टोकियो । नेपाल वायु सेवा निगमको सूर्य र चन्द्रसहितको ध्वजावाहक विमान जापान पुग्दा नेपालीहरु निकै हर्षित भएका छन् । काठमाडौंँ–नारिता उडानका लागि सोमबार बिहान नेपाली समय १ः२५ बजे उडान शुरु गरी जापानको समयानुसार १०ः५० मा नारिता विमानस्थल पुग्दा नेपालीहरु खुशी देखिएका हुन् । नेपालकोभन्दा जापानको समय करीब तीन घण्टा छिटो छ ।
“नेपाल वायु सेवा निगमको ध्वजावाहक विमान सीधै जापान आउनु राष्ट्रको गौरवको कुरा हो”, हाल जापानको सेन्डाई शहरमा छ वर्षदेखि बस्दै आएकी कुसुम थामीले भनिन्, “पहिला सिङ्गापुर, कतार, अरब जाने विमानमा आएर फेरि अर्को विमान चढेर जापान आउनुपथ्र्यो, सीधै आउँदा समय छोटो र पैसा पनि कम लाग्छ ।” निगमले नियमित उडान गरिदिए नेपाली तथा नेपालमा जाने जापानी पर्यटकका लागि सहज हुने उनको भनाइ थियो । “निगमले सस्तोमा टिकट दिनुपर्छ भन्ने लाग्दैन, टिकटमा केही पैसा बढी भए पनि देश धनी हुन्छ”, उनले थपिन्, “ विमान नेपालबाट सीधै जापान आउँदा नेपाल राष्ट्रको पनि शान बढेको महसुस भएको छ ।”
निगमले साताको सोमबार, बुधबार र शुक्रबारको उडान इजाजत पाएको छ । सोहीअनुरुप सोमबार काठमाडौंँबाट नारिता उडान भरेको हो । निगमसँग अन्तरराष्ट्रिय उडानका लागि दुई वाइड बडी ए–३३० जहाज छन् । त्यही जहाजबाट उडान हुनेछ ।
जापानको टोकियोमा एक दशकदेखि बस्दै आएका सुुरेश बाँस्टाकोटीले पनि जापानमा सीधै नेपालको विमान आउँदा गौरवको अनुभूति भएको बताए । “आफ्नो देशको झण्डासहितको विमान जापानमा आउँदा म त खुशीले भक्कानिएँ”, उनले सुनाए, “जापानमा बस्ने नेपाल र पर्यटक सबैका लागि असाध्यै राम्रो शुरुआत हो ।” उनले पनि उडानले निरन्तरता पाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष देवीलाल भण्डारीले उडान नेपाल सरकारको सराहनीय काम भएको बताए । “यो वर्तमान सरकारको धेरै राम्रो कामको शुरुआत हो, यसले राष्ट्रको गौरव बढाउने काम गरेको छ”, उनले भने, “नारिता, टोकियो, चिवालगायत ठाउँमा नेपाली धेरै बस्छन्, उडानले सबैको मद्दत गर्छ, जुन खुशीको कुरा हो ।” उनका अनुसार जापानमा ९० हजार नेपाली छन् । त्यसमा ३० हजार विद्यार्थी र बाँकी व्यवसाय गर्ने व्यक्ति र कामदार छन् ।
निगमले गत भदौ १२ गते ओसाका उडान शुरु गरे पनि नेपाली नागरिक र नेपाल आउने पर्यटकलाई ध्यानमा राखेर ओसाका उडान बन्द गरी काठमाडौँ–नारिता उडान गर्न लागेको हो । निगमको पहिलो व्यावसायिक उडानमा काठमाडौंँ नारिताका लागि २२० जनाले टिकट काटेका थिए । नारिताबाट काठमाडौँ जान २६८ जनाले टिकट लिएका छन् ।
निगमका अनुसार नारिता उडानका लागि दुईतर्फी भाडादर न्यूनतम रु ७३ हजार कायम गरिएको छ । शुरुआतमा प्रमोशनल फेयरअन्तर्गत सो भाडादर सार्वजनिक गरिए पनि भाडादर परिर्वतन हुन सक्छ । निकट भविष्यमा यात्रुको मागअनुसार भाडादर कायम गरिनेछ । दुई सय ७४ सिट क्षमता भएको वाइडबडी जहाजबाट निगमले जापानमा ‘सेडुल’ उडान शुरु गरेको हो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: