्णय नमाने ओलीमाथि अनुशासनको कारबाही गर्नुपर्छ

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र बामदेव गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभामा लैजाने विषयले सरकार र पार्टीबीच वाक युद्व नै चलेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले बामदेवलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । निर्णय गरेको केही घण्टा बित्न नपाउँदै प्रधानमन्त्री ओलीले पार्टीको निर्णय नमान्ने बरु परिस्थितिको सामना गर्ने भन्दै ठाडै चुनौति दिएपछि सरकार र पार्टीबीच अघोषित युद्व चलेको हो ।

पार्टीको निर्णय अध्यक्षले नै नमान्ने भनेपछि अध्यक्ष ओलीलाई पार्टीले कस्तो कारवाही गर्छ ? नेकपाको अबको राजनीतिले कस्तो कोर्स बदल्ला भन्ने आम चाँसो र चिन्ता रहेको छ । यसै बिषयमा खबर डबलीको तर्फबाट गणेश पाण्डेले नेकपा स्थायी समिति सदस्य उर्मिला अर्यालसँग कुराकानी गरेका छन् । उर्मिला अर्यालसँग नेकपाभित्रको विवादबारे गरिएको कुराकानीको सम्पादित अंश :

नेकपाभित्र बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा प्रधानमन्त्री ओली र सचिवालयबीच गम्भिर मतभेद उत्पन्न भएको छ । यसलाई तपाईले कसरी लिनुभएको छ ?

पार्टीले राष्ट्रियसभामा चुनाव हारेकालाई पहिल्यै कसकैलाई पनि लान हुने थिएन । चुनाव लडिसकेपछि हारजित हुन्छ नै । म आफै पनि चुनाव हारेको व्यक्ति हुँ । चुनाव हार्यो भन्दैमा कसैलाई पनि अपमान गर्ने र हिनता बोध गराउने काम गर्नुभएन । यदि चुनाव हारेकै कारण बामदेवलाई सदस्य बनाउन नहुने भए नारायणकाजीलाई किन बनाएको भन्ने प्रश्न उठ्न सक्छ ? कि त गलत नजिर स्थापित गर्न हुने थिएन, कि त सबैलाई समान व्यवहार हुनुपर्छ भन्ने कुरा उठ्नु स्वभाविकै हो ।

अर्को कुरा बामदेवलाई राष्ट्रियसभाको सदस्य बनाउने पार्टी सचिवालयले सर्वसम्वत निर्णय गरिसके पछि प्रधानमन्त्रीले मान्नुपर्छ । यो ओली सहितको बैठकले गरेको निर्णय हो । यदि उहाँको कुनै असन्तुष्टि भएको भए त्यतिबेलै असहमति राख्न सक्नुहुन्थ्यो । त्यसो किन गर्नुभएन ? अहिले आएर उहाँले निर्णय मान्दिन भन्न पाउनुहुन्न । झलनाथ प्रधानमन्त्री भएको बोलामा उहाँले कसरी खेद्नु भएको थियो ? अहिले उहाँलाई कसैले सरकारबाट हटाउने कुरा गरेको छैन । बदलाको भावनाले होइन, बदलिएर उहाँले सोच्ने कुरा हो । मुलुकमा अहिले जसरी बाँस्कोटा प्रकरण, यतिकाण्ड प्रकरण, ललिता निवास जग्गा प्रकरणलगायत धेरै कुरा आइरहेको छ तर पनि उहाँलाई हटाउने कसैले भनेको छैन । अहिलेको अवस्थामा बामदेवलाई राष्ट्रियसभामा लैजाने विषयमा विरोध उहाँकोलागि दुर्भाग्य हुने छ ।

प्रधानमन्त्री ओलीलाई कतिपयले दम्भ बोकेको जिद्धि स्वभाको व्यक्तिकोरुपा चित्रण गरेका छन् वास्तवमा तपाईको विचारमा उहाँ कस्तो व्यक्ति हुन् ?

ओली को पेल्ने शैली अहिले पनि उस्तै छ । उनको सामन्ति सोचमा कुनै परिवर्तन आएको छैन । उनको बानी के छ भने आफ्नो चम्चागिरी गर्नेलाई गनाएपनि छोड्नु हुँदैन । तर अफ्नो कित्ता बाहिरको जस्तो लाग्यो भने असल रायसुझाव दिएपनि सुन्नै नसुन्ने जिद्धि स्वभावका व्यक्ति हुन् । उहाँको यहि दम्भका कारण अहिले भूमरिमा फस्दै गएका छन् । उनको यस्तो पाराले कहिल्यै सुध्रिनु पनि हुदैन । पार्टीभित्र र बाहिर आलोेचना सहित समालोचना पनि हुन्छ । पार्टीभित्र पेलेर जाने प्रवृत्ति हावी हुँदै जाँदा उहाँ अहिले साँढे बन्नु भएको छ ।

जनतालेनै अस्वीकार गरेको व्यक्तिलाई चोरबाटोबाट राजकीय पदमा प्रवेस गराउन खोज्नु व्यत्तिको लागि संविधाननै संशोधन गर्न खोज्नु यो संविधान विपरीत काम भएन र ?

चुनाव हारेको व्यक्तिलाई प्रधानमन्त्री नै बनाउने कुरामा म पनि सहमत छैन । त्यस्तो काम गर्नै हुन्न । त्यो संविधानको मर्मविपरितको काम हो । यसमा पार्टीका नेताहरुले पनि बुझेको हुनुपर्छ । यसो भन्दैमा सरकारले कुनै निकायमा नियुक्ति गर्न नहुने भन्ने हुदैन । पार्टीले आवश्यक ठानेमा संविधान र जनभावनामा गम्भिर ठेस नपुग्ने गरी निर्णय लिन सक्छ ।

पार्टीको लागि बामदेवले धेरै योगदान गर्नुभएको छ । बामदेवलाई राष्ट्रियसभामा लैजान पहिले ओलीलेनै प्रस्ताव गरेका हुन् । अहिले उहाँलेनै अनुमोदन गर्दिन भन्नुभएको छ । पार्टीमा युवराज खतिवाडाको के योगदान रहेको छ ? उहाँलाई काखि च्याप्नु पर्ने के कारण छ ? गर्भनरबाट राजिनामा दिन पाएको छैन, योजना आयोगका उपाध्यक्ष भएका छन् । उपाध्यक्षबाट राजिनामा दिन पाएको छैन मन्त्री भएका छन् । यो के हो ? यो देशमा सक्षम अरु बुद्धिजिवि छैनन् । प्रधानमन्त्रीलाई मनलाग्दा जे पनि गर्न हुने । सचिवालयले गरेको निर्णय मान्न नहुने ?

प्रधानमन्त्री ओलीले बामदेवलाई राष्ट्रियसभामा लैजाने सचिवालयको निर्णय आफुलाई घेराबन्दी गर्न बनाइएको षड्यन्त्र हो भनिरहेका छन् नि यसमा तपाई के भन्नुहुन्छ ?

बामदेव राष्ट्रियसभामा नगएपनि प्रधानमन्त्रीलाई सिध्याउन के गाह्रो छ ? पार्टीले चाहेको खण्डमा जुनसुकै बेला पनि उहाँ सिध्दिनु हुन्छ । यस्तो पनि सोच्ने हो । उहाँ आफै पार्टीको अध्यक्ष हुनुहुन्छ । पार्टीको निर्णबाट मन्त्री बन्ने हो । प्रधानमन्त्री बन्ने हो । प्रधानमन्त्रीय प्रणाली भएपनि पार्टीले मन्त्रीको उम्मेद्वार नपठाएसम्म उहाँले निर्णय लिन सक्नु हुन्छ ? उहाँ कम्युनिष्ट पार्टीमा बस्ने, पार्टीको निर्णय नमान्ने, विधि प्रकृया मिच्ने र मनपरी गर्ने हो भने केहि भन्नु छैन । हैन भने उहाँले पार्टीको निर्णय मान्नुपर्छ । सबैले पार्टीको नीति सिद्धान्त मान्नुपर्छ । अनुशासनमा बस्नु पर्छ । नत्र भने पार्टीमा अराजकताको सुरुवात हुन्छ ।

पहिले राजामाहाराजा पनि एउटा नियममा बसेका थिए । नेताहरु त राजाभन्दा पनि गएगुज्रेका भए । राष्ट्रपतिको अगाडि प्रधानमन्त्रीले घुँडा टेकेर टिका लगाउनु कम्युनिष्ट पार्टीको आचरण हो । त्यतिसम्मको विद्रुप हुन थालेपछि पार्टीले नियन्त्रण गर्नुपर्छ ।

पार्टीभित्र विकराल स्थिति आउनुमा प्रधानमन्त्री मात्रै दोषी देखाएर उम्किन मिल्छ र अरुले जिम्मा लिनु पर्छ कि पर्दैन ?

यहाँ केपीलाई मात्र म भन्दिन सबै नेतामा कमजोरी छ । अरुलाई अप्ठ्यारो पर्दा लल्दु छाड्ने आफुलाई पर्दा हारगुहार माग्ने सोच गलत छ । पार्टीमा विधिर प्रकृया बसाल्ने कुरामा सबैले ध्यान दिएको भए आज यो दिन कसैलाई पनि आउने थिएन । ओलीलाई साँढे बनाउन माधब, बामदेव र झलनाथ सबैको हात छ । पार्टीभित्र विधि र प्रकृया मिचेर मलाई पेल्ने हिसाबले अगाडि बढे पछि तत्कालिन अध्यक्ष झलनाथलाई मैले भनेको थिएँ कि म राजिनामा दिन्छु कि त पार्टीभित्र बहस र छलफलको वाताबरण बनाउनुहोस भनेको थिएँ । मेरो कुरा कसैले पनि सुनेन र मैले बाध्य भएर पार्टी छोडें ।

मन्त्रिपरिषदको प्रमुखको हिसाबले कसलाई नियुक्ति गर्नेनगर्ने विषय उहाँको स्वविवेकको कुरा हो । दलीय सिस्टममा दलको निर्णय पनि मान्नु पर्ला । सरकार र पार्टीबीचको द्वन्दले झनै अप्ठ्यारो परिस्थिति सिर्जना होला नि त । तपाईको विचारमा कसरी व्यवस्थापन गर्न सकिन्छ ?

पहिला मनमोहन अधिकारी प्रधानमन्त्री हुनेबेलामा हरेक विषयमा पार्टीभित्र छलफल बहस हुन्थ्यो । निर्णय केन्द्रीय समितिबाट अनुमोदन भएर जान्थ्यो । तर, अहिले सिस्टमै विग्रिएको छ । पार्टी ठुलो भएर सचिवालयले टुंग्याउने भनिएको छ । त्यो पनि गलत छ । पार्टीको निर्णय मान्दिन भन्ने अधिकार कसैलाई पनि छैन । सचिवालयको निर्णय पार्टी अध्यक्षलनै नमान्दा झन अराजकताको स्थिति पैदा हुन्छ । यदि उहाँले निर्णय मान्नुभएन भने पार्टीले अनुशासनको कारवाही गर्नुपर्छ । उहाँले पार्टीको निर्णय बाहिर जान्छु पाउनुहुन्न ।

मलाई कुनै कुराको पनि लालसा छैन । मैले जहिले पनि पार्टी सिस्टम विपरित हुने कामको विरोध गरेको हो । कुनै व्यत्तिको विरोध गरेको छैन । अरुलाई अनुशासनको पाठ पढाउने । आफुले जे गरेपनि हुने । त्यसैले आज कम्युनिष्ट पार्टीका नेताहरु माहाराज र माहारानी बन्न थालेका छन् । त्यो विजारोपणको नियन्त्रण पहिल्यै गर्दै आएको भए आज यो दिन आउने थिएन । सिस्टम भत्किदै गयो । चाकडि र चाप्लुसी बढ्दै गयो । कार्यकर्ता पनि नेताको पछिपछि लाग्ने भए । मन नमिले गुट बनाउने, फाइदा भए घाँटी जोड्ने प्रवृत्ति हावी भयो । कम्युनिष्ट पार्टीमा यस्तो हुन्छ ? यसमा सबै नेता सच्चिनु पर्छ । म केपीलाई मात्रै भन्दिन । माधब, झलनाथ, प्रचण्ड सबै सचिच्नु पर्छ । पार्टीमा आग्रह पूर्वाग्रह भएर होइन । नीति, प्रकृया, पद्धतिबाट चल्नु पर्छ । अटेरी गर्ने, पार्टी पद्धतिलाई लत्याउने, दम्भ देखाउने, अराजकता निम्ताउने दण्डहिनतालाई प्रसय दिने काम हुन्छ भने जोसुकैलाई पनि पार्टीले दण्डित गर्नुपर्छ ।

अन्त्यमा, पछिल्लो समय तपाईको पार्टीका नेताहरु आर्थिक, साँस्कृतिक, नैतिक विचलन बढ्दै गएको देखिदै गएको छ । यसले पार्टीलाई अप्ठ्यो पार्दैन ?

पछिल्लो समय नेताहरुका देखिएको विचलनले नेतालाईमात्र होइन पार्टीलाई नै सिध्याउँछ । अहिलेको अवस्थामा नेताहरुको जुन लोकप्रियता थियो त्यो घटेको छ । तत्काल चुनावमा जाने हो भने हाम्रो स्थिति धेरै नराम्रो भएको छ । यतातर्फ हाम्रा नेतृत्वको किन ध्यान गएको छैन ? बाहिरबाट सबैले हामीलाई हेरिरहेका छन् । मानिसमा विभिन्न आक्रोस, पीडा छ । हामी कम्युनिष्टले भाषणमात्र गर्ने विषय होइन । त्यसलाई कार्यान्वयन गर्नु पर्छ ।

शक्तिशाली चीनका राष्ट्रपति सीले तीनचारजना व्यक्ति लिएर हिडेका देखिन्छ । हामीकाँहा हुलका हुल बाधेर हिडिरहेका छन् । दुनियाँभरिको खर्च, गाडिको लावालस्कर यो राम्रो विषय होइन । व्यक्तिको बर्थ डे मानउनसमेत तीन वटा हेलिकप्टेर चार्टर गरेका छन् । यो आडम्बर र राजसी ठाँट बाहेक केहीन होइन । कम्युनिष्ट पार्टीका नेताहरुमा असोभनीय कार्य, मनपरी तन्त्र बढ्दै गएको छ । यो उन्मादलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने पार्टी नै समाप्त गर्ने छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies